Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्त वित्तीय संस्थाद्धारा १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १८ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा छिमेककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने भएका छन् ।

यसको भाउ भने तोकिएको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र छिमेकको प्रधान कार्यालय मध्य बानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK