×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘पूँजीबजारको भविष्यवाणी नगरौं, संरक्षणमा जुटौं’ : विकास केसीको लेख

काठमाडौँ  । नेपालको पूँजीबजार सम्बन्धमा हाल बिभिन्न व्यक्ति तथा निकायहरुबाट नकारात्मक टिप्पणी आउने क्रम बढ्दो छ । विगतमा उच्च सरकारी ओहोदामा बस्नेदेखि लिएर विश्लेषक भनिएका र लगानीकर्ताका नेता हुँ भन्ने व्यतिmहरु यस कार्यमा तल्लिन देखिएका छन् । पूँजीबजारप्रतिको यो रोषका कारण नकारात्मक टिप्पणी गर्नेहरुले पराजित मानसिकता बोकेको छल्लंग हुन्छ । आफ्नो स्वार्थ पुरा नभएका कारण समग्र पुँजीबजारलाई नै मानमर्दन गर्न खोज्नु पक्कै पनि राम्रो अभ्यास होइन् । यसप्रति हामी आम लगानीकर्ता चनाखो हुन जरुरी छ ।
हामीले के बुझ्न जरुरी छ भने जुनसुकै देशको पूँजीबजारमा मूल्य नै सर्वोपरी हुन्छ । यो मूल्यले लाखौं कराडौं लगानीकर्ताको मनोभावको चित्रण गरेको हुन्छ । मूल्यलाई सर्वोपरी ठानेर त्यसलाई स्वीकार गर्नुनै लगानीकर्ताको पहिचान हो । यो नै पूजीबजारको सुन्दरता पनि हो । हिजोआज पूँजीबजार मापन ईन्डेक्स नेप्से ७०० विन्दु सम्म तल झर्छ र ६००० विन्दुसम्म माथि उक्लिन्छ भन्ने भनाईहरु सार्वजनिक भएका छन् । तथापी यहाँ सम्झनुपर्ने कुरा के हो भने मूल्यलाई कुनै पनि बिधाका विज्ञ भनिएकाहरुले भविष्यवाणी गर्न सक्दैनन् । मूल्य त आम लगानीकर्ताको निर्णय र उनीहरुको मनोभावद्धारा निर्देशित हुने गर्दछ । अझ प्रष्ट रुपमा भन्नुपर्दा पूँजीबजारको मूल्य भनेको माग र आपूर्तिबीचको संतुलन हो । अहिले बिभिन्न व्यक्ति तथा निकायबाट यही संतुलनलाई भंग गर्ने दुष्प्रयास भईरहेको छ ।
पूँजीबजारप्रति नकारात्मक भावना साँध्ने त्यस्ता व्यक्ति तथा निकायले यहाँ के बुझ्न जरुरी छ भने जसरी अड्कलबाजी (speculation) भयो भन्ने कुरा आएको छ र यसलाई गलत अभ्यास भनिएको छ, नेप्से ईन्डेक्स ७०० विन्दु सम्म तल झर्छ भन्नु त अड्कलबाजीको पराकाष्ठा नै हो । अर्को प्रसंगमा कुरा गर्दा बैंकिङ सेक्टर बढेन भन्ने रोईरो पनि प्रशस्त सुन्ने गरिन्छ । हो, फन्डामेन्टल रुपमा बलियो भएका बैंकका सेयरहरु त्यति धेरै बढेनन् । बढ्दै नबढेका भने होईनन् । विश्वकै पूँजीबजारमा बेटा भ्यालु (β) को महत्व हुने गर्दछ । बेटा भ्यालु धेरै भएका हाईड्रोपावर, विकास बैंक तथा फाइनान्स कम्पनीका सेयरमूल्य बढे । यो नेपालको पूँजीबजारमा मात्र हुँदैन् ।
लामो समयसम्म बैंकको सेयरमा लगानी गरी वार्षिक प्रतिफल खान्छु भन्ने लगानीकर्ताले सेयरमूल्य अच्चाक्ली बढेन भने रोईलो गर्नुपर्दैन् । यो वर्गका लगानीकर्ताले पूँजीगत लाभ (capital gain) भन्दापनि वार्षिक प्रतिफल (dividend yield) मा ध्यान दिन जरुरी छ । यसरी हेर्दा फन्डामेन्टलले अवश्य काम गर्छ । पूँजीगत लाभमात्र लिने गरी बेटा भ्यालु धेरै भएका कम्पनीका सेयरमा लगानी गर्ने अल्पकालिन लगानीकर्ताले पनि यो बुझ्न जरुरी छ की नेप्से ईन्डेक्स तल आउँदा त्यस्ता कम्पनीका सेयरहरु तीब्ररुपमा घट्नेपनि गर्दछन् । यसका लागि प्राविधिक विष्लेशन (technical analysis) गरी खरिदबिक्री गर्न जरुरी हुन्छ ।
नेपालको पूँजीबजार भर्खरै बामेसर्ने क्रममा छ । हामीले हेर्ने र सिक्ने भनेको छिमेकी मूलुक तथा अन्य विकसित मुलुकको पूँजीबजारबाट नै हो । सन् नब्बेको दशकमा भारतको सेन्सेक्स १००० विन्दुको हाराहारी थियो भने नेपालको नेप्से १९७ को सेरोफेरोमा थियो । हालै भारतमा सेन्सेक्सले ५८००० विन्दु चुम्दैगर्दा नेपालको नेप्से भने ३२०० विन्दु मात्र पुग्दा कसरी “सुन्नियो” वा “ओभरहिट” भयो !
हाम्रो जस्तो भर्खरै आर्थिक क्रान्तिको विगुल फुकेको मुलुकमा पूँजीबजारको महत्व बुझ्न र बुझाउन जरुरी छ । अझ धेरै क्षेत्रहरु जस्तै होटल तथा मनोरंजन, ईन्टरनेट सेवा प्रदायक, दुरसंचार तथा आईटी, सिमेन्ट तथा स्टिल, एफएमसिजी तथा डिपार्टमेन्ट स्टोर, आदी पूँजीबजारमा आवद्घ हुन बाँकी नै छन् । पूँजीबजारप्रति सरकार, सरोकारवाला निकाय, भुतपूर्व प्रशासक, विज्ञ र विष्लेशक भनिएका, आदीको नकारात्मक सोचका कारण हामीले ठूलो सम्भावना गुमाउने खतरा रहेको छ ।
अन्त्यमा, कोरोना बीमा दाबी भुक्तानी गर्न नसकेर गलपासो लाउने अवस्थामा पुगेको सरकारको तालुकदार अर्थ मन्त्रालयले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर प्रतिकित्ता रु ६०० का दरले बेचेर करिब रु १० अर्ब जुटाउने खवर प्रकाशित भएको छ । यो भनेको संकटमा पूँजीबजारको सरणमा आउनु हो । तसर्थ, यस्तो शितल छहारी दिने रुखलाई हामी सबै मिलि संरक्षण गनु नै समय सापेक्ष हुनेछ । (लेखक लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: