- नवराज घिमिरे, सेयर बजार जानकार
सम्माननीय प्रधामन्त्रीज्यू,
संबैधानिक अड्चनको भुत देखाई तथा आन्तरिक मोल-मोलाईका कारण विज्ञ अर्थमन्त्रीका रुपमा सुपरिचित निवर्तमान अर्थमन्त्री डा. यूवराज खतिवडालाई पून: दोस्रो पटक राष्ट्रिय सभामा लान नसकिएको संघीन धडीमा उहाँले समाल्दै आउनुभएको मन्त्रालय धेरै रस्साकस्सीको वाबजुद गत शुक्रबारबाट तपाईं स्वयमले आफ्नो पोल्टामा लिनुभएको जग जाहेरै छ । एक सादगी र निष्ठावान अर्थमन्त्री जसलाई यहाँले आफ्नो कार्यकालभरि समिपमा राखौ भन्ने दृढ संकल्प गर्नुभएको थियो । यो अठोट स्वार्थबाट माथि उठेको अठोट थियो भन्ने कुरा सबैलाई थाहा छ । कतिले थाहा पाएर पनि बुझ पचाएका छन् ।
कोभिड-१९ले थिलथिलो पारेको अर्थतन्त्रलाई सुदृढका खातिर अर्थतन्त्रको रेशा-रेशा केलाउन सक्ने एक कुशल अर्थमन्त्रीको खाँचो पक्कै भएको हुनुपर्छ । विश्वकै अर्थतन्त्र ध्वस्त हुँदै गइरहेको अवस्थामा नेपालको अर्थतन्त्रलाई सहि मार्गचित्र दिन बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म मन्त्रालयमा बसी सानो मोवाईल सेटमा एमएम रेडियो सुन्दै, अपडेट हुँदै काम गर्ने अर्थमन्त्री यो भन्दा पहिला नेपाल सरकारले बिरलै पाएको हुनुपर्छ र अव पाउला नपाउला भन्ने कुरा पनि शंकाकै घेराभित्रको कुरा छ । मेरा एकजना साथी सह-सचिवको कुराले त मेरो उहाँ प्रतिको हेर्ने नजरनै परिवर्तन भएको छ । उहाँ स्पष्टवक्ता र जिम्मेवारीबोधबाट किनचित बिचलित नहुने प्रधानमन्त्री ज्यूको एक कुशल सारथी हुनुहुन्थ्यो र हुनुहुन्छ पनि ।
प्रधानमन्त्रीज्यू ,
म बिगत लामो समयदेखि नेपाली पूँजीबजारमा लगानी गर्ने एक लगानीकर्ता तथा पूँजीबजार र मूद्रा बजारलाई नजिकबाट चिहाउने एक आम नागरिकसमेत हुँ । नेप्सेको २६ बर्षे ईतिहासलाई केलाउने हो भने डा. खतिवडाको पालामा जति सुधारको थालनी अन्य अर्थमन्त्रीको पालामा भएकै थिएन । डा. खतिवडाले करिव डेढ बर्ष पहिला समग्र पूँजी बजार र मूद्रा बजारमा सुधार ल्याउने मनसायबाट नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको संयोजकत्वमा एउटा उच्च स्तरिय अध्यायन समिति बनाउनुभयो । त्यस आयोगमा सम्पूर्ण सरोकालवालाको प्रतिनिधित्व थियो । उक्त आयोगले करिव एक महिना लगाएर ५८ बुंदे प्रतिवेदन तयार पारी तात्कालिन अर्थमन्त्री डा. खतिवडालाई बुझायो । त्यस प्रतिवेदनमा उल्लेख भएका कार्यहरु अल्पकालीन , मध्यकालीन र दिर्घकालिन गरी तिन चरणमा औल्याईएको थियो । ति मध्य केही पूरा भए भने केही पूरा हुने चरणमा छन् ।
डा. खतिवडाकै कार्यकालमा भएको पूँजीबजार मैत्री अर्को महत्वपूर्ण कुरा अनलाईन कारोबार सिस्टम हो । आज हामीले घर घरमै बसेर पनि अरबौ अरबको कारोबार गर्न सक्ने भएका छौ । यसको श्रेय डा. खतिवडा लाई नै जान्छ । उहाँले पहल कदममी नलिएको भए यो अनलाईन स्स्टम अझै गर्भमै रहने थियो । निशेधाज्ञाले सारा चिजबिज अवस्थामासमेत घरमै बसेर केही दिन पहिला चार सय अठार करोडको कारोबार भयो । यो कारोबार धितोपत्र बजारकै ईतिहासको तेस्रो ठूलो कारोबार हो । यसबाट राज्यलाई ठूलै धनराशी प्राप्त भएको छ । यो तथ्यको जश पनि खतिवडाकै पोल्टोमा पर्छ।
सम्मानीय प्रधान मन्त्रीज्यू,
हामी आम लगानीकर्तालाई चित्तै नबुझेको कुरा चाहीँ के छ भने डा. खतिवडाले अनलाईन सिस्टम त लन्च गराउनु त भयो, तर यो अनलाईन सिस्टम उहाँ अर्थमन्त्री हुनुभन्दा केही बर्ष अगाडी नै भेण्डर कम्पनी (YCO)सँग रु. १९ करोडमा संझौता गरेको भन्ने सुनिन्छ । तर यो कुन खालको अनलाईन हो, यसको गुणस्तर आफैमा राम्रो छैन । झण्डै १६ लाख लगानीकर्ता भएको सेयर बजारमा चल्ने यो सिष्टममा अनलाईन युजर साथीहरु जम्मा चालिस हजारको हाराहारीमा मात्रै हुँदा पनि यो अनलाईन राम्रोसँग चल्दैन । अवका दिनमा अफलाईन कारोबार गर्नुभन्दा अनलाईन कारोबार सुविधाजनक हुने हुँदा यस्ता युजर क्रम बढ्ने क्रममा छ ।
अहिले प्रचनमा आएको हेर्दा नयाँ तर यथार्थमा थोत्रो, कमिसनको खेलले पिल्सिएर बल्लबल्ल आउनका लागि मात्र आएको जस्तो देखिने अनलाईनले त्यति धेरै यूजरलाई धान्ला जस्तो मलाई लाग्दैन । त्यसको साथसाथै झण्डै बिस खर्बको मार्केट एउटा निजी कम्पनीकै हातमा ताला चाबि छोडदा बिभिन्न खाले बदमासी नहोलान् भन्न पनि सकिने अवस्था छैन । यसै पनि वाईको कम्पनी निकै बदनाम भएको कम्पनी हो । पचासवटा ब्रोकरलाई YCO ले जसरी चलाउन खोज्यो त्यसरी नै चलाउन सक्ने अवस्था छ । दोष अर्थमन्त्रीले पाउने अनि कमिसनको चक्करमा परेर जनतालाई ठगेर आएको यस्तो कम्पनीको हातमा सबै कुरा सुम्पिंदा समग्र सरकारकै बेइज्जत भएको छ । विगतमा पनि पहुँचको आधारमा अनलाईन सिस्टमलाई केही समय होल्ड गर्ने परिपाटी देखिएकै हो । टेक्निकल सम्सयाका नाममा पटक पटक खेलिने फोहोरी खेलका कारण सेयर बजारमा बुढी मरी भन्दा पनि काल पल्किने होकी भन्ने डर बढेर गएको छ ।
सेयर बजारको मुख्य मेरुदण्ड भनेको अनलाइन हो । र त्यो अनलाइन वाईको नामको बदनाम कम्पनीको हातमा परेर खिया लागिसकेको छ । आफ्नै ज्यानको मेरुदण्डलाई कमजोर बनाएर वाईकोले गरिरहेको फोहोरी राजनीतिको सिकार लगानीकर्ता हुँदा त्यसको अपजश भने सरकार र अर्थमन्त्रीले भोग्नुपरेको छ । कि मेरुदण्ड नै फेर्नु पर्यो, कि मेरुदण्डलाई खिया लगाएर खान पल्केकाहरुलाई ठेगान लगाउनुपर्यो । निकै आँटिलो नेताका रुपमा परिचित यहाँले टमक्क पटुका कसी कान्लो उक्लिएर प्रमाणित गरिदिने बेला आएको छ । जो हजुरको मर्जी ।