×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभेरेष्ट, सनराइज र कुमारीसहित यी बैंकले प्रादेशिक संरचनाको धज्जी उडाए, करोडौं नेपालीको घोर अपमान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभेरेष्ट, सनराइज र कुमारीसहित यी बैंकले प्रादेशिक संरचनाको धज्जी उडाए, करोडौं नेपालीको घोर अपमान !

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। देश संघीयतामा गएको धेरै भइसक्यो । ७ वटा प्रदेशमा छुट्टै प्रदेश सरकार छ । प्रदेशकै जनताले चुनेका जनप्रतिनिधिले प्रदेशको नामाकरण गर्ने, राजधानी तोक्ने काम गरिरहेका छन् । सुरुमा नामाकरण नगर्दा १,२,३,४,५,६,७ नाम राखिएका प्रदेशहरुमध्ये ४ नम्बर प्रदेशको नाम गण्डकी नामाकरण गरिएको धेरै भइसकेको छ । ६ नम्बर प्रदेशको नाम कर्णाली प्रदेश राखिएको छ भने ७ नम्बर प्रदेशको नाम सुदुरपश्चिम प्रदेश राखिएको छ । ३ नम्बर प्रदेशको नाम बागमती प्रदेश राखिएको छ । नामाकारण गरिएका यी प्रदेशहरुको नाम र राजधानी राजपत्रमासमेत उल्लेख भएर आइसकेको छ । तर नेपालका मै हुँ भन्ने बैंकहरुले पनि संघीय सरकारको अपमान हुनेगरी प्रदेशको नाम बिगारेको पाइएको छ ।
केहि उदाहरण हेरौं :
यो एभेरेष्ट बैंकको सूचना हो । सूचनामा बैंकले प्रदेश १,२,३,४ ,गरेर नाम राखेको छ । कतिपयले यसलाई भारतीय बैंकसँगको जोइन्ट भेन्चर भएकाले बैंकले नेपाली सिष्टमलाई पेल्न खोजेको आरोप लगाएका छन् ।
सिटिजन्स बैंकले बुद्धि पुर्याएको छ । उसले प्रदेशका नाम राम्रोसँग राखेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पनि ठिक तरिकाले प्रदेशको नाम राखेको छ । 
नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइसी एशियाले प्रदेश ४ लेखेर कोष्टमा र छुट्टै रंगमा गण्डकी प्रदेश लेखेका छन् । यो पनि गलत हो । प्रदेश ४ भन्ने अहिले कुनै प्रदेश नै छैन, प्रदेशको नाम गण्डकी प्रदेश हो । भलै यी बैंकहरुले जनतालाई बुझाउन खोजेकोजस्तो देखिन्छ । 

बैंक अफ दी एयर पाएको मेगा बैंकले लेखेको प्रदेशको नाम पनि गलत छ । 

एनएमबि बैंकले भने प्रदेशको नाम सहि तरिकाले लेखेको छ । 
कुमारी बैंकले गलत तरिकाले प्रदेशको नाम लेखेको छ। 
सनराइज बैंकले त सूचनामा मात्र होइन क्यालेन्डरमा पनि प्रादेशिक संरचनाको धज्जी उडाएको छ। 
सिद्धार्थ बैंकले पनि गलत तरिकाले प्रदेशको नाम लेखेको छ। 
नबिल बैंकले सहि तरिकाले प्रदेशको नाम लेखेको छ। 
सेन्चुरी कमर्सियल बैंकले पनि सहि तरिकाले प्रदेशको नाम लेखेको छ। 
सुन्दा सामान्य तर गम्भीर गल्ती !
झट्ट सुन्दा बुझे भैगो भन्नेहरु पनि छन् । तर कुरा बुझाइको होइन, कुरा तथ्यको हो । सरकारी नियामक निकायबाट अनुमति पाएर चलेका बैंकहरुले यस्तो गल्ती गर्नु लाजमर्दो मात्र होइन करोडौं नेपाली जनताको अपमान पनि हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी