×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोनाका कारण बीमा क्षेत्र प्रवाभित, नियमन शुल्क पुनरवलोकन गर्न बीमा कम्पनीहरूको माग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नियमन शुल्कबापत लिइने शुल्कमा आवश्यक पुनरवलोकन गर्न बीमा समितिसमक्ष बीमा कम्पनीहरूले माग गरेका छन् । कोरोना भाइरसले उब्जाएको परिस्थितिका कारण बीमाक्षेत्रमा परेको प्रभावलाई दृष्टिगत गर्दै समितिले नियमन शुल्क पुनरवलोकन गर्नुपर्ने कम्पनीहरूको माग छ । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले लकडाउनमा बीमाक्षेत्रका अवस्था विषयमा सोमवार गरेको बेविनारमा बीमा कम्पनीका प्रतिनिधिहरूले यस्तो बताएका हुन् । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बीमा व्यवसायलाई सामान्य अवस्थामा ल्याउन नियमन शुल्कमा पुनरवलोकन गर्नुपर्ने बताए ।
हाल बीमा समितिले नियमन शुल्कबापत कम्पनीहरूबाट बीमाशुल्कको १ प्रतिशत रकम उठाउँदै आएको छ । अहिलेको विषम परिस्थितिलाई दृष्टिगत गर्दै त्यो दरलाई पुनरवलोकन गर्नुपर्ने पाण्डेको भनाइ छ । सरकारले बीमा कम्पनीहरूका लागि छुट्टै ऋणपत्रको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । ‘बैंकहरूमा निक्षेप राख्दा भरपर्दो भएन । अहिले बैंकहरूले ब्याजदर घटाउँदा बीमा कम्पनीहरूको आम्दानीमा ठूलो असर परेको छ,’ उनले भने, ‘अब सरकारले तोकिएको अवधिसम्म निश्चित ब्याज दिने गरेर बीमा कम्पनीहरूका लागि छुट्टै ऋणपत्र जारी गर्नुपर्छ ।’ सल्भेन्सी मार्जिन अनुपात, महाविपत्ति कोष, बीमा गर्दा बीमितले पाउने कर छूट, पुनर्बीमा आदिमा उचित नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । नेपाल बीमक संघ अध्यक्ष दीपप्रकाश पाण्डेले पनि नेपाली बीमाक्षेत्रलाई पुनरुत्थान गर्ने गरी सम्बद्ध निकायले नीति ल्याउनुपर्ने बताए ।
कार्यक्रममा अन्य वक्ताहरूले कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय रूपमा नै बीमा व्यवसाय प्रभावित भएको बताए । विशेषगरी सम्पत्ति बीमा, हवाई बीमासँगै जीवन बीमा व्यवसायसमेत प्रभावित भएको उनीहरूको भनाइ छ । साथै, पुनर्बीमा व्यवसाय पनि उत्तिकै मात्रामा प्रभावित भएको सिंगापुरका स्पेशल रि कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर एन्ड्र्यु ह्यारिसले बताए । जापान, अमेरिका, बेलायतलगायत मुलुकमा समेत पुनर्बीमा व्यवसाय प्रभावित हुने उनको भनाइ छ । यसैगरी पुनर्बीमा व्यवसायलाई ब्यूँतिन केही समय लाग्ने उनको भनाइ छ । इन्स्योरेन्स इस्टिच्युट अफ इन्डियाका महासचिव दीपक गोडवालेले कोरोना भाइरस तथा लकडाउनका कारण भारतीय बीमा बजार पनि प्रभावित भएको बताए ।
कोरोनाबाट नेपाली बीमा बजार पनि प्रभावित भएको समिति तथा कम्पनीका प्रतिनिधिहरूले बताए । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले लकडाउनका कारण अर्थतन्त्र नै प्रभावित भएको अवस्थामा बीमाक्षेत्र त्यसबाट अछुतो हुन नसक्ने बताए । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले अहिले पुरानो व्यवसायलाई पनि निरन्तरता दिन चुनौती देखिएको बताए । नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डले पनि निर्जीवन बीमाक्षेत्रमा पनि बीमालेख नवीकरण गर्न नसकिएको बताए । अहिलेको संकट बीमामा नयाँ प्रविधि भित्रयाउने अवसर भएको पनि उनले बताए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोनाबाट प्रभावित बीमाक्षेत्रलाई ब्यूँतिन समय लाग्ने बताए । उनले भने, ‘विगतमा भूकम्पलगायत विपत्तिका कारण प्रभावित बीमाक्षेत्रलाई रिभाइव गर्न समय लागेन । तर, अहिलेको परिस्थितिले बीमाक्षेत्रलाई रिभाइव गर्न यति नै समय लाग्छ भनेर भन्न सक्ने अवस्था छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: