काठमाडौँ । मुलुकलाई आर्थिक स्थायित्तो र अर्थतन्त्रलाइ दिगोसंगै समग्र वित्तिय प्रणालीलाई समृद्धिको बाटो तिर लैजाने क्षेत्र बैंक तथा वित्तीय संस्थाहरु हुन् । हामीले बुझेको बैंकको परिभाषा आर्थिक कारोबारहरुको अभ्यास हुने ठाउँ हो जुन वित्तीय कारोबारहरुलाई संचालन, परिचालन र व्यवस्थापन गर्न मुलुकको कानुन र केन्द्रिय बैंकबाट इजाजत प्राप्त गरि स्थापना भएका हुन्छन् ।
नेपालको सन्दर्भ भन्दैगर्दा नेपाल राष्ट्र बैंकले कारोबारको प्रकृति, संगठनको संरचना, सङ्गठन सेवाको पहुँचको आधारमा बैंकहरुलाई बर्गिकरण गर्ने गर्दछ । उदाहरणका लागि ‘क’ वर्गलाई बाणिज्य बैंक ‘ख’ वर्गलाई विकास बैंक, ‘ग’ वर्गलाई वित्त कम्पनी र ‘घ’ वर्गलाई लघु-वित्तीय संस्थाको नामले नामकरण गरेको व्यवस्था गरेको पाइन्छ ।
बैंकिङ सेवा प्रवाह :
मुख्यतया : बैंकहरुले ग्राहकहरुलाई वित्तीय सेवा दिएबापत वा सेवा बिक्री गरि नाफा आर्जन गर्ने संस्था हुन् । पछिलो समयमा नेपालको बैंकिङ क्षेत्रहरुबीच तिब्र प्रतिस्पर्धा रहेको देखिन्छ जसले समग्र अर्थतन्त्रमा अस्वस्थ वित्तीय प्रणालीको वातावरणसमेत सृजित गर्न सक्ने सम्भावना रहन्छ । यसै सन्दर्भमा बैंकमा आबद्ध कर्मचारीहरुमासमेत त्यसको छाँया पर्ने हुँदा उनिहरुले ग्राहकसंग गर्ने व्यवहारमा परिमार्जन भई बैंकिङ सेवा प्रभाहमा नकारात्मक संस्कारको व्यवस्था बस्न सक्ने जोखिम रहन सक्छ ।
हालै बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण बैंकका कर्मचारीहरुले आफ्नो प्रतिस्पर्धी बैंकलाई ग्राहकमार्फत निरुत्साहित पार्ने, नकारात्मक सूचना प्रबाह गर्ने, आलोचनालगायत अन्य नकारत्मक टिका टिप्पणी गर्ने पाइएको र देखिएको छ । ग्राहक संरक्षण सिद्धान्तलाई कर्मचारीहरुबाट बेवास्ता नगरियोस, ग्राहकको इच्छा, चाहना, बैंकिङ सेवा प्रति सन्तुष्टि, जस्ता कुराहरुको सम्बोधन तथा नीतिनियम कार्यन्वयन होस् र सोहि बमोजिमकै बैंकिङ्ग गतिविधि संचालन गराउन नेपाल राष्ट्र बैंककोसमेत ध्यानकर्षण भएको देखिन्छ र राष्ट्र बैंकले नीतिगत व्यवस्थाको कदमसमेत चालेको छ ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन बिभागले राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले देएको अधिकार प्रयोग गरि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशिका २०७८ र २० मा आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दा कर्मचारीहरुले ध्यान दिनुपर्ने कुराहरुको व्यवस्था गरेको छ र सोहि बमोजिम कर्मचारीहरुले ग्राहकसंग व्यवहार गर्नु पर्दछ। व्यवस्था उपर कर्मचारीहरुले कार्यन्वयन नगरेको पाइएमा र व्यवस्था बमोजिम कै ग्राहकसंग व्यवस्था गरेको नपाएमा, ग्राहकबाट गुनासोहरु आएमा त्यस्ता कर्मचारीहरु उपर प्रचलित कानुनि तरिकाबाट कारबाहीसमेत गर्ने व्यवस्था रहेको हुन्छ ।
ग्राहक संरक्षणका व्यवस्था देहाय बमोजिम छन्।
१) पारदर्शिता समबन्धि व्यवस्था :
बैंकमा आबद्ध कर्मचारीहरुले आफ्ना ग्राहकलाई सेवा प्रवाह गर्दा बैंकको सेवा, सर्तसंग समबन्धित सबै प्रकारका विवरणहरुमा स्वच्छ र पारदर्शी हुनुपर्दछ । ग्राहकहरु सोधेका प्रश्नहरुको उत्तर स्पस्ट र पारदर्शी हुनुपर्छ।
२) सुचना सम्बन्धि व्यवस्था :
कर्मचारीहरुले सर्बसाधारणलाई सूचना प्रवाह गर्दा सजिलै बुझ्न र पढ्न सक्ने हुनुपर्छ । ग्राहकहरुलाई भ्रम फैलाउने सक्ने कुनै पनि प्रकारको विज्ञापन हुनुहुँदैन ।
३) सरल बैंकिङ सम्बन्धि व्यवस्था :
जेष्ठ नागरिक, महिला, अपाङ्ग, साक्षर नभएका व्यक्तिहरुलाई बिशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुबिधाको उपलब्धता र वातावरण कर्मचारीहरुले मिलाउनु पर्छ र सोहि बमोजिकको व्यवहार गर्नुपर्छ।
४) सरल भाषाको प्रयोग गर्नुपर्ने व्यवस्था :
कर्मचारीहरुले आफ्ना ग्राहकहरुसंग सेवा सम्बन्धि जानकारी गराउउँदा ग्राहकले नै बुझ्ने भाषामा बुझाउनु र जानकारी दिनुपर्छ जुन सरल र स्पष्ट हुनुपर्दछ।
५) वित्तीय सेवाको शुल्कलगायत शर्त परिवर्तन सम्बन्धि व्यवस्था :
ग्राहकसंग वित्तीय सेवाको लागि सम्झौतापत्रमा हस्ताक्षर गरि सेवा प्रदान गर्ने क्रममा त्यस्तै सम्झौतामा उल्लेखित शुल्क ब्याजदर र शर्त परिवर्तन भएमा कर्मचारीहरुले सम्बन्धि ग्राहकहरुलाई जानकारी गराउनुपर्दछ।
६) चेक भुक्तानी सम्बन्धि व्यवस्था :
ग्राहकले बैंकलाइ दिएको चेक, बिल, पे अर्डर कुनै पनि वित्तिय उपकर नियम बमोजिन कर्मचारीले भुक्तान दिनुपर्छ र निर्देशित खातामा जम्मा गर्न दिएमा जम्मा गरिदिनुपर्दछ । सो सम्बन्धि लाग्ने शुल्क ग्राहकलाइ पूर्ण रुप जानकारी गराउनुपर्छ।
७) सेवा शुल्क सम्बन्धि व्यवस्था :
बैंकबाट दिने कुनै पनि सेवा सुविधा प्रवाह गराउँदा लाग्ने शुल्क जस्तै प्रशासनिक शुल्क, अग्रिम शुल्क, प्रतिबद्धता शुल्क साथै कर्जा प्रवाहका सम्बन्धमा लाग्ने सबै सेवा शुल्कबारे यथार्त जानकारी गराउनुपर्छ ।
८) गोपनियता तथा तथ्यांक संरक्षण संम्बन्धी व्यवस्था :
बैंकका कर्मचारीहरुले ग्राहकसंग वित्तीय कारोबार गर्ने क्रममा ग्राहकको व्यवसायिक सुचनाहरुको गोपनियता कायम राख्नुपर्छ। ग्राहकहरुको सूचना तथा विवरण लगायतका हिसाब किताब, खाताबहि श्रेस्ता लेखाको विवरणहरु अन्य सम्बन्धित एबम अनधिकृत व्यक्तिलाई दिनुहुँदैन ।
९) खाता संचालन तथा बन्द गर्दा लाग्ने शुल्क बारे जानकारी गराउने र खाता संचालन गरे सकेपछि त्यसपश्चातका सुबिधा जस्तै, चेक, एटिएम, अन्य बैंकिङ प्रोडक्ट बारे ग्राहकहरुलाई पूर्णरुपमा सुचित गर्ने ।
अन्त्यमा ,
अनुशासित वित्तीय कारोबारको संरक्षण र प्रबर्द्धन गर्ने पहिलो हात बैंकको कर्मचारीहरुमा हुने हुँदा ग्राहकमुखी बैंकिङ सेवा र बिबादरहीतको बैंकिङ प्रवाहको सुनिस्चितता कायम गराउनु अहिले आवश्यकता हो साथै बैंकको सेवा प्रभाह गुणस्तरीय, विश्वसनीय र भरपर्दोलगायत अन्तराष्ट्रिय स्तरमै मुलुकको वित्तीय परिसूचक सकारत्मक बनाउन सरकार र केन्द्रिय बैंक समय सापेक्षाका नीति ,नियम बनाउन तत्पर रही रहनु पर्दछ । (लेखक – बिशाल हिमाल श्रीपाइली सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत छन्)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्