×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँको व्यासमा व्यावसायिक रुपमा पालिँदै स्थानीय कुखुरा, हेर्नुहोस् देशभर कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : तनहुँको व्यासमा व्यावसायिक रुपमा पालिँदै स्थानीय कुखुरा, हेर्नुहोस् देशभर कहाँ-के भयो ?

२ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–५, महाकाली कृषि फर्म तथा ह्याचरीमा पालिएका स्थानीय कुखुरादेखि देशभर दिनभर भएका गतिविधिसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
तनहुँको व्यास नगरपालिका–५, महाकाली कृषि फर्म तथा ह्याचरीमा पालिएका स्थानीय कुखुरा । उक्त फर्ममा व्यावसायिक रुपमा स्थानीय कुखुरा र टर्कीपालन गरिएको छ ।
गण्डकी प्रदेश–सभा सदस्य आशा कोइरालाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको धारा खोलेर उद्घाटन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु ३० लाख र शुक्लागण्डकी नगरपालिकाको रु दश लाख गरी रु ४० लाखमा सम्पन्न भएको योजनाबाट ६० घरमा धारा जडान गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति २३औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा ।
बेमौसममा महँगो मूल्यमा बिक्री गर्न बागलुङ, सिगानाका किसानले शीत भण्डारमा राखेको सुन्तला । सिगाना सुन्तलाका लागि प्रख्यात छ  ।
नेपाल सरकारले निर्धारण गरेको १००  गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली  श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ । 
नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १५औँ साधारण–सभा एवम पुरस्कर, सम्मान कार्यक्रममा राष्ट्रिय–सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट मन्तव्य । 
स्वास्थ्य बीमा सदस्यता–पत्र हस्तान्तरण शुभारम्भ कार्यक्रममा शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङबाट फिदिम नगरपालिका–१ का ८५ वर्षीय भीमनाथ भट्टराईलाई सदस्यता प्रदान । 
नेपाली सेनाका नं. २ विपत् व्यवस्थापन गण रसौलीका सेनाद्वारा २३ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार भरतपुरमा उद्धारका सामग्री प्रदर्शन ।

पोखराबाट देखिएका हिमशृङ्खला । अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा प्राकृतिक र भौगोलिक विविधतायुक्त छ । यहाँको पर्यटनलाई विश्व बजारसम्म फैलाउन फेवाताल, बेगनासताल, रुपाताललगायत तालतलैया, पातले छाँगो, महेन्द्र गुफा तथा नजिकको सराङ्कोट डाँडा, रुपाकोट रिसोर्ट, शान्तिस्तूप, फेवातालको शिरमा रहेको पञ्चासेडाँडालगायत स्थलको महत्व छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका—१अजुवापटिट गाउँको ‘भलमन्सा’ को पदमा चयन हुनुभएका चरन चौधरीलाई गाउँलेले शुभकामना दिँदै । 
तेइसौँ भुकम्प सुरक्षा दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल न ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाको आयोजनामा शुक्रबार भएको जनचेतनामूलक कार्यक्रम मन्तव्य दिँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)किशोर प्रधान ।
उद्योग वाणिज्य सङ्घको १७ औँ निर्वाचनबाट नवनिर्वाचित टिमको पदस्थापना कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुणराज सिलवाललाई उक्त निर्वाचन समितिका संयोजक यज्ञप्रसाद पौडेलले अध्यक्ष पदको प्रमाण–पत्र हस्तान्तरण गर्दैै । यस सङ्घमा नवनिर्वाचित समितिको पदावदी तीन वर्षे रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: