×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक नै नदेखेकाको नाममा करोडौं ऋण, आफ्नै मालिकले यसरी फसाए

काठमाडौँ । यी हुन् धर्मभक्त राई, र भीम बहादुर विश्वकर्मा । उनीहरु देवानन्द राईको सुन पसलमा कामदारका रुपमा काम गर्थ्य । महालक्ष्मी बिकास बैंकले उनीहरुलाई एकाएक करोडौं रुपैयाँ ऋण तिर्न आउनु भनी सूचना पठाएपछि उनीहरु छानाबाट खसे जस्तै भयो । बुझ्दै जाँदा त उनीहरुका नाममा महालक्ष्मी बिकास बैंकमा लाखौँको ऋण रहेछ । जवकी उनीहरुले बैंकसमेत देखेका थिएनन् । महालक्ष्मी बिकास बैंक लिमिटेड नै नदेखेका उनीहरुका नाममा करोडौंको ऋण कसरी भयो त रु यो तथ्य बुझ्न महालक्ष्मी बिकास बैंकको सुन काण्डसम्म पुग्नुपर्छ ।
बैंकबाट हुँदै नभएको सुन तमसुखमा चढाएर पूर्ण राइ र देवानन्द राइले २०७४ साल यता महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट झन्डै ७ करोड ४२ लाख रुपैयाँ ऋण लिएका थिए । राइद्वयले आफ्नो नाममा मात्र होइन, आफुकहाँ काम गर्ने कुल ११ जना कर्मचारीहरुको नाममा पनि पटक पटक गरी ऋण लिए । र तिनै कर्मचारीहरु मध्येका दुई हुन् यी दुई युवा ।
देवानान्द राईले ऋण नतिरेपछि यस विषयमा बैंकले छानविन सुरु गर्यो । छानविनका क्रममा धितो राखिएको सुन र तमासुखमा भनिएको सुनको हिसाबकिताब नमिलेपछि यो प्रकरण बैंकको आन्तरिक अनुसन्धान हुँदै सीआइबीसम्म पुग्यो र सीआइबीले बैंकमा ठुलो घोटाला भएको निष्कर्ष निकाल्यो । त्यसपछि सीआइबीले भकाभक मान्छे पक्रिन थाल्यो जसमा देवानन्द राईका निर्दोष कर्मचारी पनि परे ।
प्रहरीसँगको बयानमा देवानान्द राईले बैंकका कर्मचारीहरुकै मिलेमतोमा सो काम भएको आशय प्रस्तुत गरेपछि प्रहरीले बैंकका तत्कालीन शाखा प्रबन्धकसहितका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो ।अहिले यी दुई युवा कगजी झमेलामा परेका छन् । बैंकमा उनीहरुकै नाममा ऋण देखिएको छ जवकी उनीहरुका मालिकले जालसाझी गरी उनीहरुका नाममा ऋण लिएर आफैं चलाएका थिए । कानुनले उनीहरुलाई दोषी देख्ने सम्भावना ठुलो छ, जवकी उनीहरु यथार्थमा निर्दोष रहेको उनीहरुको दाबी छ ।
अन्तत: आफुलाई फसाएर आफ्ना मालिकलाई उन्मुक्ति दिन खोजेको भन्दै उनीहरु अहिले मिडियासंग गुहार मागिरहेका छन् । यो प्रकरणबारे अर्थ सरोकारले प्रशारण गरेको विशेष कार्यक्रम हेरेपछि अर्थ सरोकारको कार्यालय खोज्दै आएका उनीहरुले घटना र आफ्नो निर्दोष भएको दाबी यसरी प्रस्तुत गरेका छन् ।
यसो त महालक्ष्मी बिकास बैंक आफैंमा काण्ड नै काण्ड घटिरहने कान्डे बैंक हो । यो बैंकहरुलाई माफियाहरुले ठुलो रकम कुम्ल्याउने र सोझालाई फसाउने अखडा बनाएका छन् । नियामक नेपाल राष्ट्र बैंकले समेत यो बैंकले गर्ने अनेक काण्डमा आँखा चिम्लिंदा समस्या आएको जानकारहरुको तर्क छ । स्मरण रहोस्, यो त्यहि बैंकको जसमा ग्राहकले राखेको करिब २५ तोला सुन केहि समय अगाडी हराएको थियो । सो प्रकरण मिडियामा छताछुल्ल भएपछी बैंकले ब्राण्डीङ शीर्षकमा खर्च बुक गरेर पीडीतको सुनवापतको रकम फिर्ता गरेको थियो । यो बैंकका अध्यक्षसमेत सेयर विवादमा बसेका छन् ।
यसो त यस अघि एउटा बाणिज्य बैंकमा घटेको सुन काण्ड मिलाउन सफल भएको भन्दै बोदराज देवकोटालाई यो बैंकमा सीइओ बनाएर ल्याइएको चर्चा पनि चलेको छ । यद्यपी कानुनले गलत भनिसकेको स्थितिमा र बैंकमा घोटाला भएको प्रमाणित भईसकेको स्थितिमा यो सुनकाण्ड कसरी मिल्छ भन्ने विषय चौतर्फी चासोको विषय बनेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: