×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डब्लूएचओविरुद्ध टिप्पणी : ट्रम्प कति सही, कति गलत ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डब्लूएचओविरुद्ध टिप्पणी : ट्रम्प कति सही, कति गलत ?

Artha Sarokar

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाभाइरस फैलिएपछि विश्व स्वास्थ संगठनले सूचना लुकाउन खोजेको र संक्रमण व्यवस्थापनका लागि राम्रो भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । उनले अमेरिकी प्रशासनले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगको समीक्षा गर्ने र सहयोग रोक्न सकिनेसमेत बताएका छन् । लण्डन स्कूल अफ हाइजिन र ट्रपिकल मेडिसिनका पिटर पियोट यस निर्णयलाई खतरनाक र अदूरदर्शी भन्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भाइरसबारे देखाएको प्रतिक्रियाका विषयमा ट्रम्पले यस्तो टिप्पणी किन गरे त ?
डब्लूएचओले के गर्छ ?
सन् १९४८ मा डब्लूएचओ स्थापना भएको थियो । यो संयुक्त राष्ट्रसंघकै एउटा अंग हो । यसले जनस्वास्थ्यसँग सम्बन्धित विषय जस्तै, भ्याक्सिन अभियान र स्वास्थ संकटमा सहकार्य गर्ने र देशहरुलाई प्राथमिक स्वास्थ्यमा सहयोग गर्ने गर्छ । यसका लागि विश्वका १ सय ९४ सदस्य राष्ट्रले सहयोग गर्छन् र अमेरिका सबैभन्दा ठूलो सहयोगकर्ता हो ।
के चीनलाई च्यालेन्ज गर्न डब्लूएचओ असफल भएको हो ?
ट्रम्पको आरोप छ, मानिसबाट मानिसमा कोरोनाभाइरस सर्दैन भन्ने चीनको शुरुवाती ठहरलाई चुनौती दिन डब्लूएचओ असफल भयो । चीनले ३१ डिसेम्बरमा पहिलोपटक ‘अज्ञात कारणले निमोनिया देखिएको’ जानकारी डब्लूएचओलाई गराएको थियो । ५ जनवरीमा डब्लूएचओले तत्कालीन समय चीनबाट प्राप्त जानकारीअनुसार भाइरस मानिसबाट मानिसमा सर्ने पर्याप्त प्रमाण नदेखिएको जनाएको थियो ।
फेरि, १४ जनवरीमा डब्लूएचओले यसबारे जानकारी दियो । प्रारम्भिक चिनियाँ अनुसन्धानअनुसार ‘नयाँ भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने स्पष्ट पुष्टि नभएको’ ट्वीट डब्लूएचओले गरेको थियो ।
त्यही दिन ऊहान स्वास्थ्य कमिसनले मानिसबाट मानिसमा संक्रमण सर्ने सिमित सम्भावनालाई नकार्न नसकिने, तर निरन्तर संक्रमणको जोखिम कम रहेको जनाएको थियो । त्यसपछि यही समय डब्लूएचओले अर्को विज्ञप्ती निकाल्दै मानिसबाट मानिसमा संक्रमण सर्नसक्ने जोखिम औँल्याएको थियो, सार्सजस्ता अन्य कोरोनाभाइरसको उदाहरण दिँदै ।
२२ जनवरीमा ऊहानमै गएर विस्तृत अध्ययन गरेपछि डब्लूएचओले थप स्पष्ट विज्ञप्ती निकाल्दै यो भाइरस ऊहानमा मानिसबाट मानिसमा सरिरहेको जनायो । तर, महत्त्वपूर्ण कुरा, अन्तर्राष्ट्रिय विज्ञहरुको पूर्ण टोली फेब्रअरीको दोस्रो सातासम्म पनि चीन भ्रमणमा गइसकेको थिएन ।
जनवरीकै अन्त्यमा डब्लूएचओले कोरोनाभाइरस नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा ग¥यो । चीन यसमा प्रतिवद्ध र पारदर्शी रहेको समेत डब्लूएचओले जनाएको थियो ।के डब्लूएचओले ताइवानका विज्ञहरुलाई बेवास्ता गर्यो ?
ट्रम्पका अनुसार गत डिसेम्बरमै मानिसबाट मानिसमा सर्नसक्छ भन्ने शंका गर्नका लागि पर्याप्त जानकारी थियो, ताइवानले डब्लूएचओलाई पठाएको भनिएको चेतावनीको हवाला दिँदै उनले यस्तो दाबी गरे । पहिलोपटक भाइरस देखिनासाथ ताइवानी वैज्ञानिकले उहान भ्रमण गरेका थिए । तर प्रकाशित तथ्यले देखाएअनुसार ताइवानले डब्लूएचओलाई गराएको जानकारीमा मानिसबाट मानिसमा सर्नसक्ने विषय उल्लेख छैन ।
ताइवान डब्लूएचओको सदस्य छैन किनकी यसको भूभागलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन । डब्लूएचओका अनुसार उसले डब्लूएचओका स्वास्थविद्हरुसँग सबै जानकारी भने बाँडिरहेको छ ।तर, गत महिना महामारीबारे ताइवानको प्रतिक्रियामा बहस गर्न एक वरिष्ठ अधिकारीले अस्वीकार गरे, त्यसपछि डब्लूएचओमाथि चीनबाट प्रभावित भएको आरोप लाग्यो ।
‘डब्लूएचओले गरेको चीनको प्रशंसाबारे सिर्जनात्मक आलोचना आवश्यक छ,’ जनस्वास्थ्यविद् लरेन्स गोस्टिनले बीबीसी न्युजसँग भने, ‘डब्लूएचओ अझै आलोचात्मक हुनुपथ्र्यों र यस अवस्थालाई अझै नजिकबाट हर्नेुपथ्र्यो ।’
तर, ट्रम्पको आरोपलाई उनले अमेरिकाको पूर्व तयारी कम हुँदा खेप्नुपरेका दोषबाट जनताको ध्यान मोड्न गरिएको प्रयास भन्न चाहे । डब्लूएचओले ट्रम्पलाई प्रतिक्रिया दिँदै आफ्ना कदमको समीक्षा गर्ने जनाएको छ, तर उसले आफ्नो निर्देशिकाले मानिसमा संक्रमण सीमित गर्ने मनसाय राखेको पनि उल्लेख गरेको छ ।
भाइरसबारे चीनले सुरुवातमा देखाएको प्रतिक्रियाको प्रशंसा गरेको भन्दै डब्लूएचओको आलोचना भइरहेको छ । तर, ट्रम्प आफैले २४ जनवरीमा ट्वीटमार्फत चीनको प्रशंसा गरेका थिए ।
यद्यपी, चिनियाँ अधिकारीले सुरुवातमा ऊहानमा महामारीलाई ढाकछेप गर्ने प्रयास गरेका थिए र उठेका सरोकारहरुलाई मत्थर गर्न खोजेका थिए ।
के डब्लूएचओले भ्रमण प्रतिबन्धमा गलत सल्लाह दियो ?
डब्लूएचओले भ्रमण प्रतिबन्ध जरुरी नरहेको गलत सल्लाह दिएको र चीन र अन्य देशबाट आउनेमाथि अमेरिकाले प्रतिबन्ध लगाउन उनीहरुका पक्षमा लडेको ट्रम्पको आरोप छ । तर डब्लूएचओले प्रत्यक्ष रुपमा कहिल्यै अमेरिकाको यो कदमको विरोध गरेको छैन र सीमा वा भ्रमणमा कडाई गर्ने काम राष्ट्रिय सरकारको हो ।
तर डब्लूएचओले सुरुवातमा सल्लाह भने दिएको थियो । १० जनवरीमा उसले कुनै अन्तर्राष्ट्रिय कडाई गर्नुपर्ने अवस्था नरहेको सिफारिस गरेको थियो र जनवरीको अन्त्यमा स्वास्थ्य संकट घोषणा गर्दा पनि उसले यो कुरा दोहो¥याएको थियो ।
डब्लूएचओले भनेको थियो, ‘स्वास्थ्य संकटका बेला सामाग्री तथा मानिसको आवाजतजावतमा कडाई गर्नु कतिपय अवस्थामा निष्प्रभावी हुनसक्छ ।’ डब्लूएचओले सीमा बन्द गर्दा अवैधानिक रुपमा भ्रमण गर्न चाहनेको संख्या बढ्ने र यसले महामारी रोक्नुको सट्टा उल्टै फैलन सक्नेतर्फ सचेत गराएको थियो ।
तर डब्लूएचओको यो सल्लाहलाई अमेरिकासहित धेरै देशले अन्ततः बेवास्ता गरे । ट्रम्पले २ फेब्रअरीदेखि लागु गरेको नियमअनुसार उक्त मितिभन्दा १४ दिनअघिसम्म चीन घुमेका कुनै पनि विदेशी यात्रुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पले यस्तो नियमले कोरोना फैलने जोखिम घटाएको समेत बताएका थिए ।
ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका थिए, ‘चीन र भर्खरमात्रै मात्र युरोप आउनेहरुका लागि हामीले लगाएको प्रतिबन्धले भाइरसको बिजारोपण हुन नदिनका लागि ठूलो भूमिका खेल्छ ।’
तर फेब्रअरीमा जर्नल अफ इमर्जेन्सी म्यानेजमेन्टले प्रकाशित गरेको अध्ययनअनुसार विगतका भाइरस, जस्तै इबोला र सार्सलाई हेर्दा भ्रमण प्रतिबन्धले संक्रमण फैलन नदिनका लागि छोटो समयमात्रै काम गरेको थियो ।बीबीसी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी