×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोठाबहालमा लिएर बस्नेको समस्या सरकारले कहिल्यै पनि नसुन्नेनै हो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोठाबहालमा लिएर बस्नेको समस्या सरकारले कहिल्यै पनि नसुन्नेनै हो ?

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

अनुसा थापा । देशभरका ७७ वटा जिल्लाका सर्वसाधारणहरु उपत्यकमा बस्छन् । आफ्नो विभिन्न प्रयोजनको लागि उपत्यका आएर बस्नैपर्ने बाध्यता छ । गाँउमा सेवासुविधाको पर्याप्तता नभएर नै जनताहरु उपत्यका हिडिरहेको छन् । मानिस जन्मिन्छ उसको असिमित इच्छा, चाहना र आवश्यकताहरु हुन्छन् । कोही पढ्नका लागि काठ्माडौ छिर्छन् भने कोही कामको खोजीमा काठमाडौँ हानिन्छन् । जसलाई पनि आ-आफ्नो पेट पाल्नै परेको छ । देशभरका अधिकांश सर्वसाधारणहरु काठमाडौँ बस्छन् । अन्य जिल्लामा पनि बस्छन् तर धेरैचाहि काठमाडौँ नै बस्न रुचाउँछन् । कारण हो देशको राजधानी । जहाँ अन्य जिल्लाभन्दा केही बढी सेवासुविधा पाइन्छ ।
उपचारको लागि अस्पताल छ । पढ्नको लागि शैक्षिक संस्थाहरु उपलव्ध छन् । भारी बोक्ने नै भएपनि रोजगारी पाइएला भन्ने मान्छेमा आश छ । त्यही भएर पनि सहर सबैको मुख्य आकर्षण क्षेत्र बन्न पुग्यो । उपत्यका आएर मात्र भएन । बस्नलाई बास चाहियो । कोठाभाडामा लिएर बस्नैपर्यो । पढ्न उपत्यका छिरेकोलाई पनि कोठा चाहिनै हाल्छ । भारी बोकेर आफ्नो परिवार पाल्छु भन्नेलाई पनि कोठा चाहिन्छ नै । सटर लिएर व्यापार गर्नेलाई त कोठा पनि चाहियो सटर पनि ।
घरबेटीले भनेजति भाँडा तिरेर बसेको हुन्छौ । नतिरे त सुख पनि छैन् । भने जति भाँडा तिरिएन भने कोठा नपाइएला भन्ने डर हामी भाँडा बस्नेमा छ । महिनाभन्दा एकदिन भाँडा ढिला भयो भने ढोकामै आइपुग्छन् घरधनी । भाँडा तिर्न दुईचार दिन ढिला भयो भने मेरो घर खाली गर्न भनिहाल्छन् । कोँठाभाँडामा लिएर बस्ने सबै जना पिल्सेका छन् । सबैको आ-आफ्नो पीडा व्यथा छ । तर सोधिदिने कोही पनि छैन् । घरबेटीको जिब्रोमा कोठा भाँडा सटरभाँडा भाँडाको रेट छ । र घरबेटीले मागेजति पैसा बहालमा बस्ने मान्छेले तिर्छू भनेर सहमति नभएसम्म कोठा भाँडामा पाइदैन् ।
बरु कोठा, फल्याट, सटर खाली राख्न तयार हुन्छन् । कोठाभाँडामा दिएर पैसाचाहि सजिलै लिन्छन् घरधनी तर सेवासुविधा दिनभने हिचिकिचाउछन् । अहिले एउटा कोठाको मुल्य ठाँउ हेरेर ५ हजारदेखि १२ हजारसम्म छ । एउटा सटरको १५ हजारदेखि ९ लाखसम्म पर्छ । त्यस्तै एक फल्याटको २० हजारदेखि २ लाखसम्म पर्छ । महिनामहिनामा पैसा लिन्छन् तर बिल भने दिदैनन् । थारै जग्गा किनेर घर बनाउछन् । सरकारले पनि १/२ आनामा घर बनाउन दिएको छ । न बुढाबुढी बस्ने र घाम ताप्ने ठाँउ छ । न लुगा सुकाउने नै ठाँउ छ ।
खुला ठाँउ कतै पनि हुँदैन । बहालमा बस्ने मान्छेले लुगा धोएर कोठा भित्रै सुसृकाउन पर्ने बाध्यता छ । भाँडा धुने ठाँउ नभएर कोठाभित्रै भाँडा मोलेर बाथरुममा लगेर पानी फयाक्नुर्छ । तर घरधनीले भन्ने बेलामा निजी भनेर घर बनाउछन् तर भाँडामा लगाउछन् । सरकारले नक्सा पास गर्दा वा घरको सम्पुर्ण प्रमाणपत्र दिदाँ पनि यस्तो भएको हो । घरजग्गा किनबेच गर्दा, घर भाँडामा लाउदा राज्य र घरधनीबिच सम्झौता हुनुपर्छ । यदि भाँडा बस्नेलाई सेवासुविधा दिन सक्ने हो भने मात्र घरभाँडामा लाउन दिनुपर्छ ।
यो भयो भने सरकारलाई पनि कुन घरमा कति कोठा भाँडामा लगाएको छ भन्ने थाहा हुन्छ । राज्यलाई पनि घरबहाल कर आँउछ । तर अहिले त घरधनीहरुले नामको निजीघर बनाउछन् । ४ फल्याट भाँडामा लगाउछन् । राज्य पनि निजी सम्पत्ति हो भनेर कानमा तेल हालेर बस्छ ।यसले गर्दा राज्यको ढुकृटीमा पनि राजस्व आएन् । बहालमा बस्ने मान्छेले पनि सस्तोमा कोठा पाएनन् । मँहगो पैसा तिरेर पनि सेवासुविधा नपाउनु कति दृर्भाग्यपृर्ण कुरा हो । एकदमै चिसा, अध्यारा र झयाल नभएका कोठा हुन्छन् । दिउसै बत्ती बाल्नुपर्ने बाध्यता छ ।
एउटा खाट नअट्ने कोठा त्यही माथि झ्याल पनि हुँदैन। यस्तो चिसो कोठामा बस्दा बुढाबुढीलाई बाथ र बच्चाहरुलाई निमोनिया हुन सक्छ । कोठाभाँडा नै यति मँहगो छ त्यही माथि यस्ता कोठामा बसेर लागेका दीर्घकालीन रोगहरुको छुट्टै उपचार खर्च कसले व्यहोरिदिन्छन् । उपचार खर्च पनि त्यत्तिकै मँहगो छ । यसको जिम्मेवार त घरबेटी पनि हुन् । दिउसै बत्ती बाल्नुपर्छ । बत्तीको बिल पनि थुप्रै उठ्छ । त्योसंगै पानी र बत्तीको छुट्टै पैसा तिर्नुपर्ने बाध्यता छ । उपत्यकामा बस्नेले धारामा चुहिएको पानी हेर्न पनि पाउदैनन् ।
जहिलेपनि ट्यांकरको पानी किन्नुपर्ने बाध्यता छ । बहालमा कोठा माग्न जान्छौ तिन महिनाको अग्रिम भाँडा पहिल्यै नै भूक्तानी गर्नुपर्छ । कोठा छोडेर हिड्ने बेला रड. लगाइदिनै पर्छ । बत्ती बिग्रियो भनेपनि आफैले फेरिदिनुपर्छ । चुकुल बिग्रेको पनि भाँडा बस्ने कै जिम्मेवारी हुन्छ । एउटा घरमा बसेको दुई वर्षको अवधि पुरा भइसकेपछि कोठाबाट घरबेटीले निक्लेर जानु भनिहाल्छन् । नँया मान्छेसंग बढी भाँडा असुल्न पाइन्छ भनेर घरबेटीले यस्तो भनेका हुन्छन् । कि त त्यही पृरानो कोठामा बसिरहेको मान्छेहरुसंग भाँडा बढाउछन् ।
बहालमा बस्ने मान्छेले घरधनीलाई महिनापिच्छे कोठाभाँडा तिरेको हुन्छन् । तर बहालमा बस्नेले बिल पाउदैनन् । घरबेटीले पनि डायरीमा टिपेर राख्दैन् । पहिलो महिनाको भाँडा तिरेको हुन्छ त्यही पनि घरबेटीले पहिलो महिनाकै भाँडा बाँकी छ भनेर झूक्काउन खोजिरहेको पनि हुन्छन् । तिरेको भाँडा फेरि तिराउनलाई घरधनीले यसो गरेका हुन्छन् । यसमा नेपाल सरकारको पनि ठूलो कमि कमजोरी छ । सरकारमा बस्नेले भाँडामा बस्नेको समस्याबारे कहिल्यै पनि अध्ययन गर्न खोजेका छैनन् । कुन घर मान्छे बस्नको लागि उचित छ । कस्ता घर व्यापार व्यवसायको लागि प्रयोगमा आउन सक्छन् ।
अफिस जस्तो प्रयोजनको लागि कस्तो घर व्यवस्थित हुन्छ । सरकारले यसबारे कहिल्यै पनि सोचेको छैन् । तल्लो फल्याट कोठाभाँडामा लगाएको हुन्छन् । दोस्रो फल्याटमा अफिस सञ्चालनमा दिइएको हुन्छ । अफिसमा दिनभरि मान्छेको आउजाउ भइरहन्छ । कोठा बस्नेलाई कति डिस्टर्भ हुन्छ । मिर्गौला फेल भएका, विभिन्न रोगीहरुलाई घरधनीले कोठाभाँडामा दिदैनन् । अझ मजदृरी गरेर खाने मान्छेलाई कोठा बहालमा दिन कति अप्ठयारो मान्छन् घरधनीहरु । आखिर सबैले तिर्ने त घरभाँडा नै हो । तर सरकारी जागिरे हृनेले त भन्नेबित्तिकै कोठा पाउछन् । घरबेटीहरुले राज्यलाई राजस्व छलेको छन् । बहालमा बस्नेलाई सुकुम्बासीको नजरले हेरेका छन् । तर त्यही बहालमा बस्ने तिरेको भाँडाबाट आफ्नो चुलो बालेका छन् ।
घरधनीहरु बहालमा बस्नेलाई शोषण गरेर मोटाएका छन् । जनता र राज्यलाई ठगेपछि नमोटाउने कुरै पनि त भएन नि । बाहिरबाट घरधनीहरु जत्ति सुकिलामुकिला भएर हिड्छन् । तिनीहरुको भित्री नियत त्यत्ति नै खराब छ । कोठा बस्ने रगतपसिना चुसेको छन् । केठा बहालमाबस्नेले खुट्टामा एकजोर चप्पल नलगाई, एक छाक मिठो नखाई घरबेटीलाई भाँडा तिरेको छन् । तर घरधनीले योचाहि देखेका छैनन् । घरधनीले भाँडा बस्नेलाई दासीको रुपमा हेरेका छन् । हामी भाँडा बस्नेलाई घरधनीले मान्छे नै होइन जस्तो व्यवहार गरेको हुन्छन् ।
के हामी फोगट्टे बसेको हौ र ? जहिले पनि यिनीहरुसंग डराएर र यिनीहरुको दबाबमा बस्नुपर्ने । घरधनीहरुले यिनीहरु सुकुम्बासी हुन् । यिनीहरुको कहिँ पनि घरजग्गा छैन् भन्ने सोच राख्छन् । हामीहरुले यी शोषकहरुको दबाब कत्तिदिन सहेर बस्ने । यसको जवाफ राज्य र वडाले दिन सक्नृपर्छ । वडाको मान्छे सोधपुछको लागि आयो भने कोठाबहालमा बस्ने बोल्नसमेत पाउदैनन् । सबैकोठा भाँडामा लगाएको हुन्छन् । तर घरधनीले बहालमा बस्नेलाई हामीले थोरै पैसामा कोठा दिएको छौ । एउटा कोठाको ८ हजार तिरेका छ तर १ हजार तिरेको छ भनिदिन्छन् ।
कोठाभाँडामा बस्नेलाई पनि यह िभन्न लगाउछन् । नभए कोठा खाली गरिदिनु भन्न बेर लगाउदैनन् । घरबेटीले भनेको नमान्नेलाई कोठाबाट निकालिदिन्छन् । सबै भाँडामा लगाएका हुन्छ तर सबैमा आफ्नो आफन्त बसेको छ भनेर देखाइदिन्छन् । यसरी घरबेटीले पुराना मान्छेलाई चाँडोचाँडो निकाल्ने र नँया मान्छेलाई कोठाभाँडामा लाउने काम गरेका छन् । यो पनि घरबहाल कर नतिर्नेको एउटा राम्रो उपाय हो । सटर लिएर व्यापार गर्नेले पनि सटर दर्ता नगरि बोर्ड नराखीकन व्यापार सञ्चालन गरेको छन् । सरकारले लकडाउन गरेको बेलामा पनि घरधनीले राज्यलाई घरबहाल कर पनि तिरेन् । बहालमा बस्नेले छुटपनि पाएनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी