×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रको माग, कसले के-के भने ? (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रको माग, कसले के-के भने ? (भिडियो)

काठमाडौँ । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन्। बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रमा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न सरकारसँग माग गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयातित बस्तुको भन्सार मूल्याङ्कन कारोबार मूल्यको आधारमा गर्नु पर्ने बताउनु भएको छ । उहाँले अहिले भन्सारमा मूल्य पुस्तिकाका आधारमा बस्तुको मूल्याङ्कन गरिन्छ त्यो विश्व व्यापार संगठनसँगको सम्झौता विपरित भएको बताउनु भयो । उहाँले भन्सारमा मूल्याङ्नमा समस्या रहेकाले यो समस्या सरकारले तत्काल समाधान नगरे भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्र संकटमा पर्ने बताउनु भयो ।
अध्यक्ष अग्रवालले भन्नुभयो,‘ भन्सारका सबै काम डिजिटल हँुदा व्यवसायी सबै खुसी रहेका छन । तर,भन्सारका काम जसरी नयाँ प्रविधिसँग जोडेर काम भइरहेको छ । तर ,उद्योगी , व्यवसायीहरुको महत्वपूर्ण क्षेत्र भन्सारको मूल्याङ्नमा परिर्वतन भएको छैन । भन्सार मूल्याङ्न गर्दा जुन मूल्य पुस्तिका प्रयोग गरिरहेका छौँ । यसले भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्रमा विकृति ल्याएको छ । सरकारले यो विषयमा महत्व दिएर परिर्वतन गर्नु पर्ने आवश्यकता रहेको छ । भन्सारमा अहिले भएको मूल्य पुस्तिका कार्यान्वयन विश्व व्यापार संगठनसँग भएको सम्झौताको उल्लघन गरेका छौँ । आयात भएको सामानको मूल्य मूल्य पुस्तिकाको भन्दा कम मूल्य भएमा व्यवसायीहरुले जरिवान दिर्नु पर्ने हुन्छ । यसरी आयात गरेको समानको मूल्य भन्सारको मूल्य पुस्तिकामा भएको मूल्य भन्दा बढी हुँदा र कम दुबै हुँदा समस्या रहेको छ । यसले समग्र अर्थतन्त्र र रेमिटेन्समा समेत प्रभाव पारेको छ । भन्सारका यस्ता समस्या सबैलाई थाहा छ त्यसैले सरकारले यो भन्सार मूल्याङ्क कसरी सहजिकरण गर्न सक्छौँ सोच्नु पर्छ । सरकारको यस्तो नीतिको कारणले पनि नयाँ उर्जाशिल युवाहरु उद्योग व्यवसायमा आउन खोजेका छैनन् । नेपाल आफै आत्मनिर्भर बन्ने गरी उद्योगमा लगानी गर्ने सरकार लागेको छ । भन्सारको यस्तो मूल्याङकनले नेपालमा उत्पादन भएको बस्तुको मूल्य पाउन सक्दैन । त्यसैले सरकारले आयात भएको बस्तुको भन्सार मूल्याङ्कन गर्दा भन्सार पुस्तिकाको मूल्य कारोबार मूल्यको आधारमा गर्नु आवश्यक छ ।’
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । उहाँले पहिला एक रुपैयाँ कर लाग्ने ठाउँमा १० रुपैयाँको दोब्बरले बढेको बताउनु भयो । श्रेष्ठले स्थानीय तहले सम्पति करको नाममा उद्योग तथा व्यवसायलाई कर लगाउनु गलत भएको बताउनु भयो । उहाँले भन्सार भनेको राजश्वको शुरुवात मात्रै नभएर जनताको सुरक्षाको उद्गम विन्दु पनि भएको बताउनुभयो । श्रेष्ठले सरकारले भन्सारमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्नु पर्ने बताउनु भयो । यस्तो प्रयोगशाला नहुँदा अहिले चीन र भारतमा नेपालको निर्यात शून्य जस्तै भएको बताउनु भयो । पछिल्लो समय शतप्रतिशत मार्जिनको कारण भन्सारमा रोकिएका सामानका गाडी सरकारले तत्काल भन्सार पास गर्नु पर्ने श्रेष्ठले माग