×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive : नाफा कम भएपछी बिओकेले सम्पत्ति बेचेर बढी नाफा देखाएको हो ? बैंकको बोर्ड मेमो नै ‘लिक’ ! (प्रमाणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Exclusive : नाफा कम भएपछी बिओकेले सम्पत्ति बेचेर बढी नाफा देखाएको हो ? बैंकको बोर्ड मेमो नै ‘लिक’ ! (प्रमाणसहित)

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुनै पनि बैंक तथा वित्तीय संस्थाले कति नाफा गर्यो भन्ने विषयले ठुलो अर्थ राख्दछ । अझ नाफा हेरेरै सेयर बजारमा लगानी गर्नेहरुका लागि बैंकको नाफाको खास अर्थ हुन्छ भने बैंकका प्रमुख कार्यकारी अधिकृतले कस्तो काम गरे भन्ने तथ्य पनि बैंकको वित्तीय विवरणमा देखिएको नाफाले देखाउँछ । तर यहि नाफा बढी देखाउने चक्करमा बैंक तथा वित्तीय संस्थाहरुले भएको सम्पत्ति बेच्ने, सेयर बेच्ने लगायतका काम गरेको भेटिएको छ । हुन त बैंकले आफुसँग भएको सम्पत्ति बोर्ड बैठकको स्वीकृतिमा बेच्न नपाउने होइन । तर नाफा नै बढी देखाउनकै लागि गरिएका यस्ता कामले आम लगानीकर्ताहरुलाई गुमराहमा राखेको जानकारहरुको ठम्याई छ ।
नाफा बढी देखाउन बैंक अफ काठमाण्डूले के गर्यो ? 
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको यो अन्तिम कार्यकाल हो । यसकारण पनि बैंकको रिजल्ट उनका लागि खास अर्थ राख्ने विषय हो । तर बैंकको आधारभुत व्यवसायबाट नाफा हुन नसक्ने देखिएपछी गत बर्षको हाराहारी मुनाफा देखाउनको लागि पुन: बांकि रहेका सम्पत्ति बिक्री गर्ने प्रपन्च भएको भन्दै अहिले बैंककै कतिपय कर्मचारीहरु घुमाउरो पारामा राष्ट्र बैंकमा उजुरी गर्नेगरीको तयारीसमेत गरिरहेको बुझिएको छ। बैंककै नाफा बढी देखाउनकै लागि चालु आर्थिक बर्षमा सीइओ शोभन देव पन्तको डिजाइनमा केहि राम्रा कम्पनीहरूको शेयर बिक्री गर्ने योजना अघि सारेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । अर्थ सरोकार डटकमलाई प्राप्त बैंकको गोप्य आन्तरिक डकुमेन्टका अनुसार बैंकले छिमेक बिकास बैंकको लगभग ७ लाख ७५ हजार कित्ता शेयर, आरएमडिसि को १ लाख ५० हजार कित्ता शेयर र बैंकले शाखा कार्यालयको भवन निर्माण गर्ने प्रयोजनको लागि खरिद गरी राखेको बिरगंजस्थित लगभग ५ कट्ठा जमिन बिक्री गर्ने प्रस्ताव गरिएको छ, जसबाट बैंकलाई करिब ५० करोड जति मुनाफा हुने देखिन्छ । यस बर्षको पहिलो त्रैमासको मुनाफा बमोजिम बैंकले यो बर्ष १ अर्ब पनि मुनाफा गर्ने सक्ने देखिएको छैन । त्यहि भएर बैंकले शेयर तथा जग्गा बिक्री गरी मुनाफा देखाउने प्रपन्च रचेको भन्दै केहि उच्च अधिकारीहरुलेसमेत विरोध गरेका छन् । 
सीइओ भन्छन्, ‘विश्लेषण आ-आफ्नै होला, हाम्रो नियत गलत छैन’
यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त भने यस विषयमा आ-आफ्नै विश्लेषण भएपनि बैंकको नियत एकदम सफा भएको दाबी गर्छन् । ‘यो बेला हामीले रिटर्न हाम्रो आउँछ भनेर केहिको सेयर बेचेको हो । तर सेयर बेचेर नै नाफा देखाउन खोजेको भने होइन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने,’अहिलेको बजार हेर्ने हो भने पनि छिमेक र आरएमडीसीको सेयर बेच्नु नै ठिक हो भन्ने निष्कर्षका साथ हामीले उक्त सेयर बेचेका हौँ ।  बीरगंजको जग्गा पनि धेरै अघि किनिएकोले अहिले बेचेर क्यास आफुसँग राख्नु नै ठिक  हो भन्ने निष्कर्षका साथ हामीले उक्त जग्गा बेचेका हौँ । यसमा हाम्रो कुनै गलत नियत छैन ।  बरु हाम्रो निर्णय सहि छ भन्ने निष्कर्ष हाम्रो हो । ‘ उनले भने । 
‘सेयर र घडेरी बेचेको पैसा बाहेक बैंकको नाफा त राम्रो देखिएन नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हाम्रा आन्तरिक डकुमेन्टसम्म तपाईंकहाँ पुर्याउनेको कुरा सुनेपछी कहाँ बैंक राम्रो देखिन्छ त ? म मैले गरेको कामप्रति सन्तुष्ट छु । आज बैंक आफ काठमाण्डू हरेक हिसाबले टप ५ भित्र पर्ने बैंक हो । हामीले घोषणा गरेको लाभांशले पनि यसको पुष्टी गर्दछ । अव अजय श्रेष्ठलाईसमेत शोभनदेवले थुनायो भन्ने, यस्तो राम्रो रिटर्न हुँदा पनि शोभनदेवले बैंक डुबायो भन्ने, र मसँग व्यक्तिगत पूर्वाग्रह राख्नेहरुलाई मेरो भन्नु केहि छैन । तपाईंले के नै लेख्न बाँकी राख्नुभएको छ र, यो नलेख्नुहोला भन्नलाई । विश्लेषण आ-आफ्नै हो । तर विभिन्न कम्पनीको सेयर बेच्ने निर्णय ठिक थियो र छ । घडेरी बेच्ने निर्णय पनि बैंककै हितका लागि थियो । मेरो यसमा टिप्पणी यहि हो। ‘     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: