×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर तिर्ने अवधि २५ जेठसम्म बढाइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर तिर्ने अवधि २५ जेठसम्म बढाइयो

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले कर तिर्ने अवधि २५ जेठसम्म बढाएको छ । कोरोना भाइरसले माहामारीको रुप लिएपछि देश लकडाउनमा गएसँगै सरकारले यस्तो निर्णय गरेको हो । जससँगै चैत र वैशाख महिनामा तिर्नु पर्ने कर जेठ २५ गतेसम्म भुक्तान गर्दा हुने भएको छ । 
यसो त वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले नै कर तिर्ने अवधि १ महिना थप्ने निर्णय गरेको थियो । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा कूल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमाकर राजस्व मात्र १० खर्ब ९ अर्ब उठाउने लक्ष्य रहेको छ । लकडाउनका कारण अर्थतन्त्र नै ठप्प भएसँगै सरकारका आर्थिक परिसूचक भने अधुरै रहने भएको छ ।
चैतमा मात्र सरकारले ३७ अर्ब आन्तरिक राजस्व संकलन हुनुपर्नेमा मात्र २३ अर्ब संकलन भएको थियो ।त्यसमध्ये पनि एनसेलले बुझाएको पुरानो वक्यौताको हिस्सा ठूलो थियो ।
हेर्नुहोस् सरकारले करदाताहरुलाई दिएकोनयाँ सुविधा यस्ता छन् :
-मूल्य अभिवृद्धि कर ऐन अनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ-फागुन महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद जेठ २५ सम्म सरेको हो ।
-मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि ऐन अनुसार कर फिर्ताका लागि दिन पाउने निवेदन अवधि सकिएपछि पनि २५ जेठसम्म थप गरिएको छ ।
-अन्तशूल्क ऐन अनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तशूल्क दाखिला गर्ने अवधि २५ जेठसम्म सरेको छ ।
-आयकर ऐन अनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा रकम समेत २५ जेठसम्म बुझाउन सकिने भएको छ ।
-आर्थिक ऐन अनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क तथा दूर संचार सेवा दस्तुर बुझाउने म्याद समेत २५ जेठसम्मका लागि थपिएको छ ।
-कर अधिकृतले गरेको कर निर्धारण उपर चित्त नबुझे कर पुनरावलोकनका लागि दिन सकिने म्याद समेत लकडाउन सकिएको १५ दिनसम्म थप हुने निर्णय सरकारले गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी