
- अनिल चौधरी
पहिलेजस्तै,
बिहानै, चोकको चिया पसल
साथीहरुसँग घुमघाम,
भेटघाट,
रमाइलो गफ,
साझपख खेल मैदान
अनि लखतरान भएर
लखर-लखर घर आउन मन लाग्छ
समय राम्रै चल्दैथ्यो
एकाएक महामारी आयो
सारा जगत रूइराको छ
त्रासै त्रासमा बाचिरहेछन्,
कति जीवन अकालमै समाप्त हुँदैछन्,
विश्व अर्थतन्त्र तल धकेलिदै छ।
उठ्छु, खान्छु, फेरि सुत्छु
दिनचर्या यहि बन्यो,
गरौँ त के गरौँ
गर्नलाइ केही छैन
पढ्न बाकी रहेका पुस्तक सबै सक्किए,
फेरि, तिनै भित्ता हेरेर टोलाउँछु
मोबाइल उठाउँछु, घोत्लिन थाल्छु
सोच भित्र नै रुमलिन्छु
र सम्झन्छु पल्ला घरे काकालाइ
आय नै मजदुरी थ्यो
अब के होला?
कैलेसम्म?
खै त मेरो सरकार?
राहत खै ?
फेरि कुहिएको चामल त दिने होला।
अस्ति भर्खर छिमेकी दाइ,
भारतबाट फर्के,
भाउजु, खाना लिएर बिहान बेलुका
गाउकै विद्यालयमा, क्वारेन्टाइनमा राखिएका
दाइलाइ भेट्न जानुहुन्छ।
के यहि हो मेरो देशको स्वास्थ्य ब्यवस्था?
बाली स्यहार्न प्रवासबाट फर्केका दाजु,
आइसोलेसनमा छन
बुढा बा आमा
के गरि स्याहर्लान ?
के खालान् ?
शहरमा कमाउन गएका साथी भाइ
खान बस्न ठेगान नभएर
पाच दिन हिडेर, हिजो भर्खर गाउँ झरे।
बिहान उठेर,
यी कुराहरु पुन सम्झिन्छु
के काकालाई मजदुरी गर्न,
दाइलाइ, भाउजू छोरा छोरी भेट्न,
प्रवासी दाजुलाइ छिटो निको हुन
साथी भाइ भेट्न
मन छैन होला र?
बुझेरै होला
सबै जना घरै भित्र कैद छन।
त्यसो हो भने म किन बाहिर निस्कुँ
हर पाइलामा खतरा छ
म निस्के, मै लाई संक्रमण होला
घर परिवार,
छर छिमेक,
नातागोता , सबैलाई सर्ला
आफू बाच्नु र अरुलाइ बचाउनु पनि
जिम्मेवारी होइन र?
आज,
मैले अरुलाइ र अरुले मलाइ छुन नपाउदा,
परा पूर्बकाल देखि,
अछुत मानिएकालाइ सम्झिन्छु।
घरभित्र आफैंलाई कैद गर्दा,
बन्दी बनाइएका नोकर चाकर सम्झिन्छु
निस्फिक्री भएर डुल्न नपाउदा,
अबला नारीलाइ सम्झिन्छु
साझ बिहान एउटै तरकारी खादा
भोको पेट बस्ने,
सडक बालक सम्झिन्छु
मरिन्छ कि भनेर डराउदा
ज्यान जोखिममा राखेर खटेका,
स्वास्थ्य कर्मी,
सुरक्षाकर्मी,
सवारी चालक,
सूचना प्रवाह गर्ने, पत्रकार सम्झन्छु
र फेरि सोच्छु,
मेरो स्वास्थ्य सुरक्षाको लागि
अरु खटिरा´छन भने
भिडभाड गर्न म किन बाहिर निस्कुँ??
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्