×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शिरानटेकले अक्ष्यम्य ‘महाअपराध’ गर्यो, बैंकिङ सिष्टममा ठुलो ‘ह्याकिङ’को रिस्क भयो’ प्रविधिकर्मी हरिराम रिमालको अन्तर्वार्ता

अर्थ सरोकार

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार

PRIME CA

‘शिरानटेकले अक्ष्यम्य ‘महाअपराध’ गर्यो, बैंकिङ सिष्टममा ठुलो ‘ह्याकिङ’को रिस्क भयो’ प्रविधिकर्मी हरिराम रिमालको अन्तर्वार्ता

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसपछि अहिले देशमा केहि कुराको सबैभन्दा बढी चर्चा छ भने त्यो त्यो ‘शिरानटेकको बदमासी ।’ काठमाडौँ प्रेस नामक अनलाइनभित्र अनाधिकृत रुपमा प्रवेश गरेर समाचार हटाइएको विषयलाई लिएर अहिले चौतर्फी आलोचा भएको छ । यो बीचमा शिरानटेकले आफ्नो गल्ती भएकोसमेत स्वीकारिसकेको छ । समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न दबाब आउँदा काठमाडौं प्रेसले नमानेपछि उक्त समाचारनै डिलिट गराइएको थियो । अहिले यो विषय चर्चाको विषय हुँदा यस विषयमा हामीले प्रविधिकर्मी हरिराम रिमालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : 
१. शिरानटेकले आफुले बनाएको साइटबाट समाचार नै हटाएको स्वीकारीसक्यो, यसलाई कसरि लिनुहुन्छ ?
यो सरासर अपराध हो । अपराध भन्दापनि ‘महाअपराध’ हो । अक्ष्यम्य अपराध हो । प्रविधिमाथि नै विश्वास गुम्ने किसिमले गरिएको यो अपराधले नेपालमा कतिसम्म दादागिरी चल्दोरहेछ भन्ने प्रमाणित गरिदिएको छ । यस्तो दादागिरी गर्नेहरु कहाँबाट संरक्षित छन् भन्ने प्रमाणित गरिदिएको छ, यो घटनाले ।  घरमा चोर नआओस् भनेर राखेको पालेले नै मालिकलाई थाहा नै नदिइ घर फोडेर चोरेकोजस्तो केस भयो यो । यो निकै खेदजनक कार्य हो । सम्पूर्ण प्रविधिकर्मीमाथि नै विश्वास गुम्ने तरिकाले गरिएको यो गलत हर्कतको जति निन्दा गरेपनि कम हुन्छ ।   
२. तपाईंले त अन्तराष्ट्रिय बजारको पनि विज्ञ हुनुहुन्छ ? कानुनको पनि विज्ञ हुनुहुन्छ ? अब यो केस कसरी अगाडी बढ्छ ?
अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने त यो ठुलो अपराधको रुपमा अदालतीय प्रक्रियामा जाने केस हो । सूचना ह्याक गर्नेलाई मृत्युदण्डसमेत दिइन्छ कतिपय देशमा । तर हाम्रो देशमा उनीहरु ठुला मान्छेका आफन्त हुन् । यो केस बलियो रुपमा शिरानटेकलाई कारवाही हुनेगरी अगाडी बढ्छजस्तो मलाई लाग्दैन । नेपालमा त फेसबुकमा पनि जे पायो त्यहि लेख्न नपाइने कानुन छ । यस्तो गलत काम गर्नेलाई त तुरुन्त कारवाहीको प्रक्रिया अगाडी बढाईनुपर्थ्यो । तर आजसम्म खोइ कारवाही ? कसले गर्ने कारवाही ? जताततै दादागिरीमात्र चलेको छ । विधिको शासन भएको ठाउँमा त यहाँ यो केसमा धेरै जनाको आफ्नो पदबाट राजिनामा आउनुपर्थ्यो । तर उनीहरु त लाज नै पचाएर पदमै  बसेका छन् । नेपाल यस्तै गलत मानिसहरुको चक्रव्यूहमा पर्दा पछि परेको हो । 
३. तपाईंको मतलव शिरानटेकका मानिसहरु भीआइपी हुन् ?
असल नियतले प्रविधिको काम गर्नेले यस्तो काम गर्नै सक्दैन । यस्तो काम भनेकै कतैबाट संरक्षण पाउने प्रविधि क्षेत्रका गुण्डाहरुले गर्ने काम हो ।  तपाईं आफैं हेर्नुहोस् कसरी काम भएको छ । आफ्नो विरुद्धमा समाचार आएपछि साइट नै ह्याक गरेर समाचार हटाउने आँट कसले गर्छ ? प्रविधिकर्मीको इथिक्सले त्यो दिंदै दिंदैन । यहाँ त मनपरी गर्न छुट पाएको जसरी जवर्जस्ती अरुलाई पेलेर आफुले दादागिरी देखाउने काम भएको छ । पैसा र पावरका आडमा सत्यलाई छोप्ने काम भएको छ । एफवान सफ्टको एउटा कम्पनीले यस्तो बदमासी गरिरहेको छ र अर्कोतर्फ त्यहि कम्पनीका प्रतिनिधि प्रधानमन्त्रीका सल्लाहकार छन् । अनि यिनीहरु भीआइपी भएनन् त ? 
४. यो केसले सिकाएको पाठ के हुन सक्छ ?
पाठ भन्दा पनि यो सार्है ‘रिस्की’ कुरा भयो । हामी हाम्रो समग्र अर्थतन्त्रलाई नै यस्तो बदमास कम्पनीलाई जिम्मा लगाईरहेकाछौं । अब त कुनै पनि बेला हाम्रो बैंकिङ सिष्टम ह्याक हुने रिस्क बढ्यो । भोलि कसैलाई कुनै बैंकसँग रिस उठ्ला । उसले त्यहाँ अनेक घोटाला गरिदेला । यहाँ त एफवान सफ्टले बदमासी गर्यो भने कसरी बदमासी गर्यो भनेर सोध्ने अर्को कम्पनीसमेत नराख्नेगरी काम भएको छ । सबै बैंकका सिष्टम उसैले बनाएको छ । यो ठुलो रिस्कको पाटो हो । अब पाठकै कुरा गर्ने हो भनेचाहिं एफवान सफ्टको विकल्प हुनुपर्छ भन्ने हो । उनीहरु त राज्यको दोहनमा लागेका छन् । 
५. यो केस कसरी राज्यको दोहनसँग जोडियो ?
कसरी जोडिएन ? अनियमितताको समाचार आउने बित्तिकै समाचार संस्थाभित्र अनाधिकृत प्रवेश गरेर समाचार हटाउनु भनेको के हो ? यो दादागिरी होइन ? अर्को कुरा तपाईं अध्ययन गर्नुहोस्, के सरकारको त्यो कम्पनीले गरेका कामहरु पारदर्शी छन् त ? पक्कै छैन । यो केस बाहिर आयो र मात्रै हो, तर दाल चामल किन्ने काम पनि त्यहि टिमले गर्थ्यो । अहिले विवादित ओम्नी ग्रुपसँग मिलेर यो एफवान सफ्टले निकै धेरै काम गरेको छ । कुनै बेला काम नपाएर काठमाडौँमा बराल्लिने मान्छे आज अर्वपति कसरी भयो ? यहाँ बुझ्न आवश्यक छ । यो राज्यको दोहनमात्र होइन चरम दोहन हो ।
६. अन्त्यमा समाचार पोर्टल चलाउनेहरुलाई के सुझाव दिनुहुन्छ ?
बुझेर काम गर्नुहोस् । इथिक्समा चल्नेहरुसँग काम गर्नुहोस् । तपाईंको अनुमति बिना तपाईंको सम्पत्ति चोर्ने चोरहरुसँग सचेत रहनुहोस् । यस्ता चोरहरु नेपालमा अरु पनि छन् । बिचार गरेर मात्र काम गर्नुहोस् । होइन भने आज शिरानटेकले जे गर्यो, तपाईंको आइटीको काम गर्ने जो कोहि बदमासले यस्तो बदमासी गर्न सक्छ । बिचार पुर्याएर मात्र काम गर्नुहोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: