×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सक्सेस स्टोरी : २३ बर्षीय कलिला विकेश, जो कार्यकारी प्रमुख भएर हाँक्दैछन् करोडौंको कम्पनी…(भिडियो)

PRIME CA
GLOBAL IME BANK

सक्सेस स्टोरी : २३ बर्षीय कलिला विकेश, जो कार्यकारी प्रमुख भएर हाँक्दैछन् करोडौंको कम्पनी…(भिडियो)

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
विकेश भट्टराई । किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत । कलिलो उमेरमा नै एक चर्चित ब्राण्डको सीइओ बन्नु कम्ती चुनौतीपूर्ण थिएन, छैन । आज पनि उनी किताबसँगै उठ्छन्, किताबकैबारे सोचेर सुत्छन् । उनको दैनिकी किताबहरुसँग नै बित्छ । जीवनको सबैभन्दा उर्जाशील समय उनले किताबलाई नै दिएका छन् । विहान किताब यात्राको अफिस पुग्छन्, अर्डरहरुको व्यवस्थापन गर्छन्, डेलिभरीको संयोजन गर्छन्, पब्लिकेसन हाउसहरुसँग संयोजन गर्छन् र यसरी नै चलिरहेछ ‘किताब यात्रा’ । बेलुकी घर जाने उनको निश्चित समय छैन । आज कति अर्डर आए, भोलिको डेलिभरी रुटिन के छ, कम्पनीका आर्थिक पाटो कस्तो भइरहेको छ, ठुलादेखि मसिना कामसम्ममा चासो राख्छन् उनी । एउटा प्रमुख कार्यकारी अधिकृतले जे-जे कुरामा ध्यान दिनुपर्छ, उनले सबै कुरालाई मसिनोसँग केलाउँछन् । यस अघि उनी किताब यात्रामै डेपुटी सीइओका रुपमा कार्यरत थिए । त्यो बेला अपरेशानल जिम्मेवारी मात्र थियो । तर अहिले उनले हेर्नुपर्ने कुराहरु धेरै छन् । यसअघि  उनका दाजु ऋषिराम अधिकारी कम्पनीका सीइओ थिए । तर दाजुले कार्यकारी भूमिका छोडेर भाइलाई कमपनीको जिम्मेवारी सुम्पिएपछी अहिले विकेशको सोचाइ, काम गराई सब परिवर्तन भएको छ । 
किताब यात्राको त्यो यात्रा…
हेटौंडा हो विकेशको घर । उच्च शिक्षाका लागि काठमाडौँ जाने प्लान त थियो तर, ‘अव के गर्ने ?’ भन्ने कुराले उनी चिन्तामा थिए । जीवनमा केहि गर्नुपर्छ भन्ने सोच त छ, ‘तर गर्ने के ?’ उनी हरेक रात यहि चिन्तनमा हुन्थे । दाजु ऋषि भारतमा सिए पढ्न गएका थिए । कुरै कुरामा दाजुले भने, ‘तँ काठमाडौँ आइजो, म पनि नेपाल आउँछु, एउटा प्लान छ, त्यसमा काम गर्नुपर्छ ।’ दाजुले काठमाडौँ आउनु भनेपछि उनी काठमाडौँ आए । दाजुको प्लान सुनेर उनले अव आफु यहि काममा लाग्नुपर्छ भन्ने सोचे र सुरु भयो ‘किताब यात्रा’को यात्रा । दाजु ऋषि राम अधिकारी, ऋषिका साथी क्रिपेश किशोर घिमिरे र विकेश मिलेर सुरु गरे ‘किताब यात्रा’ अर्थात पाठकको दैलो-दैलोमा किताब पुर्याउने यात्रा । सुरुमा अरु स्टाफ थिएनन्, राख्न सक्ने स्थिति पनि थिएन सायद । उनी सम्झन्छन्, ‘सुरु सुरुमा हामी ३ जना नै डेलिभरी गर्न जान्थ्यौं ।’ विस्तारै कम्पनी ठुलो भयो । किताब यात्राको चौतर्फी चर्चा सुरु भयो, अर्डर खुब आउन थाल्यो । र झन् झन् बढ्दै गयो विकेशको दैनिकी । यहिबीचमा पाठकहरुको सर्वाधिक भोट पाएर किताब यात्राले आइसीटी अवार्डमा बेष्ट स्टार्टअप अवार्ड पनि पायो । यहिबीचमा किताब यात्राले किताब जात्राको आयोजना पनि गर्यो । सम्भवत: नेपाली इतिहासमै किताबहरुको फरक जात्राको कन्सेप्ट नयाँ थियो । कार्यक्रम भव्य सफल भयो । किताब यात्रा झन् उचाईंमा पुग्यो । 

उनी लगनशील थिए, छन् । यतिसम्मकि सँगै खुलेका स्टार्ट अपहरु विकेशजस्तो एक जना भए, हाम्रो कम्पनी कहाँ पुग्थ्यो होला भन्ने गर्थे । हुन पनि उनी काममा यति लगनशील थिए कि विहानदेखि बेलुकीसम्म किताब, किताब, अनि किताब बाहेक उनको जीवनमा केहि थिएन । उनको यहि लगनशीलताका कारण किताब यात्राका पार्टनरहरुले उनलाई कार्यकारी भूमिका दिने निर्णय गरे । र त २२औं बसन्तमा दौडीरहँदा नै उनी देशको प्रख्यात स्टार्टअपको प्रमुख कार्यकारी अधिकृत बने ।

बिगतलाई फर्केर हेर्दा- ‘किताब त हेर्न पनि मन लाग्दैनथियो’
आफ्नो बिगत सम्झंदै उनी सुनाउँछन्,-‘मेरो लागि किताब भनेको हेर्नै नपरे हुन्थ्यो भन्ने चिज थियो । किताब देख्यो कि निन्द्रा लाग्थ्यो । तर आज पूरै जीवन किताबमा समर्पित गरेको छु । मेरा लागि साथी भने पनि, बिजनेश भने पनि किताब नै हो । हरेक दिन प्राय मैले सोच्ने विषय मात्र किताब हो । अहिले त मभित्र पनि किताबबाहेक केहि छैन जस्तो लाग्छ । म किताबभित्र नै डुबिसकेको छु ।’ हेटौंडामा रहँदा किताब देख्नसम्म नरुचाउने उनी अहिले आफ्नो कम्पनीमा भएका अधिकांस किताबबारे जानकारी राख्छन् । धेरै साहित्यिक किताबका बारेमा उनलाई थाहा छ । यतिसम्म कि किताबका कन्टेन्टबारे पनि जानकार छन् उनी । कुन किताब पाठकले रुचाइरहेका छन् मात्र होइन, त्यसभित्र के छ भन्नेसमेत जानकारी राख्छन् उनी । किताबको नाम भन्नेबित्तिकै पब्लिकेसनको नाम मुखमै कण्ठ छ उनलाई । उनी किताबभित्रै हराएका छन् सायद ।

‘दाजुको बिंडो थाम्नु छ, परिवारलाई हँसाउनुछ’

दाजु ऋषि राम अधिकारीका अन्तर्वार्ताहरु खुब हेर्छन् उनी । दाजुका बारे पत्रपत्रिकामा आएका आर्टिकलहरु पढ्छन् उनी । मनमा एउटा मात्र डर छ – दाजुले दिएको जिम्मेवारीमा चुकें भने… ? तर फेरी उनको कामले त्यो डरलाई मारिदिएको छ । र किताब यात्रालाई एउटा नयाँ उचाईंमा पुर्याउन उनी अहोरात्र खटेका छन् । दिमागमा थुप्रै योजनाहरु छन् । तर सबैजसो योजनामा मात्र किताब छ । कहिलेकाहीं दाजुलाई योजना सुनाउँछन् । दाजुले ती योजनाहरुमा थप ‘इनपुट’ दिएपछि काम झन् अगाडी बढ्छ । 
नेपालमा ‘किताब यात्रा’ एउटा चम्किलो ब्राण्ड बनिसकेको छ । किताब यात्राले आयोजना गरेको किताब जात्रा पनि अर्को ब्राण्ड बनिसकेको छ । अव किताब जात्रा इभेन्टलाई नेपालमा मात्र होइन विदेशमा पनि लैजाने तयारी छ विकेशको । ‘छिट्टै नै अष्ट्रेलिया लगायतका देशहरुमा किताब जात्रा आयोजना हुनेछ । पाठकको दैलोसम्म कुनै पनि किताब पुर्याउन कुनै कसुर बाँकी रहने छैन । किताबका लागि, नेपाली साहित्यका लागि, नेपाली पठन संस्कृति बिकासका लागि के के गर्नुपर्छ, सबै गर्न तयार छन् विकेश, र गरिरहेका छन् एउटा यात्रा जहाँ किताबबाहेक अरु कुरा केहि छैन, छ त केवल किताब, किताब अनि किताब ।
अहिलेका लागि जीवनमा मात्र २ उद्देश्य छन् विकेशका । किताब यात्रालाई थप उचाईंमा पुर्याएर दाजुको बिंडो थाम्ने र परिवार हँसाउने । गाउँघरमा आजकल विकेशले खुब राम्रो गरेको छ है भन्ने चर्चा चल्छ । पत्रपत्रिकामा बिकेशका फोटोहरु आउँछन् । ठुला मान्छेहरुले किताब यात्राको नाम लिन्छन्, र परिवार यसमा खुसी छ । यसरी नै परिवार हँसाईरहने उद्देश्य बोकेर अविराम यात्रामा छन् विकेश । 
हेरनुहोस् किताब यात्राबारे अर्थ सरोकारकर्मी मुना तामाङले उनै भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश: 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: