×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको सेयरमा अनौठो आकर्षण

अर्थ सरोकार

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार

PRIME CA

नेपाल टेलिकमको सेयरमा अनौठो आकर्षण

  • लेखराज दहाल
काठमाडौं। पछिल्लो तीन महिनायता नेपाल टेलिकमका सेयरधनीले पछाडि फर्किएर हेर्नु परेको छैन। हरेक दिन टेलिकमका लगानीकर्ताको सम्पत्ति बढेको बढेकै छ । पछिल्लो समय टेलिकमको सेयरमा कति धेरै आकर्षण देखिएको छ भने दैनिक ४० करोडभन्दा बढी रकमको कारोवार हुन थालेको छ । प्रतिकित्ता १३ सय हाराहारी पुगिसकेको टेलिकमको सेयर दिर्घकालिन लगानी र अल्पकालिन लगानी दुबैका लागि आकर्षक बनेको छ ।
लाभांशको चर्चा
यस बर्ष आम्दानी घटेको वित्तिय बिवरण प्रकाशन गरेको भए पनि यसैबर्ष नेपाल टेलिकमले सबैभन्दा बढी लाभांश वितरण गर्ने चर्चा चलेको छ । कोराना संकटका कारण सरकारको राजस्व कअल्पनिय रुपमा घटेका कारण सरकारले नगद प्रवाहलाई जिवन्त बनाउनका लागि सरकारी संस्थानहरुबाट रकम असुल्ने प्रयास गरिरहेको छ । सरकारी लगानीको सबैभन्दा ठुलो व्यापार भएको र रिजर्भ फण्डमा रकम भएका कारण टेलिकमबाट नगद लाभांशको रुपमा सरकारले रकम लैजाने तयारी गरेको छ । 
जस अनुसार केही साताअघि अर्थ सचिबले नेपाल टेलिकमका सन्चालक समितिलाई बोलाएर अधिकतम कतिसम्म लाभांश दिन सकिन्छ भनेर छलफल गरेका थिए । त्यस क्रममा टेलिकमका सन्चालकहरुले १०० प्रतिशतसम्म लाभांश दिन सकिने बिवरण पेश गरेका थिए । सोही हल्ला बाहिरिएपछी २०० पतिशतसम्म लाभांश आउने भन्दै हल्ला चलाइएको छ । तर यसबारे कुनै निर्णय वा सहमति भने नभैसकेको टेलिकम स्रोतले जनाएको छ ।
लगातार वृद्धि
टेलिकमको सेयर मूल्य बिहीवार प्रति कित्ता १२८५ रुपैयाँमा बन्द भएको छ । बुधवार सर्किट लागेर १२९२ मा बिक्रेताबिहीन ह’दै बन्द भएको थियो । तर बिहीवारको कारोवारमा पनि सुरुमा १० प्रतिशत बढेर १३८७ रुपैयासम्ममा कारोवार भयो । तर पछि घटेर १२८५ मा आइपुगेको छ । तीन महिनाअघि यो सेयरको मूल्य ७०५ रुपैयाँ थियो। एक महिना अघिसम्म ७५५ रुपैयाँ थियो। एक साताअघि १०८२ रुपैयाँ थियो।
लाभांशका रूपमा कम्पनीले अहिलेसम्म नगद मात्र बाँडिरहेको छ, जुन लगानीकर्तालाई खासै रुचि हुँदैन। उनीहरु नगदभन्दा बोनस सेयर चाहन्छन्। कम्पनीले ४५ दिने ५५ प्रतिशतका बीचमा नगद लाभांश वितरण गर्दै आएको छ।पछिल्लो समय बजारले ’बुलिस्ट ट्रेन्ड’ समातेपछि नेपाल टेलिकमको सेयर सर्वाधिक रकमको कारोबार हुने गरेको छ। बुधबार सबैभन्दा बढी रकमको सेयर किनबेच नेपाल टेलिकमको भयो भने बिहीवार पनि यो दोसो नम्बरमा रहयो ।
वित्तीय विवरणलाई हेर्ने हो भने नेपाल टेलिकमको आम्दानी दिनदिनै खुम्चिँदै गएको छ। गत वर्ष कम्पनीले ८ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा एक अर्ब ५१ करोड मात्र छ। जबकी अघिल्लो असोजमा कम्पनीको नाफा ३ अर्ब २४ करोड रुपैयाँ थियो।
कम्पनीको मुख्य सेयरधनी नेपाल सरकार हो। यसको ९१.४९ प्रतिशत सेयर छ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ। बाँकी ८.४८ प्रतिशत सेयर मात्र सर्वसाधारणसँग छ। १५ अर्बको कम्पनीमा १२ करोड ७२ लाख कित्ता सेयर मात्र सर्वसाधारणमा छ।
किन बढिरहेको छ ?
अहिलेको बजारमा सरकारी कम्पनीहरुप्रतिको आकर्षण अचम्मको देखिन्छ । सबैजसो सरकारी कम्पनीहरुको सेयर उच्च मुल्यमा पुगेको छ । साल्ट टेडिग कम्पनी, नागरिक लगानी कोष, बिशाल बजार कम्पनी, राष्टिय बीमा कम्पनीको सेयर अत्यधिक रुपमा लगानीकर्ताको आकर्षण बनेको छ। ३५ पतिशत लाभाश दिने साल्ट टेडिग कम्पनीको सेयर मुल्य त ४ गुणा बढिसकको छ । २ हजार भन्दा तल्लो मुल्यमा रहेको साल्ट टेडिग कम्पनीको सेयर लकडाउन पछीको बजारमा लगातार बढदै ८ हजारभन्दा माथि पुग्यो । यस्तै सरकारी लगानीका हाइडोपावरहरु चिलिमे र तामाकोशीको सेयर मुल्य पनि पछिल्ला दिनमा बढिरहेको छ ।
यी सरकारी कम्पनीहरुमध्ये सबैन्दा बढी सम्पत्ति, सबैभन्दा बढी बिजनेस र सबैभन्दा बढी नियमित लाभांश दिने नेपाल टेलिकमको सेयर मूल्य भने तुलनात्मक रुपमा कम थियो । त्यसैले सेयर बजारको भविष्य र फण्डामेन्टल एनलाइसिस गर्ने लगानीकर्ताहरुको समुह टेलिमको सेयरमा झ’म्मिएपछी यसको आकर्षण बढेको मानिएको छ । ब्रोकरहरुको भनाइ मान्ने हो भने, अहिले बढ्दो मनोविज्ञानमा जुनसुकै कम्पनीको सेयर उकालो लागिरहेको छ। त्यसमाथि निश्चित प्रतिशत लाभांश वितरण गर्ने पक्कापक्की भएको कम्पनीको सेयर मूल्य स्वभाविकरूपमा बढ्छ नै।
अहिले बैंक ब्याज दर घटेको छ । टेलिकमले लाभांश घोषणा गर्ने समय नजिकिँदै गएको छ। २/३ महिनामै ५० प्रतिशत हाराहारी नगद लाभांश पाउनुलाई लगानीकर्ताले राम्रै मानेका छन्। तर अर्थ मन्त्रालयको दवाब भएमा यसले बढाएर १०० पतिशतसम नगद लाभांश दिने सभावना छ । यसबाहेक कम्पनीमा आम सर्वसाधारणको पकड सकिँदै गएको छ। यसमा बीमा कम्पनी र सामूहिक लगानी कोष कम्पनीहरुले आफ्नो होल्ड बढाउँदै लगेका छन्। टेलिकमको सेयर निश्चित संस्थाहरुमा केन्द्रिकृत हुँदा बजारमा आपूर्ति कम हुन थालेको छ। ’मोटामोटी यही कारण हो यसको सेयर मूल्य बढ्नु,’ ती ब्रोकरले भने।

एनसेलको चर्चा
टेलिकमको सेयर मुल्य बढनुमा एनसेलले ल्याउन लागेको आइपिओको चर्चा बढेको छ । एनसेल केही महिनाअगाडी मात्र पव्लिक कम्पनीका रुपमा कन्भर्ट भएको छ । अब उसले एक बर्षभित्रमा आइपिओ जारी गनर्’पर्ने ह’न्छ । यदी एनसेलले बुक बिल्डिग बिधीबाट आइपिओ निष्काशन गरेमा प्रतिकित्ता कम्तिमा २५०० रुपैंयाबाट बोलकबोल सुरु हुनेछ । थोरै कित्ता भएका कारण एनसेलको सेयरलाई आइपिओमै ५ हजारभन्दा धेरै लगानी गर्नेहरु पशस्त हुन्छन । 
व्यापार र पतिफलको हिसावले युनिलिभर कम्पनी भन्दा धेरै राम्रो एनसेलको सेयर नेप्सेमा सूचिकृत भएमा सबैभन्दा महगो सेयर हुनेमा दुईमत छैन । यदी एनसेलको सेयर पतिकित्ता १० हजार हाराहारी पुगेमा त्योभन्दा बढी सम्पत्ति र बिजनेस भएको नेपाल टेलिकमको सेयर मुल्य कति होला ?  ऋहिले नेपाल टेलिकमको सेयरमा लगानी गर्नेहरु यही दिर्घकालिन सोच राखिरहेका छन । बीमा कम्पनी र फण्डहरुले पनि त्यही संभावना हेर्दै टेलिकमको सेयर होल्ड गरिरहेका छन ।
क-कसको छ होल्डिङ ?
नेपाल टेलिकमबाट पछिल्लो १५ दिनमा एनआइबीएल समृद्धि फण्ड-१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१, एनआइबीएल प्रगति फण्ड, एनएमबि हाइब्रिड फण्ड-१, नबिल इक्विटी फण्ड, लक्ष्मी इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड-१, एनआइसी एसिया ग्रोथ फण्ड, नबिल ब्यालेन्स फण्ड-२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र एनआइसी एसिया ब्यालेन्स फण्डले केही सेयर बिक्री गरेका छन्।
तर यही बीचमा लक्ष्मी भ्यालु फण्ड-१ र ग्लोबल आइएमइ समुन्नत स्किम- १ ले लगानी बढाएका छन्। उनीहरुबाहेक कम्पनीको सेयरमा पहिलेदेखि एसियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स नेपाल, प्राइम लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनआइबिएल समृद्धि फण्ड-१, लक्ष्मी भ्यालु फण्ड-१ को होल्डिङ छ।
यसबाहेक पनि एनआइबीएल प्रगति फण्ड, ग्लोबल आइएमइ समुन्नत स्किम-१, एनएमबी हाइब्रिड फण्ड -१ लगायत २८ वटा कम्पनी तथा स्किमको लगानी नेपाल टेलिकममा छ। उनीहरुमध्ये केहीले थोरै थोरै बेचे पनि धेरैले सेयर उठाइ नै रहेका छन्। त्यही भएर मूल्य उक्लिएको हो। बजारमा नेपाल टेलिकमको सेयर जम्मा १ करोड २६ लाख कित्ता मात्र छ । जबकी योभन्दा धेरै परिमाणमा सेयर निष्काशन गरेका तामाकोशी हाइडोपावर र, पुनर्बिमा कम्पनीजस्ता कम्पनीको सेयरमा हारालुछ भैरहेको अवस्था छ । 
टेलिकमको १ करोड २६ लाख कित्तामध्ये आधा सेयर सस्थागत लगानीकर्ताहरुले होल्ड गरेर बसेका छन । सबैजसो बैंक र बिमा कम्पनीहरुले टेलिकमको औसत १ लाख कित्ता सेयर होल्ड गरेकका छन । त्यस्तै सबै साम’हिक लगानी कोषहरुले पनि यसको सेयर होल्ड गरेका छन । यस हिसावले १५० वटाभन्दा बढी संस्थागत लगानीकर्ताहरुले १ करोड कित्ता हाराहारी होल्ड गरेर बसेको अवस्थामा २५/३० लाख कित्ता सृयर मात्र बजारमा घ’मिरहेको अन’मान गर्न सकिन्छ । 
यसैले पनि भोलिका दिनमा दिर्घकालिन लगानीकर्ताहरुको बाहुल्य हुन थालेका बजारमा टेलकमको सेयर सर्टेज हुने र सिमित सेयरलाई कर्नरिग गरेर जतिमुल्य पनि पुराउन सकिने अवस्था सिर्जना हुन सक्छ । बिशाल बजार, साल्ट टेडिग, यनिलिभर र बोटलर्स नेपालको सेयर मुल्य जसरी बढाइएको छ त्यसैगरी यसको अवस्था पनि हुन सक्छ । सहजै सबै बैंकले धितोमा लिने र नियमित लाभांश दिने हुनाले लाभांशबाटै व्याज तिर्न सकिने हुदा धेरैले यो सेयर किनेर बैंकमा धितो राख्न लगेको अवस्था पनि छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: