×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती हो’ : अर्थमन्त्री शर्मा (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती हो’ : अर्थमन्त्री शर्मा (भिडियो)

काठमाडौँ । भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताउनु भएको छ । अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शिता सहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताउनु भयो । उहाँले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नुपर्ने अहिलको आवश्यकता भएको बताउनु भएको छ । मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै बस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताउनु भयो । उहाँले यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने बताउनु भयो ।
मन्त्री शर्माले भन्नुभयो,‘नेपालका कुन भन्सारमा कस्तो पारर्दशिता रहेको छ सबै मेरो जानकारीमा छ । सरकारको प्रतिवद्धता पारर्दशितासहितको व्यापार सहजिकरण सरकार अब्बल हुनुपर्छ । त्यसको लागि हामीले प्रविधिहरुको उच्चतम प्रयोग गरौँ । प्रविधिको तिव्र प्रयोग गदै जाँदा सङख्यात्मक भन्दा पनि गुणात्मक दक्ष जनशक्तीको आवश्यकता पर्छ । यसरी भन्सार विस्तारै कुनै समयमा स्वचालित प्रणालीमा विकसित हुन्छ । अहिले क्रमस् त्यही बाटोमा उन्मुख हुँदै गएको छ । अहिले मूल्य सूचि लगायतका धेरै प्रश्नहरु उठेका छन्। यसरी भन्सारको विन्दु मात्रै नभएर बजारको विन्दु पनि त्यतिकै महत्वपूर्ण छ । बजार विन्दुमा सुधार आउँदा भन्सारको विन्दुमा समेत सुधार ल्याउँछ । यसरी भन्सारमा पारर्दशिता बनाएर व्यापारलाई सहजिकरण गर्नु सरकारको दाहित्व हो । भन्सार पारर्दशिता बनाउने र व्यापारलाई सहजिकरण गर्ने कुरामा आफ्नो पूर्ण प्रतिवद्धता रहेको छ । भन्सारलाई निरन्तर रुपमा गुणस्तरीय सुधार गरिदै लागिने छ । आजबाट सबै भन्सार कार्यालयबाट डिजिटल भुक्तानीको शुरुवात गरेका छौं । त्यसपछि छिटै सरकारले स्क्यानरहरुको शुरुवात गर्ने छौँ । स्क्यानर लागू भएपछि आयात भएका सामानमा पाइट वा सुरुवालको कपाडा आयो भनेर छुट्याउने होइन । यसले राष्ट्रिय सुरक्षामा महत्वपूण साधन हुने छ । सबै वस्तु उपयोगी हुँदैनन्। यसले नेपाल र अन्य मित्र राष्ट्रको लागि असुरक्षा नहोस् भन्ने उद्देश्यमा सरकारले ध्यान दिएको छ । त्यसैले भन्सारमा स्क्यानरको व्यवस्था लागू गर्ने छौँ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण भन्सारमा हुने विभिन्न अवरोधहरुलाई हटाउनको लागि पनि डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगिने छ ।’
अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताउनु भयो । उहाँले राजश्व चुहावट र तस्करी नियन्त्रणको लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नु पर्ने आवश्यकता भएको बताउनु भयो । मन्त्री शर्माले भन्सारमा खुल्ला सिमाको सुरक्षा, सिमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने विषय पनि अहिलेको चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नभएर निर्यात गर्ने माध्यम बनाउनु पर्ने बताउनु भयो । स्वदेशमा नै उत्पादन भएका बस्तुलाई स्वदेशमा नै बजार उपलब्ध गराउनको लागि सरकारले नीतिगत र संरचनागत सुधार गरेर अगाडि बढ्ने अर्थमन्त्रीको भनाई छ । उहाँले अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो । भन्सार विभाग र उद्योगी व्यवसायीहरु एक अर्काका विरोधी नभई एक अर्काका परिपुरक भएकाले दुबैले आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दा झनझट रहित सरल रुपमा भन्सारबाट व्यापारमा सहजिकरण गर्न सकिने औल्याउनु भयो।
अर्थमन्त्री शर्माले भन्नुभयो,‘भन्सारमा अन्तर्राष्ट्रिय स्तरका क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने आवश्यकता छ । भन्सारमा राजश्व चुहावट र तस्करीको नियन्त्रण गर्ने कुरा सरकारको मुख्य चुनौतीको रुपमा रहेका छन्। यसलाई भन्सार विभागले एक्लैले मात्रै समाधान गर्न सक्दैन । यसको लागि सिङ्गो राज्य संयन्त्र लाग्नु पर्ने जरुरी छ । अर्को खुल्ला सिमाको सुरक्षा,सिमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने कुरा पनि चुनौतीको रुपमा रहेको छ । भन्सार नाका मात्रै नभर दुई देश बीचका सम्बन्धलाई राम्रो बनाउने काम पनि भन्सार प्रशासनको भएकाले दुई देशबीचको तालमेल महत्वपूर्ण हुन्छ । भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नलिएर निर्यात गर्ने माध्यमको रुपमा पनि लिनु पर्ने आवश्यकता छ । स्वदेशमा नै उत्पादन भएका बस्तुलाई स्वदेशमा नै बजार उपलब्ध गराउनको लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्छ । करिव ५० प्रतिशत राजश्वको योगदान भन्सारबाट भएको छ । त्यसलाई अन्य क्षेत्रबाट पूर्ति गरी आयातमा लाग्ने करलाई कम गर्न आवश्यक भएको छ । अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने देखिन्छ । भन्सार विभाग र उद्योगी व्यवसायीहरु एक अर्काका विरोधी होइन परिपुरक हुन । भन्सार प्रशासन एउटा इन्जिन हो भने त्यसको गति पैदा गर्ने नीजि क्षेत्रको व्यवसाय हो । दुबैको संयुक्त प्रयासमा मात्रै चल्छ । दुबैले आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दा झनझट रहित सरल ढङ्गले सहजिकरण गर्न सकिन्छ ।’
त्यस्तै अर्थमन्त्री शर्माले भन्सारमा व्यवसायीले उठाएको कारोबार मुल्यको आधारमा भन्सार मूल्याङकनको विषयमा नीजि क्षेत्रसँग छलफल गर्ने बताउनु भयो । उहाँले अर्थमन्त्रालय निरन्तर नीजि क्षेत्रसँगको सहर्काय गरेर अगाडि बढ्ने गरेकाले नीजि क्षेत्रको जाहेजको सम्बोधन गर्ने पक्षमा सरकार रहेका स्पष्ट पार्नु भयो । मन्त्री शर्माले व्यापार घाटालाई अन्त्य गर्नको लागि नेपालमा नै उत्पादन वृद्धि कच्चा पदार्थ र औजारहरुको आयातको सरकार सरकारात्मक रहेको बताउनु भयो। यस्ता कच्चा पदार्थ र औजारको आयातले नेपालमा नै रोगजारी सृजना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने मन्त्री शर्माको भनाई छ । उहाँलृ पछिल्लो समय विपक्षले जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको बताउनु भयो । मन्त्री शर्माले सरकार व्यवसाय र बैंक बीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउन लागि परेको बताउनु भयो ।
मन्त्री शर्माले भन्नुभयो,‘ कारोबार मूल्यको बहस जाहेज छ । यो बहसमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रालय भन्सार विभागले दिनुपर्छ । हामी नीतिगत,व्यवहारीक र प्रशासनिक ढङगले जवाफ दिन्छौँ । नीजि क्षेत्रले दिएका सुझावहरुलाई अर्थमन्त्रालयको लागि मार्गनिर्देशन हुन । त्यसलाई समाधान गर्नु नै अर्थमन्त्रालयको सफलता मान्छौँ । नीजि क्षेत्र यस विषयमा भ्रममा नरहन आग्रह गर्दछु ।अहिलेको व्यापार घाटालाई अन्त्य गर्नको लागि नेपालमा नै उत्पादन वृद्धि कच्चा पदार्थ र औजारहरुको आयातको सरकारल स्वागत गर्दछ । यसले नेपालमा नै रोगजारी सृजना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान गर्नु पर्छ । यस्ता कच्चा पदार्थ र औजार आयातले मुलुकको अर्थतन्त्र र उत्पादन क्षेत्रमा महत्पूर्ण योगदान गर्ने छ । पछिल्लो समय जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको छ । अर्थतन्त्र यस्तो अवस्थामा पुग्नु आजको नीतिले मात्रै हुँदैन । विगतका सरकारले बनाएका नीति नियमले गर्दा हुने हो । नीजि क्षेत्रलाई असर पर्ने खालको नीतिहरु निर्माण हुने छैनन्। व्यवसायीहरु ढुक्क भएर व्यवसायलाई अगाडि बढाउँदा हुन्छ । व्यवसाय र बैंक बीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउनको लागि सरकार तयार रहेको छ । त्यसको लागि प्रयासहरु गरिरहेका छौँ । एकले अर्काको समस्या बुझिएन भने अर्थतन्त्रमा ठूलो संकट पैदा हुन सक्छ । रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत ल्याउनको लागि विभिन्न थप प्रोत्साहन दिने उपायहरु सहित अध्ययन गरिरहेको छ । आयात नियन्त्रण गर्नको लागि गरिएका तत्कालि प्रयासहरु छोटो समयका लागि हुन । छोटा समयमा सहज हुने वितिकै पहिलेकै स्थितिमा राखिन्छ ।’
त्यस्तै अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । उहाँले अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको काम हुने तथा समयको बचत , पारर्दशिता , व्यापारलाई धेरै प्रतिस्पधि र सहज बनाउन भूमिका खेल्ने बताउनु भयो ।
अर्थ सचिव मरासीनीले भन्नुभयो,‘भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु भएको छ । त्यो भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोनका रुपमा लिएका छौँ । अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको कारोबार हुने भएको छ । यसले समयको बचत गर्ने छ, पारर्दशिता हुन्छ, व्यापारलाई अझ धेरै प्रतिस्पधि र सहज बनाउनको लागि भूमिका खेल्ने छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार भन्सारको काम भनेको व्यापारलाई सहजिकरण गर्नु हो । व्यापार सहजिकरण गर्ने महत्वपूर्ण मापक डिजिटल भुक्तानी हुने छ । यो व्यापार सहजिकरण गर्ने अर्को इट्टा थप भएको हो । भन्सारमा दुई देश बीचको व्यापार कसरी सहजिकरण गर्न भन्सार सुधारको आवश्यकता छ । यसले मुलुकको आर्थिक वृद्धि देखि कुल ग्राहस्थ उत्पादन जिडिपीमा समेत वृद्धि गर्ने छ । भन्सारमा नयाँ प्रविधिको प्रयोग बढाउँदै लगिएकाले यो अनलाइन अर्थात डिजिटल भूक्तानीले भन्सार सुधारमा सहयोग पु¥याउने छ ।’
त्यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । उहाँले आज बाट सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी प्रणाली लागू भएको बताउनु भयो ।
महानिर्देशक सापकोटाले भन्नुभयो,‘ आजको दिन भन्सारको इतिहासमा सुनौलो दिन हुने छ । भन्सारको डिजिटल प्रणालीको शुरुवात भनेको नयाँ युगको शुरुवात पनि हो । भन्सार सम्बन्धि सबै कामहरु आज देखि अनलाइन प्रणालीमा प्रवेश गरेको छ । नयाँ यात्रामा भन्सार प्रशासन गएको छ । आयात भएका वस्तुको भुक्तानी रकम घरमा नै बसेर गर्न सक्छौं । धेरै वर्ष देखि छलफल र चर्चामा रहेको विषय रहेको थियो आज आएर कार्यान्वयनमा आएको छ । भन्सारमा भएका पुराना व्यवस्था भत्काउने र नयाँ व्यवस्थामा लाने र यसलाई संस्थागत गर्ने लयमा भन्सार विभाग रहेको छ । कन्टेनर स्क्यानरलाई समयमा नै कार्यान्वयनमा ल्याउने छौँ । भन्सार विन्दुका अवरोधहरुलाई हटाउँदै जाने छौं ।’
त्यस्तै राजश्व सचिव कृष्णहरि पुस्करले भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न सरकार अग्रसर भएको बताउनुभयो । उहाँले भन्सारमा लामो समय देखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमश सम्बोधन गर्ने काम गरिहेको बताउनु भयो ।
सचिव पुस्करले भन्नुभयो,‘भन्सार प्रशासनलाई आधुनिकिकरण गर्ने र भन्सार प्रशासनमा विगत लामो समय देखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमश सम्बोधन गर्ने प्रयास भइरहेको छ । आज हामीले भन्सारमा डिजिटल भुक्तानी प्रणाली जडान तथा एकद्वार प्रणाली र अन्य प्रकारका प्राविधि क्षमताको अभिवृद्धि गर्ने कुरामा विभाग लागि परेको छ । भन्सार प्रशासन एकदमै परम्पराग भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषयहरु रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नु पर्ने भएकाले समय लाग्ने हुन्छ । तर विभागले भन्सारको आधुनिक विकासका लागि नीजि क्षेत्रबाट आएका सुझावलाई सहज रुपमा स्वीकार गरेका गछौँ । भन्सारमा व्यापारलाई सहजिकरण गर्ने काम गरिने छ । भन्सारको मूल्यानक विधिलाई कसरी वैज्ञानिक बनाउने भन्ने विषयमा नीजि क्षेत्रसँग बसेर काम गरिरहेको छ ।’
सचिव पुस्करले भन्सार प्रशासन एकदमै परम्पराग भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषयहरु रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नु पर्ने अवस्था भएकाले आधुनिकिरण गर्न समय लाग्ने गरेको बताउनु भयो। उहाँले भन्सारको मूल्यानक विधिलाई वैज्ञानिक बनाउने विषयमा नीजि क्षेत्रसँग सहकार्य भइरहेको बताउनु भयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: