
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने बताउनुभएको हो । बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने स्पष्ट पार्नुभएको हो । सिद्धबाबाको डाँडाँ काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफुलाई सुझावहरु आएको भएपनि आफुले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उहाँको भनाई छ ।
चुरेको दोहन र उत्खनन्बाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउनको निम्ति सुरुङ मार्गको निर्माण गरिएको पनि उहाँले बताउनुभयो । चुरेको दोहन रोक्ने र खानिजन्य सामग्री त्यहाँबाट नहटाउने मान्यताका साथ सुरुङमार्ग निर्माण भएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कतिपय व्यक्तिहरुले सिद्धबाबाको डाँडाँसम्म परेर माटो, ढुंगा हटाएर त्यहाँको यात्रालाई सुरक्षित गर्न सकिन्छ भनेर कतिपयले सुझाव नदिएका होइनन् । तर म स्वयम्ले त्यो डाँडाँको खानीजन्य पद्धार्थलाई निष्काशन गर्ने कुराको सख्त विरोध गरे । चुरेको संरक्षणको महत्वलाई मैले स्थापित गर्ने पहल गरें । र सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित गर्ने होइन, त्यहाँ सुरुङ मार्गको व्यवस्थित प्रवन्ध गरेर, चुरेको दोहन, उत्खनन्बाट हामिले जोगिनुपर्दछ भन्ने मान्यताका साथ त्यसका निम्ति सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्दैछौँ ।’
अर्थमन्त्री पौडेलले वजेट वक्तव्यको बुँदा नं. १९९ मा कहिँ कतैपनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यक रुपमा विवाद निकालिएको बताउनुभयो । सरकारले चुरे क्षेत्रमा कुनैपनि प्रकारको हस्तक्षेप गर्न नदिने बताउनुभयो । चुरेको संरक्षण गर्ने सरकारको अभिभारा रहेको भन्दै उहाँले चुरे क्षेत्रबाट केहीपनि उत्खनन् तथा निकासी नगर्ने बताउनुयो । उहाँले भन्नुभयो – ‘बजेट वक्तव्यमा चुरे उल्लेख गरिएको छैन । चुरेबाट उत्खनन् गर्ने भनिएको छैन । हाम्रा यावत् पूर्ववर्ति निर्णयले चुरेमा कुनैपनि प्रकारले हस्तक्षप गर्न नदिने निर्णय गरेको छ । बुँदा नं. १९९ मा चुरेलाई ल्याएर जोड्ने कोसिस भएको छ । चुरेमा हामी कुनैपनि प्रकारको दोहन हुन दिदैँनौ । त्यसको संरक्षण गर्छौ । त्यो हाम्रो अभिभारा हो । एक डोको माटो र एक डोको ढुंगा हामी चुरेबाट उत्खनन् गर्दैनौँ । त्यहाँबाट निकासी गर्दैनौँ । कोदालो, डोजर लिएर होइन एउटा कुटो लिएर खोस्रिने पनि काम गर्नुहुदैन भन्ने वर्तमान सरकारको दृढ धारणा हो ।’
उहाँले गैरकानुनी रुपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकुल प्रभाव हुनेगरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य गर्नेलाई कडा कारबाही गरिने पनि बताउनुभयो । चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गरिने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्