Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ क्षेत्रकै सबैभन्दा ‘खुरापाती’ बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा ! यस्तो छ किर्ते धन्दाको नालेबेली !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष  योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्र विशेष अदालतमा दायर गरेको छ । काठमाडौंको नागार्जुन-४ निवासी श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको हो । श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्ने गरेको अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध सम्पत्ति सुद्धिकारणले मुद्धा दायर गरेको हो । तत्कालीन नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सबाट हुँदै नभएका ऋणीहरु खडा गरेर उनले करोडौं रुपैयाँ अपचलन गरेका थिए । श्रेष्ठ नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला गर्ने बैंकरमध्ये एक मानिन्छन् ।
श्रेष्ठको किर्ते धन्दाको नालेबेली 
यसो त उनको किर्ते धन्दाको नालीबेली लामै छ । उनले  एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर सो रकमलाई अपचलन गर्ने गरेका थिए । उनले विभिन्न काण्डमा परिरहने कैलास विकास बैंकलाई आफ्नो हातमा लिएर ऋण निकाली दुरुपयोग गरेका थिए भने एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको सम्पत्ति सुद्धिकरण विभागले पेश गरेको अभियोगपत्रमा उल्लेख छ । कर्जा लिंदा भर्आनुपर्वनेश्यक फारम नभरी र कागजी प्रक्रिया पूरा नगरी उनले नक्कली ऋणी खडा गर्ने गरेका थिए । तीनै नक्कली र कपोकल्पित ऋणीहरुको नाममा निकालिएको करोडौं रुपैयाँ ऋण उनी आफैं चलाउँथे । अन्तत: उनलाई विभागले सम्पत्ति सुद्धिकरणको मुद्धा चलाएको हो । श्रेष्ठले मोटो रकम अपचलन गरेपछि संस्था समस्याग्रस्त बनेको छ र सो संस्थाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्र बैंकले लिएको छ । यो फाइनान्समा करिब ५० करोड रुपैयाँ निक्षेप फसेको छ  ।
अव के हुन्छ ?
उनी अध्यक्ष भएको फाइनान्समा उनको नेतृत्वमा करिब २ अर्व घोटाला भएको थियो । ८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयेाग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो । घोटाला काण्डपछि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो । तर, २०७१को असार १२ गते सर्बोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो । अव उनलाई विशेष अदालतमा मुद्धा परेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK