×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘पर्यटन व्यवसायीहरुले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्नू’ : पर्यटनमन्त्री भट्टराई (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ लागयतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गर्नुभएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्डयन, होटल, ट्रयाकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको समेत बताउनुभयो । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले देखि नै तयारी गर्न पनि मन्त्री भट्टराईले आग्रह गर्नुभयो । उहाँले पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउने तर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । 
कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधितकतम रुपमा भएको बताउनुभयो । उहाँले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले कोभिड १९ बाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले माद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको शिवाकोटीले स्पस्ट पार्नुभयो । उहाँले कोभिड १९ को कारण लकडाउन गरिएको समयमा तिर्नुपर्ने कर्जाको ब्याजदरमा विशेष छुट दिएको बताउनुभयो । चैत मसान्तमा तिर्नुपर्ने ब्याज रकम चैत भित्रै तिरेमा १० प्रतिशत छुट दिइएको बताउनुभयो । त्यस्तै वैशाख, जेठ र असार महिनाको किस्ताको ब्याजदरमा २ प्रतिशत घटाइएको बताउनुभयो । उक्त छुट व्यवसायीले जुनसुकै समयमा तिर्दा समेत पाउने स्पस्ट पाउर्नुभयो । त्यस्तै राष्ट्र बैंकले पर्यटन क्षेत्रका श्रमिकहरुको व्यवस्थापन हुने गरी नै विभिन्न समयमा कर्जा उपलब्ध गराउने लगायतका नीतिहरु ल्याएको स्पस्ट पार्नुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यो अवस्था अझै लामो समयसम्म रहने भएकाले विशेष छुट पाउनुपर्ने बताएका छन् । उनीहरुले वैशाख, जेठ र असार महिनाको ब्यादरमा दिइएको २ प्रतिशत छुटले केही राहत मिलेको भएपनि साउन यता ब्याजदरमा छुट नदिइएकाले किस्ता भुक्तानीमा समस्या आउने बताए । व्यवसायीहरुले बजेटबाट सम्बोधन हुन नसकेका धेरै विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको भएपनि अझै अपुग भएको बताएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: