दार्चुला । जिल्ला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कैदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया छ/सात हजार आम्दानी हुने गरेको छ । आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन आउने गरेका छन् ।
“त्यतिकै बस्नुभन्दा आफ्नो सीपको प्रयोग गरेर बसेको छु”, राना भन्छन्, “भित्रै कपडा सिलाउन कारागार प्रशासनले सिलाइ मेसिन उपलब्ध गराएको छ ।” रानाले कारागारको बाहिर नै सिलाइकटाईका लागि बोर्ड राखेका छन् । बजारको मूल्यभन्दा सस्तो मूल्यमा लुगा सिउने काम गर्ने गरेको उनले बताए । बाहिरको मूल्यभन्दा १०० कम मूल्यमा कपडा सिलाउने गरेको छु । उनी भन्छन्, “बाहिर हुँदा भाडा तिर्नुपर्ने हुन्थ्यो, भित्र भाडा तिर्नुपर्दैन्, १०० कम गर्दा पनि आफ्नो व्यक्तिगत खर्च चलाउन पुगिहाल्छ ।”
उनी मात्र होइन अहिले कारागारभित्र तीन जना सिलाइ व्यवसाय गर्ने व्यक्ति छन् । कपिलरा कोली, धीरज परिवार पनि गुरुदेव रानासँगै सिलाइ गर्छन् । “अहिले मेसिन अभाव भएको छ”, कारागारका जेलर वीरेन्द्रसिंह धामीले भन्छन्, “मेसिनका लागि माग भएको छ, पहिले एक जना मात्रै लुगा सिउने व्यक्ति थिए, अहिले दुई जना थपिएसँगै तीन जना पुगेका छन् ।” त्यतिकै बस्नुभन्दा सिकेको सीप प्रयोग गर्छौ भनेपछि मेसिनदेखि उनीहरुलाई चाहिने समान व्यवस्थापन गरिदिएको उनले बताए ।
थप मेसिन र कारागारका कैदीबन्दीका लागि आवश्यक तालिम दिने तयारी गरिएको उनी बताउछन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको जनाइएको छ । पच्चीस पुरूष र १५ महिलाको क्षमता रहेको जिल्ला कारागारमा ६१ कैदीबन्दी राखिएपछि समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्