म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ तल्लो डडुवाका ३६ वर्षीय कृष्ण पौडेलले व्यावसायिक कृषिबाट स्वरोजगार बन्नुभएको छ । दश वर्ष जापानमा काम गरेर फर्किएका पौडेलले दुई वर्षअघि सुरु गरेको टिकेबी बहुउद्देश्यीय कृषि फार्मबाट मेहेनत गर्ने हो भने स्वदेशमै आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
सुन्तला, तरकारी र बाख्रापालन गर्नुभएका उहाँले कृषि फार्मबाट कम लगानीमा छिटो आम्दानी लिन सकिने बताउनुभयो । “चारवटा टनेलमा गोलभेँडा र तरकारी खेती गरेको छु”, उहाँले भन्नुभयो, “चार सय बोट सुन्तला छन् । अहिले ५० वटाबाट ७० हजार बराबरको सुन्तला बिक्री भयो ।”
उन्नत बोयर, स्थानीय खरी र जमुनापारिका ४० वटा बाख्रा भएको फार्ममा माउ बाख्राको सङ्ख्या कम्तीमा ५० वटा पुर्याउने पौडेलको लक्ष्य छ । बाख्रा खरिद र फार्म निर्माणमा २० लाख लगानी भएको छ । पछिल्लो तीन महिनामा एक लाख बराबरको बाख्रा बेचेका पौडेलले थप छवटा बोयर क्रस पाठापाथी बिक्रीयोग्य भएका बताउनुभयो । फार्ममा एक जनालाई मासिक १५ हजार तलबसहित रोजगारी दिनुभएको छ ।
पौडेलसहित उहाँका बुवा तेजराज र आमा टीकाकुमारीले पनि फार्ममा काम गर्नुहुन्छ । पौडेलका छोराछोरी बेनीमा ब्यूटीपार्लर तालिम केन्द्र सञ्चालन गर्नुभएकी श्रीमतीसँगै बसेर पढ्छन् । जापानमा रहँदा गाउँ फर्किएर कृषि पेशा अँगाल्ने योजना बनाएका पौडेल केही समय स्थानीय परिवेश अनुकूल नभएपछि सदरमुकाम बेनीमै बस्नुभएको थियो ।
कोरोना भाइरसको पहिलो लहर फैलिएपछि गरिएको बन्दाबन्दीका क्रममा परिवारका सदस्यसहित गाउँ पुगेका पौडेलले तरकारी खेती विस्तार र बाख्रापालन गर्न सुरु गरेको बताउनुभयो । “आफैँ फार्म खोलेर अरुलाई पनि रोजगारी दिन्छु भन्ने सोचेर आएको जापानबाट आउँदा परिवेश अनुकूल नदेखेपछि बेनी बसेको थिएँ”, उहाँले भन्नुभयो, “पहिलो चरणको लकडाउनमा घर आएपछि व्यावसायिक योजनालाई मूर्तरुप दिए ।”
पौडेललाई गत आव २०७७र७८ मा मङ्गला गाउँपालिकाले बाख्राको खोर निर्माणका लागि दुई लाख अनुदान उपलब्ध गराएको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न १० हजार अनुदान दिएको थियो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्