
- सम्पादकीय
लक्ष्मी बैंकका एक कर्मचारीका काकालाई कोरोना पोजेटिभ देखिएपछि उनी बस्ने घर सिल भएको छ । संक्रमित काकाका उही घरमा बस्ने भतिज बैंकर यो पत्ता नलागुन्जेल कार्यालय गएका थिए । टेलरमा बस्ने उनी थुप्रैसँग सम्पर्कमा आएका छन् । कति बैंक पुगे होलान्, कति स्टाफ उनको सम्पर्कमा आए प्रशासनले खोजी कार्य जारी राखेको छ । केहि नहुन्जेल केहि नभएको जस्तोदेखिए पनि केहि भइहालेको खण्डमा स्थिति बिकराल बन्ने निश्चित छ । बैंकरहरु डराएका छन् । बैंक जाउँ कोरोनाको जोखिम छ । नजाउँ, जागिरको सवाल छ । जागिर बचाउनुको विकल्प छैन उनीहरुसँग । तर यहि बेला कोरोनाको त्रास भने दिनानुदिन बढीरहेको छ ।
कोरोनाका थप संक्रमित भेटिएसँगै सतर्कता अपनाईएको छ । तर कसैलाई के धन्दा, कसैलाई के धन्दा भनेजस्तै
नेपाल राष्ट्र बैंकले प्रति बैंक २० सवारी पास दिएर बैंक खोलिनै रहेको छ । यसरी कि मानौं राष्ट्र बैंकले दिएको पास बोक्नेलाई कोरोनानै लाग्दैन जस्तो । बैंकका हाकिमहरु ब्याज मिनाहा गर्ने राष्ट्र बैंकको निर्देशनको विरोध गर्नमै व्यस्त छन् । विचरा कर्मचारीहरुलाई जागिर बचाउनुछ- डरले काँप्दै, घरमा गाली खाँदै काम गर्नुपरेको छ ।
हामी नै नरहे के का बैंकिङ ? डिजिटल कारोबारका जोड दिंदा के बिग्रिन्छ ? टेलर नखोले के बिग्रिन्छ ? यसै पनि ४-५ वटाभन्दा कारोबार छैन । किन खोल्नुपरेको बैंकका शाखा ? यस विषयमा बैंक संवेदनशील हुन जरुरी छ ।यस्तो महामारीका बेला बैंकरहरुलाई जोखिममा राखेर राष्ट्र बैंकजस्तो अभिभावकले गल्ती गरेको छ, बैंकका हाकिमहरुले यसको विरोध गर्नुपर्ने ठाउँमा ब्याज मिनाहाको निर्देशनको विरोध गरिरहेका छन् ।
सुन्दा नमिठो लाग्न सक्छ, तर स्थिति यस्तो भयावह भइसक्यो कि, केहि बैंकरहरुमा मानसिक समस्या देखिन थालिसकेको छ । घरभेटीले ‘कि बैंकको जागिर छोड्नु, कि कोठा छोड्नु’ भन्न थालिसकेका छन् । बाँचिएछ भने महामारी सकिएपछि खोलौंला नि बैंक त ! होइन र ? राष्ट्र बैंकले जारी गरेको पास ज्यानमारा नबनोस् !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्