Skip to content
LAXMI SUNRISE BANK

‘SCWEC NIGHT BAZAAR मेला’ भब्यताका साथ सम्पन्न

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपाल–SCWEC ,सार्क उद्योग तथा वाणिज्य परिषद्को संरक्षणमा रहेर सन् २००१, मार्च २९ गते गठन भएको यस संस्थाको स्थापना सम्पूर्ण दक्षिण एसियाली उद्यमी तथा उद्योग प्रति इच्छुक महिलाहरूको विकास गर्ने उद्देश्यले SCWEC को स्थापना भएको हो । कोभिड-१९ को प्रकोप सुरु भएदेखी रोकिएर रहेको कार्यक्रम NIGHT BAZAAR, शनिवार सफल रूपमा सम्पन्न भएको छ ।
कोभिड-१९ को अवधिमा सदस्यहरूको आत्मविश्वास र व्यापारलाई बढावा दिनको लागि धेरै सहयोगी कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सार्क च्याम्बर महिला उद्यमी परिषद् SCWEC-नेपालकी उपाध्यक्ष सरोजिनी शेर्चनको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै कार्यक्रमहरू सम्पन्न हुँदै आइरहेका छन् । राष्ट्रिय समृद्धिको माध्यमका रूपमा महिलालाई आर्थिक स्वतन्त्रताको महत्त्व सिकाउनका निम्ती, निरन्तर कदम चाल्ने र नवीनता दिने सार्क च्याम्बर महिला उद्यमी परिषद्को अभियानको एक हिस्साको रूपमा रहदै आएको छ । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै ,सबै कोभिड-१९ भाइरसको साथ बाँच्न आवश्यक छ भन्ने विश्वासका साथ, SCWEC ले सो कार्यक्रम आयोजना गरेको हो । सामाजिक दुरी कायम राख्नका निम्ति, बजार २२ वटा स्टालहरुमा सीमित राखिएको थियो ।
बजारमा विभिन्न क्षेत्रका महिला उद्यमीहरूद्वारा प्रतिनिधित्व रहेको थियो भने घरको सजावटदेखि सुन्दर सामानसम्म, हस्तशिल्पित गहना, हातले बनाएको कश्मीरी स्कार्फ, स्वेटर, सल, विशेष हस्तशिल्पित रेशम, शिफन साडी र गरगहना, मैनबत्तीहरु तथा अन्य विशेष चिजहरु जस्तै टेबल रनर, म्याटहरु, नेपालको प्रचलित लोकता कागज कपडा साथै अन्य कृषि उत्पादनहरू, परम्परागत खाद्यान्न वस्तुहरू जस्तै मस्यौरा, अचार, ताजा जैविक तरकारीहरू, स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरू र मसाजको माध्यमबाट हातको उपचार गर्ने जस्ता सम्पूर्ण कुराहरू सबै एउटै छानोमुनि उपलब्ध गरिएको थियो । बजारको उद्देश्य नेपालमा बनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको भावना प्राप्त गर्ने, स्थानीय उत्पादनहरूलाई प्रोत्साहित र प्रवर्द्धन गर्ने, मानिसहरुको सोच परिवर्तन गर्ने र उद्यमीहरूलाई B2B / B2C को माध्यमबाट जोड्ने थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK