×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ११ हजार ७५३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको ११ हजार ७५३ कित्ता सेयरमा संस्थापक सेयर लिलामी भर्ने मंसिर १ गते बुधबार अन्तिम दिन रहेको हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने भएको छ । कम्पनीले कात्तिक २५ गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी