बागलुङ । बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो ।ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीतभण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो दमेकका किसान वेद छन्त्यालले बताउनुभयो । “प्रत्येक घरले कम्तीमा ३० मुरी आलु उब्जाउ गर्छन्, यो वर्ष त्रिलोचन सापकोेटाले ८० मुरी उत्पादन गर्नुभयोे”, उहाँले भन्नुभयो, “आलु उत्पादन राम्रो भए पनि व्यवस्थित शीतभण्डार नहुँदा कुहिन थालेको छ ।” झण्डै १० टन आलु कुहिएपछि खाडल खनेर गाडिएको छ । यस वर्ष भकुण्डेको आलु धेरै कुहिएको छ । त्यहाँका किसानले अन्नसँग आलु सटही गर्छन् भने केहीले आलु बिक्री गरेर अन्न भित्र्याउछन् । “यस वर्ष आलु धेरै नै कुहियो”, किसान यामबहादुर थापाले भन्नुभयो, “हाम्रो त मुख्य पेशा नै यै हो, आलु बिग्रिए छाक टर्दैन ।”
वर्षा धेरै भएकाले आलुमा क्षति व्यहोर्नु परेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “पहिलो कुरा ड्याङ बनाएर किसानले आलु लगाउँदैनन्, समथर जमिनमा लगाएको आलुमा पानी धेरै हुन्छ र कुहिन्छ”, उहाँले भन्नुभयोे, “वर्षा धेरै हुँदा पानी तर्काउनुपर्ने हो, किसानलाई सबै ज्ञान दिलाउन सकिएको छैन् ।” फसल लगाएपछि भण्डारणमा त्रुटि हुँदा पनि आलु कुहिने हुन्छ ।
उहाँले भन्नुभयो, “छायाँपर्ने ठाउँमा राम्रोसँग सुकाएर मात्रै आलुको भण्डार गर्दा क्षति हुने सम्भावना कम हुन्छ । अघिल्लो वर्ष डढुवा रोग लागेको आलुको बीउ लगाए कुहिन्छ भन्ने कुराको ख्याल किसानले नगरेकाले जिल्लाभर यस्तै समस्या देखिको छ ।” आलुबालीमा भएको क्षतिका सम्बन्धमा जैमिनी नगरपालिकाको कृषि शाखाले चासो देखाएको छ । “शीत भण्डारकै कारण आलु कुहिएको हो भन्न सकिन्न, प्राविधिक त्रुटि होलान्”, कृषि प्राविधिक रविन्द्र शर्माले भन्नुभयो, “पकेट क्षेत्रमा शीतभण्डार निर्माणका लागि प्रस्ताव गरेका छौँ, स्वीकृत भएमा अर्को वर्ष शीतभण्डार बन्छ ।” सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार निर्माण गर्ने गरी प्रस्ताव तयार भएको उहाँको भनाइ थियो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्