राख्नु भयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,‘ स्थानीय निकायहरुबाट पनि उद्योगी व्यवसायीहरु शोसित भएका छन । एक रुपैयाँ कर लाग्ने ठाउँमा अहिले १० रुपैयाँको दोब्बर बढाएको अवस्था छ । सम्पति करको नाममा उद्योग व्यवसायलाई कर लगाएको अवस्था छ । साना व्यवसायीहरुलाई सडक पारीको नगरपालिकाले एक हजार रुपैयाँ दर्ता शुल्क लिने गरेको छ भने पारीको नगरपालिकाले पाँच हजार दखि १० हजार रुपैयाँसम्म दर्ता शुल्क लिएको छ । यसरी स्थानीय तहको फरकफरक करका दरको कारण पनि व्यवसायी पिडित रहेका छन । यो विषयमा सरकारले तत्काल छानविन गरेर व्यवसायीको समस्या समाधान गर्नु पर्ने दखिन्छ । भन्सार भनेको राजश्वको शुरुवात मात्रै होइन् । जनताको सुरक्षाको उद्गम विन्दुको रुपमा शुरुवात हुने विन्दु हो । त्यसैले सरकारले भन्सारमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला छैन । सरकारले व्यवस्था गर्नु पर्छ । अहिले चीन र भारतमा नेपालको निर्यात शून्य जस्तै छ । दुई वर्ष देखि कोरोनाको कारण चीनमा निर्यात बन्द छ तर आयात भइरहेको छ । चीनलाई नेपाल बाट सामान लिँदा कोरोना लाग्ने तर नेपाललाई कोरोना नलाग्ने यो विषयमा सरकार गम्भिर हुनुपर्छ । राष्ट्र बैंकले जारी गरेको सामान आयात गर्न सतप्रतिशत मार्जिनको राख्नु पर्ने व्यवस्थाले २ भन्दा बढी गाडी भन्सारमा रोकिएर बसेका छन् । कुनै व्यवसायीले क्यास पैसा तिरेर सामान आयात गरेको छ भने भन्सारमा रोकिएका गाडी भन्सारले छाड्न आग्रह गछौँ ।’
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । उहाँले अहिले बढ्दै गएको मुलुकको व्यापार घाटा कम गर्न सरकारले निर्यात प्रर्वद्धन गर्नु पर्ने बताउनु भयो । अध्यक्ष मल्लले सरकारले भन्सारमा सरकारले आयात भएको बस्तुको कारोबार मूल्यलाई मान्यता दिनु पर्ने बताउनु भयो । जसरी भन्सारमा मूल्य पुस्तिका पल्टाएर व्यवसायीलाई दुःख दिँदा अर्थतन्त्रमा संकट आउन सक्ने बताउनु भयो ।
अध्यक्ष मल्लले भन्नुभयो,‘ जसरी भन्सारमा डिजिटल भुक्तानी कारोबारको शुरुवात भएको छ । त्यसरी नै भन्सारमा व्यापार सहजिकरणको लागि छिटै मुख्यमुख्य भन्सार कार्यालयहरुमा पूर्वाधारको पनि विकास गर्नु पर्छ । आयात गरी रहँदा मुलुकले व्यापार घाटा हुँदै गएको छ । त्यसैले अब निर्यात कसरी प्रर्वद्ध गर्ने र मुलुकलाई कसरी आत्मनिर्भर बनाउने कुरामा सरकारले पहल गर्नु पर्छ । भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्नु पर्छ । जसले गर्दा नेपालको सामान निर्यात गर्दा अन्य देशले क्वारेन्टाइन ठिक छैन भन्ने कुरा नहोस् । हामीले आयात गर्दा पनि के पायो त्यही आयात गर्नु हुँदैन । हामीई पनि यति लेवलको सामान चाँहिन्छ भनेर मात्रै आयात गर्नु दिनुपर्छ । भन्सारमा कारोबार मूल्यलाई सरकारले मान्यता दिनुपर्छ । भन्सारमा मूल्य पुस्तिका पल्टाएर उद्योगी व्यवसायीलाई दुःख दिनु भएन । यस्तो भएका भोलीको दिनमा वस्तुको लागत बढेर मुलुकमा अर्थिक संकट बढ्न सक्छ ।’
अध्यक्ष मल्लले भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्न सुझाव दिनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्दा नेपालको सामान विदेश निर्यात गर्दा अन्य देशले क्वारेन्टाइन ठिक छैन भन्ने अवस्ता नआउने बताउनु भयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: