×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोकुल बाँस्कोटापछी चिरन्जीवी चापागाईंलाई पनि लाग्यो ७० करोड भ्रष्टाचारको आरोप, केस नम्बर ०१८९५९ अख्तियारमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

गोकुल बाँस्कोटापछी चिरन्जीवी चापागाईंलाई पनि लाग्यो ७० करोड भ्रष्टाचारको आरोप, केस नम्बर ०१८९५९ अख्तियारमा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंलाई १० वटा बीमा कम्पनीबाट रु ७० करोड रकम भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोप लागेको छ । मिति २०७७ साल पौष १ गते, चापागाईंले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपरेपछि अख्तियारले यस प्रकरणमा छानविन गरिरहेको रहस्य बाहिरिएको हो। उनीविरुद्ध परेको उजुरीको दर्ता नम्बर ७७७८ सी- ०१८९५९ हो ।
उजुरीमा चापागाईंले बीमा समितिमा नियुक्ति भएको ६, ७ महिनाभित्र बीमा क्षेत्रको कुनै पनि अध्ययन विना नै १० वटा जीवन बीमा कम्पनीलाई जीवनबीमा व्यवसाय संचालन गर्न इजाजत पत्र प्रदान गरेको जसमा संस्थापक सेयर धनीबाट प्रति सेयर रु १०० का दरले ७० प्रतिशतले हुन आउने रकम रु १ अर्व ४० करोड हुनुपर्ने व्यवथा बीमक दर्ता सम्बन्धी निर्देशिकामा रहेकोमा, प्रति सेयर रु १०५ का दरले संस्थापक सेयर लिएको र ७० प्रतिशतको दरले रु १ अर्व ४७ करोड संकलन गरेकोमा एउटा जीवनबीमा कमपनीबाट रु ७ करोड रकम भ्रष्टाचार गरी १० वटा बीमा कम्पनीबाट रु ७० करोड भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको उल्लेख छ ।
साथै चापागाईंले ९,१० महिनाभित्र अध्ययन तथा विश्लेषण विना नै पुन: ३ वटा निर्जीवन बीमा कम्पनीलाई बीमा व्यवसाय संचालन गर्न इजाजत प्रदान गरेको र संस्थापक सेयर धनीबाट प्रति सेयर रु १०० का दरले ७० प्रतिसेयर हुन आउने रकम रु ७० करोड हुनुपर्ने व्यवस्था बीमक दर्ता सम्बन्धि निर्देशिकामा रहेकोमा प्रति सेयर रु १०५ का दरले संस्थापक सेयर लिएको र ७० प्रतिशतको दरले रु ७३.५ करोड संकलन गरेकोमा एउटा बीमा कम्पनीबाट ३.५ करोड रकम भ्रस्टाचार गरेको उल्लेख गरिएको छ । 
साथै चापागाईंले आफ्नो कार्यकालमा भएको बीमाकहरुको स्थलगत, आकस्मिक तथा गैर स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएका कैफियतहरुको आजसम्म कुनै पनि कारवाही नगर्नुमा बीमकहरुसंग आर्थिक लेनेदन गरी मनग्य भ्रष्टाचार गरेको उल्लेख छ । उजुरीको चौथो बुंदामा बीमा समितिका कार्यकारी निर्देशकले पत्रिकामा दिएको सूचना बमोजिम बीमा कम्पनीहरुको आर्थिक बर्ष २०७६-७६ को बार्षिक प्रतिवेदन स्वीकृत गर्न १४ वटा बाँकी रहेकोमा अध्यक्ष कार्यकला समाप्त हुनु केहि दिन अघि मात्र ठुलो आर्थिक लेनदेनमा नियम कानुन बमोजिम प्रक्रिया नपुगेका रोकिएर राखिएका सबै बार्षिक प्रतिवेदनहरु स्वीक्रित गरेकोसमेत उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: