×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंका लागि मासु व्यवसायीले तोके मासुको मूल्य, कुनको कति ? (मूल्यसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दशैंका लागि मासु व्यवसायीले तोके मासुको मूल्य, कुनको कति ? (मूल्यसहित)

Artha Sarokar

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो ।
यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बंगुरको मासु पाँच/पाँच सय तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए ।
“संघबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौं । तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए संघबाट कारबाही हुन्छ’’, उनले भने । अन्य समयको तुलनामा दशैँमा कुखुरा र बंगुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दशैंको अवधिमा कुनै परिवर्तन हुनेछैन ।
यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो । मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले संघले मूल्य निर्धारण गरेको हो । चीनबाट च्यांग्रा नआउँदा स्वदेशी च्यांग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।
अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्यांग्राको मूल्य बढ्ने बताए । चीनबाट च्यांग्रा आएको छैन । देशमा उत्पादन भएका च्यांग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् । संघका अनुसार गत वर्ष जिउँदो च्यांग्रा प्रतिकिलो ७०० देखि ८०० र मासु दुई हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्यांग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ ।
नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए । उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दशैंका लागि मासुको अभाव नहुने जानकारी दिए । अध्यक्ष थापाका अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्यांग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौं उपत्यकामा सात हजार च्यांग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी