काठमाडौं । एनआइसी एसिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । फण्डको कात्तिक मसान्तसम्म आइपुग्दा ३१ पैसाले बढेर १५ रुपैयाँ ८० पैसामा कायम भएको छ । असोज महिना यसको न्याभ १५ रुपैयाँ ४९ पैसा रहेको थियो ।
यस्तैगरी यसअवधिमा फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । १ महिनामा फण्डको सेयरमा लगानी १ करोड २९ लाख ४७ हजार रुपैयाँले घटेर ९९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।
यसअवधिमा फण्डले ८२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ४९ हजार ५७९ कित्ता सेयरमा ७ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात १४ करोड ८४ लाख रुपैयाँबाट घटेर ११ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्