×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरु भयो दशैँ, बिहिबार देशैभरका हिन्दूधर्मावलम्बीहरुले आ-आफ्नो घरमा जमरा राखेर गरे दशैँको शुरुवात ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुरु भयो दशैँ, बिहिबार देशैभरका हिन्दूधर्मावलम्बीहरुले आ-आफ्नो घरमा जमरा राखेर गरे दशैँको शुरुवात ! (भिडियो रिपोर्ट)

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा जमरा राखेर दशैँको शुरुवात गर्दछन् । आजबाट हरेक दिन दुर्गा भवानीको पूजाआराधना गरी दुर्गा सप्तशती चण्डी तथा देवी भागवत पाठ गरेर नवदुर्गाको आराधना गरिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत घटस्थापनाको शुभ साइत आज बिहान (११ः४६) मा जमरा राखेर घटस्थापन गरिएको छ । घटस्थापन गर्दा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बाढाइँ गरेको छ । हनुमान ढोकाका पुजारी सुदिप लामिछानेले हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रुपमा जमरा राखेको बताउनुभयो । उहाँले जौ, विधिको लागि मकै र गहुँ मिसाएर बालुवा र चोखो माटोमा जमरा राखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विशेष गरी बडा दशैँको पहिलो दिनमा घटस्थापना नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतमा हामीले अनुष्ठान गरेर वैदिक कर्महरुको विधिपूर्वक जमरा राखिएको छ, पहिलादेखि नै चलेको कामलाई निरन्तर्ता दिएको हो , घटस्थापनाको साइतमा एउटा घडा स्थापना गरी नवौँदिनसम्म अनुष्ठान गरी मनाइन्छ । यसमा विशेष जौ, विधिको लागि मकै र गहुँ राख्ने गरिन्छ ।’
हरेक वर्ष घटस्थापनाको दिन दशैँ घरमा जमरा राख्ने गरिन्छ । आज नवरात्रीको पहिलो दिन भएकोले शैलपुत्रीको पूजा आराधना गरेर नवरात्रीको शुरुवात गरिएको छ । नवरात्रीभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । त्यस्तै विजया दशमीको दिन देवी विसर्जन गरी १० बजेर २ मिनेटमा देवीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ । विजया दशमीका दिन भगवान श्रीरामले नवरात्र व्रत गरी रावणमाथि विजय पाएको उत्सवका रुपमा मनाउन थालिएको भन्ने गरिएको छ भने कसैले राक्षसहरुमाथि दुर्गा देवीको विजयोत्सवको रुपमा मनाउने प्रचलन छ । दशैँको दिन आफूभन्दा ठूलाबडा मान्यजनहरुबाट टीका र जमरा लगाइ आशिर्वाद लिने चलन छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी