- सागर अर्याल
नेपालमा आइतबार हालसम्मकै धेरै १३५९ जनामा कोरोना संक्रमण पुष्टी, थप १४ जनाको क्वारेन्टीनमा मृत्यु आदि जस्ता वाक्यहरु पढ्नु र सुन्नु हिजो आजको दैनिकी हो । यो पंक्ति लेख्दै गर्दासम्म नेपालमा मात्र संक्रमितको संख्या करिव ४४,२३६ पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या २७१ पुगिसकेको छ । एकातिर देश पूर्णरुपमा कोरोना करह बाट गुज्रिरहेको छ भने अर्को तर्फ बन्दाबन्दीको कारण सम्पुर्ण अर्थव्यवस्था नै निश्क्रिय छ । विश्वकै ठुलो अर्थतन्त्र भएको भनिएका मुलुकहरु अमेरिका, चिन, इटाली, जर्मनी, स्पेन जस्ता मूलुकको अर्थतन्त्र कमजोर हुदै गएको र ती देशहरु कोरोनासँग ठूलो मूल्य चुकाउँदै लडीरहेका छन् । कोरोना कहरले विश्वका लगभग सबै देशको स्वास्थ्य र अर्थतन्त्रका धेरै क्षेत्रहरुलाई असर पारेको छ । विश्वले सोच्दै नसोचेको समयबाट अहिले हामी सबै गुज्री रहेका छौं । अहिले नेपालमा पनि हरेक क्षेत्रहरु नराम्रो संग प्रभावित भएको छ । अकल्पनीय यस कोरोना भाईरसको महामारी लाई अझ कति अगाडी बढाउने भन्ने तपाँईहाम्रै हातमा छ ।
‘नवलपरासी सुस्ता पश्चिमको …. हाम्रै पार्टीका जिल्ला अध्यक्ष …तिमिल्सिना कोरोना संक्रमित हुनुभएकोले शिघ्र स्वास्थ लाभको कामना….१११’ भनी सामाजिक संजालमा पोस्ट्याउदै गर्दा यसको असर के कति पर्न सक्छ भन्ने नसोचेकै कारण आज सामाजिक संजालमा अनि यस समयमा सबैभन्दा धेरै सुनिने अनि देखिने गरेको वाक्यांश हो , ‘गेट वेल सुन’ अनि गेट वेल सुन’
सकारात्मक पक्षको समर्थन अनी दुःखको समयमा एक अर्काप्रति सहानुभुति देखाउनु नै हामी नेपालीको पहिचान हो, तर ठिक विपरित जस्तो भनौं यँहा आजभोली राम्रा कुरा विरलै भएर होला नकारात्मक कुराको टिका टिप्पठ्ठी बढि गर्ने गरेको पाईन्छ । लाग्छ कोरोनाले भन्दा ठुलो महामारी अव यसले निम्त्याउँछ । यँहा घटना कम घट्छन तर त्यही घटनाको बारेमा चर्चा बढि गरीन्छ , यसको तितो सत्यको रुपमा पछिल्ला केहि दिनमा घटेका घटना लाई लिन सकिन्छ ।
‘घटना एक तर विश्लेषण अनेक’ विभिन्न युट्युव तथा अनलाइन न्युज च्यानलबाट आफ्नो अस्तित्व जोगाई राख्न समाजमा रहेका व्याक्तिको अस्तित्व नै विलय हुने गरी न्युजहरु प्रशारण गर्ने गरेको पाईएको छ । यस प्रकृतिका कृयाकलापले न मलाई न तँपाईलाई हित गर्ने गर्छ , गर्छ त केवल त्यहि युट्युव च्यानलको अर्थाेपार्जनको पक्षलाई । आज भन्दा १-२ महिना अगाडी के भयो म सम्झन चाहान्न तर पछिल्लो १-२ दिनमा भएका कुरा म चाहेर पनि बिर्सन सक्दिन । जस्तो कि एउटा परिवारको ‘घरायसी ब्यवहार मा भएको असमझदारी’ , “यौन सम्पर्क गरेकै हो’,काकीको बयान यस्तो ४ पटक सम्म सम्भोग भएको हो …। , ‘तेरो श्रीमती संग सुत्छु भनेपछि हत्या’ यि यस्ता विषय राखेर तयार पारिएको भिडियो जसले तँपाई हामीलाई के सन्देश दिने ?
यस्ता धेरै विषय वस्तु जुन हाम्रो आवश्यकता भन्दा बाहिर रहेका हुन्छन्, जसलाई भिडियोको माध्यमबाट सार्वजनिक गर्ने, झगडा बढाउन मद्दत गर्ने मिल्न नदिने , प्रेसको नाममा सामाजिक व्याक्तित्वको धज्जी उडाउने जस्ता कृयाकलाप गरी केवल अर्थोपार्जनको नाममा समाजलाई कुसंस्कार र अनुशासन हिन समाजमा स्थापित गराउन पछि परेका छैनन् । प्रेसको नाममा भाईरल हुने गरी कसैको ब्यक्तिगत गोपनियता र सम्बेदनशीलता को कत्ति पनि ख्याल नगरी रिपोर्टिङ् गर्नु भनेको समाजमा अपराधिक गतिबिधिलाई मलजल गर्नु हो, यो सरासर अपराधको ब्यापार हो । समाजको लागी अत्यन्त घातक विषको ब्यापार गर्न खोज्ने लाई बहिष्कार गर्नुको अर्को विकल्प हामी संग छैन । यस्ता विषयमा समय समयमा चर्का चर्की नभएको पनि होईन तर आजसम्म के हेरेका छन् नियामक निकायहरु ?
यँहा चिन्ता एक व्याक्तिको होईन , हाम्रो पछिल्लो खस्किदो भाषा अनी आफ्नो संस्कृतिको हो । मलाई मेरो भाषा , संस्कृति लाई जोगाईराख्नु छ ता कि मेरा सन्ततिले पनि गर्वका साथ भनुन कि म नेपालि हुँ र मलाई नेपालको माया छ । तर फेरी सोच्छु कतै हामी आफै विपरित दिशा तर्फ लम्किरहेका त छैनौ रुरु पछिल्लो समय घटित केही धर्म संस्कृति विशेष घटना लाई हेर्दा लाग्छ हाम्रो नेतृत्व र लोकतन्त्र को असफलता यहि नै हो ! यसलाई राज्यले सस्कृति र सम्पदा माथी गरेको बेवास्ताको उपजको नमुना हो भन्न सकिन्छ ।
संस्कृति र सम्पदाको पनि आफ्नै मुल्य र मान्यता हुन्छन् , त्यसलाई उपयुक्त तरिकाले ब्यवस्थापन गर्नु हाम्रै कर्तव्य हुन आँउछ । यँहा जो आफ्नो कर्तब्य निर्वाह गर्ने क्रममा कार्यस्थलमा जादा उ प्रति नै अनैतिक कृयाकलाप हुन्छन , जुन त्यस्ता गतिविधि खेदजनक छ । त्यस्तालाई कार्वाही गर्नुपर्छ , तर सिंगो समुदायमाथि घृणा फैलाउने गरी टिप्पणी गर्नु पनि राम्रो होईन । परिवर्तन सम्वभ छ तर सुरुवात आफै बाट गरौं । त्यसैले विचार गर्न मनासिफ मानिन्छ , अनावश्यक विमर्ष दिनु जरुरत नहुन पनी सक्दछ ।
सामाजिक संजालमा श्रीमान् श्रीमतीको झगडा,केटा केटीको झगडा,एक ब्यक्ति र अर्को ब्यक्तिलाई जुधाएको,मजाक बनाएको तथा छाडा र अश्लिल फोटो तथा भिडियोहरु हाल्नुको सट्टा स्थानिय स्तरमा उद्यमीले गरेको उद्यम,सफलताको कथाहरु,एउटा युवाले स्वदेशमा नै गरेको स्वरोजगार श्रृजना,स्थानिय प्रतिनिधीहरुले गरेका विकास निर्माणका राम्रा राम्रा सकारात्मक कार्यहरु,सबैजना जुटेका,नयाँ श्रृजनशिल कार्यहरु ,नेपाली मनहरु एकजुट भएका फोटो तथा भिडियोहरु राख्ने र कोही कसैले पनि नकारात्मक टिका टिप्पणी,कुण्ठाहरु,नैराश्यताहरु सामाजिक संजालमा ब्यक्त नगर्ने हो भने अबश्य झल्कने थियो नेपाली र नेपालीपन अनी फेरी हामीले सामाजिक संजालका भित्तामा भनिराख्नु पर्ने थिएन , get well soon… Get well soon.
सञ्चारका विभिन्न माध्यमहरु छन् ,ती लत नलाग्ने माध्यमहरुको अधिकतम उपयोग गर्न सकिन्छ । यही सामाजिक सञ्जाललाई पनि आफ्नो वशमा राखेर, लतमा नफसी सकारात्मकता र नयाँ उर्जाको लागि उपयोग गर्न सकिन्छ । तर, धेरैले दुरुपयोग गरेको वा लतमा फसेको पनि देखिन्छ । हामी ले कस्तो समाज निर्माण गर्न जादैछौं, समाजमा नैतिकता र अनुशासनको दायरा कस्तो बनाउने समाज र परिवार नैतिकता ,चरित्रवान आदर्श सहितको निर्माण गर्ने हो भने मिडियाको नाममा बिषवृक्षको विरुवा लाई समुल नष्ट गर्नु पर्दछ जुन नियमनकारी निकायबाट कडाइका साथ अनुगमन गर्ने प्रणाली बनाउनु पर्दछ , यदि यस्ता कुरामा ध्यान दिन सकिएन भने अव हरेक घरमा कुनै न कुनै ब्यक्ति डिप्रेसन र मानसिक रोगको शिकार बन्न सक्छ र हामी त्यस अवस्थामा न्भत धभिि कययल भन्न सक्ने अवस्थामा पनि नहुन सक्छौ ।
अन्त्यमा आफूले आफूलाई हेरौं, आफ्नो कार्यहरुलाई फर्केर नियालौं, आफ्नो दिनचर्याको पुनरावलोकन गरौं र आफ्नो गल्ती, आफ्नो कमजोरी पहिल्याउँ । समयमै आफूलाई सच्याउँ । यदि आफूलाई जानी जानी गल्ती तर्फ डोर्याएनौं भने हाम्रो गन्तव्य स्वतः सही ठाउँमा हुन्छ । सकिन्छ भने, अरुलाई पनि सकारात्मकता र सही बाटोमा डोर्याउने कोशिस गरौं, खुसी बाँडौं, यदि सकिदैन भने अरुको खुसीलाई नखोसौं । हाम्रो जीवनको यात्रामा विगत सम्झेर अवश्यपनि पछुताउनु पर्दैन, हामीले आफूलाई सधैं सन्तुष्ट राख्न सक्छौं । पुन “शिघ्र स्वास्थ लाभको कामना” भन्न चाहान्छु यो कुनै व्याक्ति विशेष लाई भनिएको होईन , भनिएको हो त केवल माथि उल्लेख गरीएका अमानविय घटना अनी हाम्रो वर्तमान सामाजिक अवस्था र सिस्टम लाई । आशा छ अव छिट्टै यि यस्ता विषयको सहि उपचार हुनेछ र हामी फेरी सामाजिक संजालमा त्यस प्रकृतिका कृयाकलाप लाई बढवा दिदैनौ ,मेरो विचारमा सहमति वा विमति हजुरको ईच्छा… !
सागर अर्याल
वर्दघाट–०१ , नवलपरासी
(लेखक हाल मुक्तिनाथ विकास बैंक लि.मा कार्यरत छन्)