काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शत प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । बैंकले उक्त हकप्रद सेयरको लागि शुक्रबार बुक क्लोज गर्ने भएकाले आज बिहिबारसम्म कम्पनीको सेयर किन्नेले सो लाभांश पाउने भएका हुन् ।
बैंकले पुस ७ गतेदेखि शत प्रतिशत अर्थात १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ । बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो सेयरमा लगानीकर्ताले पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
बैंकको हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यालयहरु टाँडी, भरतपुर, हाकिमचोक चितवनमार्फत आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सो सेयरमा लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।