×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : मकैको दाना निकाल्न व्यस्त कञ्चनपुरका बालबालिका, तिहारका लागि किनमेल गर्नेहरुको भिड बढ्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मकैको दाना निकाल्न व्यस्त कञ्चनपुरका बालबालिका, तिहारका लागि किनमेल गर्नेहरुको भिड बढ्यो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले मकैको दाना निकाल्नका लागि सफा गर्दै कञ्चनपुरको रानीपुरका बालबालिकादेखि तिहारका लागि किनमेल गर्नेहरुको भिड बढेकोसम्मसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
मकैको दाना निकाल्नका लागि सफा गर्दै कञ्चनपुरको रानीपुरका बालबालिका । मकै खेतीबाट कम आम्दानी हुन थालेपछि किसानले खेती गर्न छाड्दै जान थालेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा चारो खोज्नका लागि तारवारमा बसेको काग । आज कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा यमराजको दूतकोरुपमा कागलाई मिठो खानेकुरा खुवाइने गरिन्छ ।
कृष्णपुर नगरपालिकाका किसान ट्रयाक्टरमा केरा बेच्नका लागि बजारतर्फ लैजाँदै । केरा खेतीबाट बढी फाइदा हुन थालेपछि केरा खेती गर्ने किसानको संख्या बढ्दो रहेको छ ।
तिहारका लागि प्लाष्टिकका कृतिम माला बेच्नका लागि सडक छेउ बसेका कैलालीको अत्तरिया बजारका व्यापारी । 
पोखारा महानगरपालिका वडा नं १८ मा पर्ने सराङकोट र अन्नपूर्ण हिमश्रृङखलाको दृश्य ।
कोरोनाका संक्रमण हुने सम्भावनामा पनि काठमाडौँको नयाँ बानेश्वरमा माला बेच्न ग्राहकको प्रतिक्षामा बसेको बालक । 
भक्तपूर जिल्लाको सूर्यविनायक नगरपालिका सल्लाघारीमा बिक्रिका लागि राखेको हलुवावेद । हिन्दुहरूको दोश्रो ठूलो चाड तिहारमा लक्ष्मी पूजाको दिन पूजा गर्न विशेष गरी यो हलुवावेद प्रयोग गर्ने चलन छन् । 
कोरोनाका संक्रमण हुने सम्भावनामा पनि भक्तपुर जिल्ला भक्तपुर नगरपालिमा अवस्थिति न्यातापोल मन्दिर परिसरमा तिहारको किनमेल गर्ने सर्वसाधारणको चहलपहल ।
कोरोनाका संक्रमण हुने सम्भावनामा पनि हिन्दुहरूको दोश्रो ठूलो महान चाड तिहारमा दाजुभाइका लागि मखमली फूलको माला किन्दै महिला । 
धनगढी उपमहानगरपालिका–१५ उर्माद्वारा आयोजित ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई न्यानो कपडा वितरण कार्यक्रमका क्रममा एक सय चार बर्षिया ज्येष्ठ नागरिक रम्भा रानालाई कम्बल प्रदान गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य नारदमुनी राना । 
तिहार नजिकिएसँगै धनगढीको क्याम्पस चोकको पसलमा बिक्रीका लागि राखिएका मालालगायतका सामाग्रीहरु । कोरोनाको सङ्क्रमण कायमै रहेपनि तिहार नजिकिएसँगै धनगढी बजारमा चहलपहल तथा भिडभाड बढेको छ । 
बर्दिया बाँसगढी नगरपालीका वडा नं ८ ककारौका बिर्खबहादुर विकले आफूले तयार गरेको बासको खैचा बेच्न जाँदै । उक्त खैचाको मुल्य रु ३२०।– मा विक्री हुन्छ । उहाँले दिनको दुईवटाका दरले तयार गर्नुहुन्छ ।
कञ्चनपुरको महाकाली नगरपालिका वडा नं १० स्थित दोधराका एक किसानले पालेका बाख्राहरु । 
डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा भाइटीकाका लागि बिक्री गर्न राखिएका भारतबाट ल्याइएका फुलका माला । 
धनगढीको रातोपुलस्थित फुटपात पसलमा झिलामिला माला, शुभ–दिपावली पोस्टरलगायतका सामाग्री किनमेल गर्दै स्थानीय । तिहार नजिकिएसँगै धनगढी बजारमा चहलपहल अत्याधिक बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: