काठमाडौँ । सेयर धितो कर्जामा मौद्रिक नीतिमार्फत लागेको सीमा सन्तुलित तथा मजबुत बजारको लागि अति नै आबस्यक देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीति अन्तर्गत शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था पुंजी बजार को जोखिम बाट बचाउने एउटा सहि कदम हो। हाम्रो देशमा केही ठूला खेलाडीहरुले मात्र सेयर धितो कर्जा क्याप भन्दा माथि उपभोग गरेका छन् । जसको कारणले गर्दा नेप्सेमा धेरै ठुलो उतार चढाव देखेका छौँ भने सुरु देखि नै नकारात्मक ईपिस भएका कम्पनीहरुलाई समेत प्ले गरेर ८/१० गुना शेयर मुल्य पुराउने काम गरे जसको फल स्वोरुप साना लगानीकर्ताहरु लाई फसाउने काम गरियो। अर्को कुरा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित नहुने कुरा प्रस्ट भैसकेको छ। तर यसको लागि नियमन निकाय ले वाच गर्नु पर्ने तथा हरेक शेयर कारोबार हुने ठुलो कारोबारमा बिशेष ध्यान दिनुपर्ने देखिन्छ।
१२ करोड को क्याप संगै शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा कम्पनी को बर्गिकरण रेटिंग को आधारमा मात्र होइन कार्य कुसलता तथा कम्पनीको ब्यापारीक जोखिमको आधारमा तय गर्नु पर्ने हुन्छ। किनकि आज हामीले प्रस्ट देखिरहेका छौ रेटिंग एजेन्सीमा पनि पारदर्सिता देखिदैन। शेयर धितो मार्जिन कर्जामा पनि कम्पनीहरुलाई बर्गिकरण गर्दा सबै लाई एउटै बकेट मा राख्नु हुदैन। अहिले यही कुराले मार्जिन कर्जामा समस्या आइरहेको छ। नेपाल राष्ट्र बैंकले जनताको लगानी सुरक्क्षित होस् भन्ने चाहन्छ, जस अनुरुप बैंकहरुले आफ्नो कर्जा सुरक्क्षित रुपमा प्रबाह गर्न चाहन्छन भने अर्को पाटो लगानी कर्ताहरुले पनि लगानी सुरक्क्षित होस् भन्ने चाहन्छन। तर बजार मा लगानी कर्ता भन्दा पनि शर्ट टर्म ट्रेडर (सट्टे बाज) हरु धेरै जन्मिए जसको कारण बजार धेरै भोलाटाइल देखियो।
हामीले नेप्से लाई ३०० भन्दा मुनि नै देखि सकेका छौँ। बिचमा धेरै परिबर्तनहरु भए। हाम्रो बजारले डिजिटल प्रबिधि मा फड्को मारेको छ। अनलाइन कारोबार लगभग परिपक्क हुने अबस्थामा छ। अहिलेनै भोलाटाइल मार्केट देखेर डराई हाल्नु पर्ने अवस्था छैन। तर ब्रोकर तथा सामाजिक आर्थिक अभियन्ताहरुको पछाडी लागेर लगानी गर्नु उचित भने पक्कै होइन। अहिले मार्केटमा कुनै सेक्टर वा कम्पनी लाई टार्गेट गरेर घटाउने बढाउने खेल चलिरहेको छ, त्यो देखि बच्न सक्नु भयो भने तपाईको लगानी सुरक्क्षित हुन्छ। छिमेकि राष्ट्र भारतको शेयर बजार हेर्ने हो भने अफ लाईन देखि अन लाईन ट्रेडिङ्ग मा परिबर्तन हुँदा ४ देखि ५ गुना सम्म स्टक एक्सचेन्जले सकारात्मक गति लिएको थियो। हाम्रो नेप्से लाई १२०० बेस मान्ने हो भने पनि ५००० सजिलै क्रस गर्ने देखिन्छ।
तर यसको लागि तुरुन्तै जान्छ भन्ने चाहिँ होइन। हाम्रो शेयर बजार प्रतिस्प्रधी नै छैन। हाम्रो बजारमा सिमित प्रोडक्ट, थोरै विकल्प, मनोपोली तथा एकाधिकार बजार जस्ता कुराहरुले जकेडि रहेको छ। यो अवस्था देखि पार लगाउन केहि सुधार गर्न जरुरि देखिन्छ :
१) प्रतिस्प्रधात्मक, भरपर्दो तथा गुणस्तरिये ट्रेडिंग सफ्टवएर बनाउनु पर्ने।
२) ईन्ट्रा डे ट्रेडिंग को विकास गर्ने । आज सम्म भएका सबै ट्रेडिंग डेलिवेरी मा आधारित मात्र भएका छन्। ईन्ट्रा डे ट्रेडिंग भनेर भ्रम फैलाइएको मात्र छ। अन्तररास्ट्रिय स्तर मा ईन्ट्रा डे ट्रेडिंग भनेको सोहि दिन खरिद गरि सोहि दिन नै बिक्रि गर्न सकिने ब्यबस्था हो। जसको राफसाफ सोहि दिन हुन्छ।
३) सब ब्रोकर तथा ई ब्रोकर को ब्यबस्था गर्नुपर्ने।
४)ब्रोकेज डेलिवेरी मा बढी मा ०.२५ तथा इन्ट्रा डे ट्रेडिंगमा ०.०२५ गराउनु पर्ने, छिमेकि देस भारत को हेर्ने हो भने ब्रोकेज चार्ज गर्ने अधिकार ब्रोकर लाई नै दिएको छ भने मासिक भोलुमेको आधारमा डेलिवेरीमा निउनतम ०.१५ तथा इन्ट्रा डे ट्रेडिंग मा ०.०१५ गराउने प्रचलन छ।
५) फ़िउचर एंड ऑप्शन प्रोडक्टको विकास गर्ने।
६) मार्जिन ट्रेडिंगको विकास गर्ने जस अनुरुप लिमिट, कम्पनी को बर्गिकरणको आधारमा मार्जिन लेन्डिंग को ५ लिमिट क्याप बेबस्था गर्नु पर्ने।
७) इंडेक्स ट्रेडिंग को विकास गर्ने।
८) सेयेरको अलावा बस्तु (कमोडिटी) तथा बिदेशी मूद्रा (करेंसी) को कारोबार पनि संलग्न गराउने, छिमेकि देश भारत मा द्यक्भ् तथा ल्क्भ् स्टक एक्स्चेन्जहरुमा यीनी दुवै बस्तु ट्रेडिंग हुने गरेको छ, यीनी बस्तुहरुको ट्रेडिंगले ब्रोकेज मात्र होइन आयात निर्यातमा हुने बिदेशी मुद्रा को घाटा लाई हेजिंग गरि सन्तुलन बनाउंदछ।
९)बैंक लाई ब्रोकर लाइसेन्स दिएर प्रतिस्प्रधात्मक, भरपर्दो तथा गुणस्तरिये ट्रेडिंग सेयर बजार विकास गर्ने।
१०) ब्रोकरहरु मर्ज गरि, कार्य दक्षता, प्रबिधि विकास गर्ने तथा प्रतिस्प्रधी बनाउने।
११) नयाँ स्टक एक्स्चेन्ज ल्याई बजारलाई प्रतिस्प्रधी र आर्बिट्रेज प्लेट्फोर्म को विकास गर्ने।
अहिलेको आर्थिक, सामाजिक, राजनैतिक तथा समसायिक बिषय/बस्तुहरुलाई हेर्ने हो भने केहि ठुला लगानीकर्ताको निजि स्वार्थको लागि मात्र बाजार घटाइएको देखिन्छ। रातो देख्दैमा नकारात्मक सोच्नु हुदैन, यो एउटा बजार लाई स्टेबल बनाउने क्रियाकलाप मात्र हो। बजार सकारात्मक छ। अहिलेको स्थितिले पर्ख र हेर अनि राम्रो कम्पनी मा लगानी गर भन्ने संज्ञा दिन्छ। घब्राएर घाटा बुक गरिहाल्नु पर्ने समय होइन। कोरोन ले अब छिट्टै मुक्ति दिने संज्ञा दिरहेको छ। धेरै देश हरुले मास्क फ्री गर्न लागिसके। पर्यटन क्षेत्र मा बुकिङ्ग सुरु हुन लाग्यो। धैर्य गरौँ, छिट्टै नै हाम्रो शेयर बजारलाई नयाँ उचाईमा देख्न पाइने छ । (लेखक कृष्ण पाण्डे नेसनल इन्स्टिचिउट आफ फाईनांसिअल टेक्नोलोजी, काठमाडौँका प्रबन्ध निर्देशक हुन्)