×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारी नियन्त्रण गर्न सरोकार समूहद्धारा अनुगमन, पसलमा फेला परेका अखाद्य सामग्री जफत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कालोबजारी नियन्त्रण गर्न सरोकार समूहद्धारा अनुगमन, पसलमा फेला परेका अखाद्य सामग्री जफत

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गलकोट । बागलुङ बजारस्थित उपल्लोचौरको जाल्पा सपिङ सेन्टर (किराना पसल)मा ८० प्रतिशत म्याद गुर्जेका सामग्री फेला पर्यो । बजार छेउको उक्त किराना पसलमा यसअघि अनुगमनकर्ताको नजर नपरेका कारण व्यापारीको मनोमानी बढेकामा पछिल्लो समय पसलमा सिल गरेर रु एक लाख ५० हजार जरिवानासहित प्रशासनमा हाजिर हुन पसलेलाई भनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले बताउनुभयो ।

‘चाडपर्वका बेला हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सरोकार समूह अनुगमनमा निस्केकामा बजारकै उक्त पसलमा त अधिकांश सामान मिति गुज्रेको र कुहिएको अखाद्य सामग्री पाइकाले पसल पसल नभएर विषको भण्डारजस्तो देखियो,’ उहाँले भन्नुभयो, ‘पहिलो दिन १५ पसलमा अनुगमन गर्दा पसलैपिच्छे मिति गुज्रेका सामग्री, दर्ता प्रमाणपत्र नभएको र मूल्यसूची नराखिएको पाइएको थियो, मूल्यसूची नभएका दुई पसललाई पाँच हजार जरिवाना तिराइएको र अन्य पसलका सामग्री जफत गरी सेचत बनाइएको छ ।’

अनुगमनका क्रममा रङ्ग प्रयोग गरिएका झिनियाँका साथै मिति गुज्रेका र कुहिएका खाद्य पदार्थ फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सओन्साकुमार महतोले बताउनुभयो । ‘मानिसको शरीरका लागि विषजस्तै हानिकारक खाद्यपदार्थ बिक्रीका लागि राखिएको, मिति गुज्रेका सामग्री व्यवस्थापन नगरिएको तथा मूल्यसूची नै नराखिएका पसल फेला पनि परेका छन्’। उहाँले भन्नुभयो ‘यसैगरी कडिकडाउ बजार अनुगमन गर्न सके केही हदसम्म उपभोक्तालाई राहत हुने थियो, नत्र कति समयसम्म उपभोक्ताले अखाद्य सामग्री उपभोग गर्ने ?’

अनुगमनमा निस्केको सरोकार निकाय र पत्रकारको टोलीले बागलुङ बजारका पसलैपिच्छे अखाद्य पदार्थ फेला पारेर बरामद गर्नाका साथै पसलमा सिलसमेत गरेको थियो । जिप्रकाको संयोजनमा चाडबाड लक्षित अनुगमन बुधबारदेखि सुरु गरिएको थियो । अनुगमनको पहिलो दिन नै बजारको शिवधारा चोकका प्रत्येक किराना पसलमा अखाद्य वस्तु फेला परेको र सबै पसलबाट केही न केही अखाद्य सामग्री जफत गरिएको अनुगमनमा पुग्नुभएका राष्ट्रिय उपभोक्तामञ्चका जिल्ला अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि यस्तो बेथिति फेला नपरेको बागलुङ नगरपालिकाका महिला विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिनुभयो । किराना पसलका उपभोग्य वस्तुले नागरिकको जीवनमा प्रत्यक्ष असर गर्ने भएकाले यसमा खेलबाड हुन नदिन र अखाद्य वस्तुको किनबेच रोक्न बजार अनुगमनलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट शर्माले बताउनुभयो । अनुगमनलाई दशैँसम्म निरन्तरता दिइने भन्दै कार्यालयले सजगता अपनाएर उपभोक्ताले सामाग्री खरिद गर्न र व्यापारीले उपभोक्ताको हितलाई मध्यनजर गर्दै पसल सञ्चालन गर्न अनुरोध गरेको छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी