×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero: फलफूलको मूल्य एकाएक ह्वात्तै किन बढ्यो ? व्यापारीका कुरा सुनेर सबै तीनछक ! (हेर्नुहोस् भिडियो)

PRIME CA
GLOBAL IME BANK

Ground Zero: फलफूलको मूल्य एकाएक ह्वात्तै किन बढ्यो ? व्यापारीका कुरा सुनेर सबै तीनछक ! (हेर्नुहोस् भिडियो)

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । 
 
चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ । फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै विक्री हुने बस्तु हो । आज हामी फलफूल बजारको अवस्था बुझ्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्यौं । तर मूल्यमा एकरुपता पाउन सकिएन । एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ । बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् । 
नयाँ बानेश्वर क्षेत्रमा भेटिएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलैपिच्छे मूल्यमा फरक परेको बताएका छन् । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनको भनाइ छ । 
व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् । आफुहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाई छ । नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गदैं आउनुभएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताएका छन् । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भएकाले भाउमा फरक परेको बताएका छन् । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि रहेको उनको भनाइ छ । 
कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ । त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: