
- दिक्पाल समेशेर कुँवर
धितोपत्र बोर्डले अध्ययन गर्नु एकदम सकारात्मक कुरा हो यो जम्मा ५१ कम्पनीको मात्र नभएर नेप्सेमा कारोबार हुने सम्पूर्ण कम्पनीको हुनु पर्दछ भन्ने हामी साधरण लगानीकर्ताको जोडदार माग छ। धितोपत्र बोर्डले हालै सार्वजनिक गरेको रिपोर्ट दुईटा मिती बिचको मुल्य तुलनाभन्दा बढी केही पनि हैन। यहाँ ५१ कम्पनीको देखाईएको छ, जसमध्ये धेरै आयोजना निर्माण चरणमा रहेको जलविधुत कम्पनी कम्पनी समेत रहेको छ, जुन EPS नेगेटिभ भएको कारणले मात्र परेकोजस्तो देखिन्छ । हामी नेप्सेमा सुचिकृत कम्पनीको प्रत्येक दिन यो भन्दा बढी जानकारी सहितको रिपोर्ट बनाईरहेको हुन्छौ र यो सामान्य एक्सेलl ज्ञान भएको मान्छेले बढीमा एक घण्टामा भित्रै यस्तो रिपोर्ट तयार गर्न सक्छ।
यदी कानुनी दायरा भन्दा बाहिर गएर कुनै कम्पनी र कारोबारीले कारोबार गरेको भए, नियम अनुसार कारवाही गर्ने र सो कोरबारको दैनिक सुक्ष्म अध्ययन गर्ने जिम्मेवारी नियमाक निकायको हो र यो दायित्वबाट धितोपत्र बोर्ड पनि भाग्न मिल्दैन । यो अध्ययन कसैले उजुरी गर्दा मात्र हैन नियामक भएकोले दैनिक रुपमा गर्नुपर्दछ र यसको विज्ञापन गरी रहनु आवश्यक हुदैन ।
पहिलो कुरा त नेप्से इन्डेक्स १२२१.३१ हुदा र ३०२५.८३ हुदा जेठ ३१ २०७८ को मुल्य लिईएको छ जसमा दिइएको EPS र Net worth कहिलेको हो खुलाईएको छैन । यदी यो जेठ ३१ को EPS र Net Worth नभएर चैत्रको हो भने सामान्य लगानीकर्ता लाई सजग गराउदा धितोपत्र बोर्ड आफै चुकेको देखिन्छ किनकी सम्पूर्ण कम्पनीको चैत्रको आम्दानी र जेठ सम्मको आम्दानी फरक भैसकेको हुन्छ यस्तो अवस्थामा धितोपत्रले कहिलेको डाटा लिएको हो स्पस्ट खुलाउन पर्दछ नत्र यो पीइ रेसियो गलत हुन पुग्दछ र बास्तविक अवस्था चित्रण गर्दैन र कसैलाई देखाउन मात्र गरेको जस्तो आभास हुन्छ। यति सामान्य विषयमा समेत नियमाक निकाय जानकार नहुनु कस्तो अवस्था हो, आफै मनन गरौँ।
कुनै कम्पनीको मुल्य १२२१.३१ हुदा यति थियो ३०२५.८३ हुँदा यति छ भनेर तुलना गर्न न्यायोचित हुदैन किनभने यो अवधिमा ति कम्पनी हरुले धेरै प्रगती गरीसकेको छ र अर्को कुरा सम्पूर्ण बजार माग र आपूर्तिको आधारमा निर्धारण हुने कुरा जगजाहेर छ । नेप्से १२२१.३१ बाट ३०२५.८३ हुदा समानुपातिक रुपमा सबै कम्पनी बड्पनुर्ने बुझाइ हो भने समानुपातिक भन्दा कम बढ्ने कम्पनीको चिन्ता कस्ले लियो यहाँ ।
त्यसैले नियमाक निकाय नियमनमा केन्द्रित हुनुपर्ने र लगानीकर्ता आफै सजक भई लगानी गर्ने हो । यदि लगानी नयाँ तथा ज्ञान कम भएको लगानीकर्ताको साच्चीकै धितोपत्र बोर्डलाई चिन्ता हो भने निस्चित अवधिको शेयर आधारभूत तालीम लिएकोलाई मात्र कारोवार गर्न पाउने व्यवस्था सरोकारवाला निकायले गर्नु पर्दछ। नेप्सेको घटबढ लाई नियामक निकायले यती र यस्तो नै हुनपर्दछ भन्ने हो भने प्रत्येक कम्पनीको CAP र FLOOR तोकौ यसो गर्दा सबैको Risk कम हुन्छ हैन भने दैनिक २० अर्व कारोबार हुने बजारलाई केटाकेटी पारामा यो अथवा त्यो बाहानामा कम्तिमा नियामक निकायले नेप्सेको स्वचालित गतीलाई नबिगारौ लगानीकर्तालाई आतंकित नबनाउ वरु लगानीकर्तालाइ अझै प्रविधिमत्री बनाउदै अझ प्रभावकारी भुमिकामा धितोपत्रबोर्ड उभिन सक्नु पर्दछ।
– सामान्य लगानीकर्ता
(लेखक कुनै तालिम प्रदान गर्ने र उल्लेखीत कम्पनीबाट कुनै प्रभाव परेको छैन।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्