काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच भदौ ९ गते बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पुरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भुमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको छ ।
उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताएका छन् । महासंघले अगाडी बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो । नेट २०३० ले नेपालले अवको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्युनिकरणका उपाय सहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ ।
मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष गोल्छाले स्पष्ट पारेका छन् । यसका कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसँग पनि सहकार्य आवश्यक रहेको उनले बताए । अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसंग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
सो अवसरमा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक साराले चुुनौतीलाई बहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसागरेकी छिन् । कोभिड महामारीकाबीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताईन् । एसडीजीका लक्ष्य निर्धारित समयभित्रै पुरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेकाले यसमा सहयोग गर्न पनि उनले आग्रह गरे । नेपालको स्तरोन्नती र एसडीजीका लक्ष्यहरू पुरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनुसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण हुने बताए । सो अवसरमा संयूक्त राष्ट्र संघ र महासंघबीच हुनसक्ने सहकार्यका विविध क्षेत्रका विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघ सचिवालय र संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्