×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान्त भएर एकपटक यी ६ तथ्यबारे सोचौं त…! ‘आज इसेवा नभएको भए कति गाह्रो हुन्थ्यो…’

PRIME CA
GLOBAL IME BANK

शान्त भएर एकपटक यी ६ तथ्यबारे सोचौं त…! ‘आज इसेवा नभएको भए कति गाह्रो हुन्थ्यो…’

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • समाचार टिप्पणी
काठमाडौँ । पछिल्लो समय इसेवालाई बहिष्कार गर्ने भन्दै केहि फेसबुकका भित्ताहरुमा लागिपरेका छन् । एफवान सफ्ट अन्तर्गतको एक कम्पनीले अरुको न्युज पोर्टल नै ह्याक गरेको पुष्टी भएपछि एफवान सफ्टले बनाएको इ सेवाप्रति केहिले आक्रोश पोख्नु स्वाभाविक पनि हो । कतिले इसेवालाई यहि बेला पेल्ने रणनीति लिएका छन् भने केहि बहकाउमा लागेका छन् । कतिले आफ्नो पैसाको ‘सिरियसली’ चिन्ता लिएका छन्, जुन पनि निकै स्वाभाविक हो । कसैलाई कुनै प्रोडक्ट बहिष्कार गर्ने छुट छ, नचलाउने छुट छ । तर एक विवेकशील नागरिकले यी तथ्यहरु पनि बुझ्नुपर्छ ।
१. धेरैलाई चिन्ता छ पैसा हराउने । तर इसेवाबाट कसैको पनि पैसा हराएको आजसम्म रेकर्ड छैन । केहि प्राविधिक त्रुटी भएको भए त्यसलाई इ सेवाले सच्याएको पनि छ । यसो त इसेवालाई विश्वास नगर्ने हो भने अहिले कुनै पनि ठुला बैंकहरुको डिजिटल सेवा नचलाए हुन्छ । किनकि अधिकांस बैंकका डिजिटल वालेटहरु एफवान सफ्टले नै बनाएको हो । इसेवामा पैसा सुरक्षित छ भन्ने कुरामा शंका गर्नुपर्ने ठाउँ छैन । अझ महत्वपूर्ण कुरा भनेको इसेवा नियामक संस्था हो । हो, नियमन नहुँदा जनताको विश्वास हुँदैन भनेर इसेवा गैरकानुनी भयो, कानुनी दायरामा ल्याउ भनेर अर्थ सरोकारले नै पहिलो आवाज उठाएको थियो । अहिले इसेवालाई नेपाल राष्ट्र बैंकले नियमन गरेको छ । जनताको पैसामाथि २ रुपैयाँमाथि पनि तलमाथि भयो भने राष्ट्र बैंकले त्यसको जिम्मेवारी लिन्छ । समग्रमा भन्दा अहिले इसेवालाई बहिष्कार गर्नेहरुले मोबाइल बैंकिङ नै नचलाए हुन्छ ।
२. सिरानटेकले गल्ती गर्यो भन्दैमा त्यसको दोष इसेवालाई दिनु कतिको न्यायोचित हो ? त्यहि विषयलाई लिएर सरकारका सल्लाहकारसम्मलाई कुरा जोड्नु कतिको न्यायोचित हो ? अगसर अलि इसेवाका पूर्व सीइओ पक्कै हुन् । उनी यतिबेला विवादमा पनि छन् । तर सिरान टेकले गरेको गल्ती किन अलिले भोग्ने ? अलिले गल्ती गरे भने किन सिरानटेकले भोग्ने । उदाहरणका ग्लोबल आइएमइ क्यापिटलले केहि गल्ती गर्यो भने त्यसको सजाय ग्लोबल आइएमइ बैंकका सीइओलाई दिन मिल्छ ? वा चन्द्र ढकाल गलत छन् भन्न मिल्छ ? यो विषयमा पनि सोच्ने कि । हो, अलिले गल्ती गरेको भए उनले सजाय पनि पाउनुपर्छ । तर व्यक्तिले गरेको गल्तीले संस्थाले किन सजाय पाउने ? तपाईंको अफिसको कुनै स्टाफले गल्ती गर्यो भने तपाईंको कम्पनी नै बन्द गरिदिने ? त्यस्तो हुन्छ र ? एक पटक सोच्ने कि ? 
३. हामी ती दिनहरु सम्झौं त, जुन बेला रिचार्ड कार्ड नपाएर कस्तो समस्या हुन्थ्यो । राती फोन गर्दागर्दै ब्यालेन्स सकिएर कस्तो आपत् हुन्थ्यो । बिजुलीको बिल तिर्न लाइन बस्नुपर्दा कस्तो समस्या हुन्थ्यो । अहिले कति सजिलो भएको छ । रिचार्ज गर्दा उल्टै क्यास ब्याक पाइन्छ । प्लेनको टिकट सजिलै काटिन्छ । कति सजिलो भएको छ, हामीलाई । हामीले यो इतिहास पनि नबिर्सने कि ! इ सेवा सफल भएरै अरु बजारमा आए । अहिले प्रतिष्पर्धा छ । हामीलाई झन् सहज र फाइदा छ ।  
४. हो सिरानटेक एफवान सफ्ट अन्तर्गतकै कम्पनी हो । तर त्यहाँ कसैले गल्ती गर्यो भने उसलाई पो सजायको भागीदार बनाउने हो त । त्यसको रिस अरु कम्पनीलाई पोख्ने हो र ? त्यसो भए त कुनै पनि बैंकका डिजिटल वालेट नै प्रयोग नगरे भैहाल्यो नि । 

हो, नियमन नहुँदा जनताको विश्वास हुँदैन भनेर इसेवा गैरकानुनी भयो, कानुनी दायरामा ल्याउ भनेर अर्थ सरोकारले नै पहिलो आवाज उठाएको थियो । अहिले इसेवालाई नेपाल राष्ट्र बैंकले नियमन गरेको छ । जनताको पैसामाथि २ रुपैयाँमाथि पनि तलमाथि भयो भने राष्ट्र बैंकले त्यसको जिम्मेवारी लिन्छ ।

५. इसेवा प्रयोग नगरेर कुन गर्ने ? आइएमइ पे गर्ने ? त्यसको सुरक्षाको ग्यारेन्टी लिने राष्ट्र बैंकले इसेवाकोचाहिं नलिने हो र ? खल्ती प्रयोग गर्ने ? इसेवामा पैसा हराउँछ भन्ने सोच्ने ले के आधारमा खल्तीलाई विश्वास गर्ने ? सेल पे चलाउने ? सेलपे त झन् कस्तो संचालकले चलाएको हो भन्ने कुरा थाहा छ ? प्रभुपे चलाउने ? कुन चलाउने ? किन इसेवा नचलाउने ? एक पटक कुल भएर सोच्ने कि ?
६. कुनै वालेट चलाउने वा नचलाउने छुट सबैलाई छ । तर बहिष्कार नै गरौँ भन्दाचाहिं एक पटक सोचौं । इसेवाले केहि गल्ती गरे, कानुनले उसलाई सजाय दिन्छ, दिनुपर्छ । तर कुनै कम्पनीले गरेको गल्तीले समग्र एउटा इतिहास बोकेको कम्पनीलाई पिल्स्याउनु भने न्यायोचित पक्कै हुँदैन ।

(राष्ट्र बैंक नियमनमा नआउँदासम्म इसेवा गैरकानुनी भयो भनेर आवाज उठाउने हामी नै हौँ । अहिले राष्ट्र बैंकको नियमनमा आएको कम्पनीमाथि अविश्वास गर्नु भनेको राष्ट्र बैंकमाथि नै प्रश्न उठाउनु हो । यहि सोचेर यो टिप्पणी तयार गरिएको हो ।-टिप्पणीकार)   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: