×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ ३ पैसाले बढ्यो, नबिल बैंकमा सबैभन्दा धेरै लगानी

काठमाडौं । एनआइसी एसिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । फण्डको कात्तिक मसान्तसम्म आइपुग्दा ३१ पैसाले बढेर १५ रुपैयाँ ८० पैसामा कायम भएको छ । असोज महिना यसको न्याभ १५ रुपैयाँ ४९ पैसा रहेको थियो ।

यस्तैगरी यसअवधिमा फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । १ महिनामा फण्डको सेयरमा लगानी १ करोड २९ लाख ४७ हजार रुपैयाँले घटेर ९९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा फण्डले ८२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ४९ हजार ५७९ कित्ता सेयरमा ७ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात १४ करोड ८४ लाख रुपैयाँबाट घटेर ११ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: