×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तेस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुले १९ अर्ब बीमाशुल्क आर्जन गरे, कुनको कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले नौ महिनामा १९ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । संचालनमा रहेका २० वटा बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । बीमा समितिका अनुसार राष्ट्रिय बीमा कम्पनीको सो बीमाशुल्कमा जोडिएको छैन । यद्यपि राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क जोडिएमा झन्डै २० अर्ब पुग्ने अनुमान गरिएको छ । 
कुन कम्पनीले कति बीमाशुल्क आर्जन गरे ?
बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस कम्पनीले दुई अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यसपछि सगरमाथा इन्स्योरेन्सले आर्जन गरेको छ । तथ्यांक अनुसार यस कम्पनीले एक अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्ममा एक अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो त्रैमाससम्ममा आइएमई जनरल इन्स्योरेन्सले ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै बीमा समितिले सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जनाएको छ ।

तेस्रो त्रैमाससम्ममा एनलजी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ ।

प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले क्रमश : एक अर्ब ३० करोड रुपैयाँ र एक अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँआर्जन गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

बीमा समितिले हिमालयन जनरलले ८६ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।

प्रुडेंशियल इन्स्योरेन्सले ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

एभरेष्ट इन्स्योरेन्सले ७४ करोड रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा छ ।

यस्तै ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७९ करोड रुपैयाँ आर्जन गरेको छ भने नेशनल इन्स्योरेन्सले ६१ करोड रुपैयाँ आर्जन गरेको छ ।

अजोड इन्स्योरेन्सले ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: