काठमाडौं – गत चैत १० गतेदेखि बन्द रहेको नेपालको शेयरबजार खोल्न यस क्षेत्रसँग सम्बद्ध निकाय सकारात्मक देखिएका छन् । कोरोना संक्रमण विश्वभर देखिए पनि अन्य देशमा शेयरबजार खुला रहेकाले नेपालमा पनि खोल्नुपर्ने निष्कर्षमा सम्बद्ध निकायहरू पुगेका हुन् ।
अनलाइन कारोबार प्रणाली लागू भएको डेढ वर्ष पूरा भए पनि पूर्णरूपमा सञ्चालन हुन नसकेकाले नेपालमा कारोबार नै बन्द गर्नुपरेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धेरै लामो समय बजार बन्द भएकाले अब खोल्ने सोच बनाएको जानकारी दिए ।
‘वैशाख १५ पछि सरकारले लकडाउन कसरी अघि बढाउँछ त्यो हेरेर हामी पनि अघि बढ्नेछौं,’ उनले भने, ‘जहाँसम्म लाग्छ पूँजीबजारको सन्दर्भमा सरकारले पनि केही व्यवस्था गर्नेछ । अहिलेको लागि आईपीएसमार्फत कारोबार गर्ने हाम्रो सोच छ ।’ यस विषयमा छलफल भइरहेको र आम लगानीकर्ताको हित हुने गरी कारोबारलाई अघि बढाउने अध्यक्ष ढुंगानाले स्पष्ट पारे ।
शेयरबजार बन्द गर्न नहुने पक्षमा बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद रहेका छन् । ‘लकडाउन यति लामो समयसम्म जाला भन्ने सोचिएन, अब अनलाइन कारोबार प्रणालीसँग जोड्दै कारोबार अघि बढाउनुको विकल्प छैन,’ उनले भने, ‘अब मोडालिटी तयारी गरेर अघि बढ्छौं ।’
बजार खोल्छु भन्नु जति सजिलो छ अहिलेको अवस्थामा काम गर्न त्यति नै गारो रहेको उनको भनाइ छ । लकडाउनका समयमा डाटा सेन्टरदेखि लिएर नेप्से, सीडीएस, ब्रोकरलगायत शेयरबजार कारोबारमा संलग्न सबै निकायका कर्मचारी जुटाउन समस्या हुने भएकाले सबैसँग छलफल भइरहेको उनले जानकारी दिए । ‘एक/दुई दिनभित्रमा मोडालिटी तयार गरेर सम्भव भएसम्म शेयर कारोबार खुला गर्ने सोचेका छौं,’ साउदले भने ।
कार्यालयमा जान पाउने व्यवस्था भए ब्रोकर व्यवसायीहरू पनि कारोबार सुचारू गर्न तयार रहेका छन् । स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटका अनुसार एउटा ब्रोकर अफिसमा पाँच जना कर्मचारी जान पाउने व्यवस्था भए कारोबारलाई व्यवस्थित गर्न सकिन्छ ।
यसअघि पनि ७० देखि ७५ प्रतिशत कारोबारको सेटलमेन्ट अनलाइनमार्फत र बाँकी फिजिकल रूपमा हुँदै आएको थियो । उनले शेयर खरीद गर्नेको हकमा ब्रोकरको खातामा पहिला नै पैसा जम्मा गरिदिने र विक्रीको हकमा ईडीआईएसमार्फत अनलाइन सेटलमेन्ट गर्न सकिने प्रतिक्रिया दिए ।
लामो समयदेखि बजार बन्द हुँदा यस क्षेत्रबाट दैनिक गुजारा गर्ने लगानीकर्ताहरू मर्कामा पर्ने भन्दै शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले थोरै समयका लागि भए पनि बजार खोल्नुपर्ने बताएका छन् । – राजधानीबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्