काठमाडौँ । रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न नीजि क्षेत्रले सरकारलाई सुझाव दिएको छ । बुधबार अर्थमन्त्रीले नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा गरेको छलफलमा सरकारलाई नीजी क्षेत्रका तीन ठूला छाता संगठनले रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन् । त्यस्तै उद्योगी व्यवसायीहरुले सरकारसँग नीजि क्षेत्रले सम्मानजनक व्यवहार खोजेको पनि बताउनु भएको छ । छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भित्र्याउन बैंक वित्तीय संस्थाले १ प्रतिशत ब्याजदर थप गरेजस्तै सरकारको तर्फबाट १ प्रतिशतसम्म ब्यादजर थप्नेगरी अनुदान दिनु पर्ने बताउनु भयो । उहाँले विदेश जाने श्रमिकले नेपालमा रेमिटेन्स नपठाए मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु भयो । अध्यक्ष गाल्छाले विदेश जाने श्रमिकलाई कर्मचारी संचय कोषमा सहभागिता गराएर रेमिट्यान्सलाई औपचारिक मार्फत फर्काउन सकिने बताउनु भयो । रेमिटेन्स बैंकिङ माध्यमबाट पठाउँदा १ प्रतिशत ब्याजदर बढाएर दिने व्यवस्थाको बाहिर प्रचारप्रसार कमि भएको बताउनुभयो । निर्यातमा दिइएको प्रोत्साहन तथा अनुदान सरह रेमिटेन्समा पनि थप सहुलियत तथा अनुदान दिएर हुण्डीलाई निरुत्साहित गर्न सरकारलाई सुझाव दिनु भयो ।
अध्यक्ष गोल्छाले भन्नुभयो,‘ गोल्छाले रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भित्र्याउन बैंक वित्तीय संस्थाले १ प्रतिशत ब्याजदर थप गरेजस्तै सरकारको तर्फबाट १ प्रतिशतसम्म ब्यादजर थप्नेगरी अनुदान दिनु पर्छ । विदेश जाने श्रमिकले नेपालमा रेमिटेन्स नआए मुलुक आर्थिक रुपमा चल्न सक्दैन । विदेश जाने श्रमिकलाई कर्मचारी संचय कोषमा सहभागिता गराएर रेमिट्यान्सलाई औपचारिक मार्फत फर्काउन सकिन्छ । रेमिट्यान्सको रकम बैंकिङ्ग माध्यमबाट ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले सो रकम बैंकमा जम्मा गर्दा थप १ प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ । तर, यसको प्रचार प्रसार हुन सकेको छैन । यसमा २ प्रतिशतसम्म बढी ब्याज दिन सकिन्छ । रेमिट्यान्स पठाउने युवाहरुलाई कर्जामा सहुलियत दिन सकिन्छ । निर्यात प्रोत्साहन सरह यसमा थप सहुलियत दिएर हुण्डीलाई निरुत्साहित गर्नुपर्छ । शोधानान्तर घाटा कम गर्न आयातमा कडाइ मात्रै गर्नुपर्ने धारणा गलत हो। अहिले विलाशिताका वस्तुहरुको परिभाषा फरक भइरहेको छ । यस्तो अवस्थामा छोटो अवधिका लागि प्राथमीकिकरण गरेर केहि वस्तुको आयात निरुत्साहित गर्न सकिन्छ । तर यो दीर्घकालीन समाधान भने होइन। अहिले वैदेशीक रोजगारीमा जाने श्रमिकहरुलाई सरकारले झनझट मुक्त बनाउनु पर्छ । एक दिनमा नै कम शुल्कमा पासपोर्ट वातावरण बनाउनु आवश्यक छ ।’
त्यस्तै अध्यक्ष गोल्छाले कोरोनाको कारण अझै पनि बन्द रहेका १३ प्रतिशत पर्यटन तथा लद्यु घरेलु तथा साना उद्योगका विषयमा सरकारले गम्भिर रुपमा लिनु पर्ने बताउनु भएको छ । उहाँले कोरोना महामारी पछि मुलुकको अर्थतन्त्र विस्तारै तग्रिन थालेको भए पनि पछिल्लो समय बजारमा देखिएको तरलताको समस्याले अर्थतन्त्र ओरालो लाग्न थालेको बताउनु भयो । अध्यक्ष गोल्छाले कोरोना महामारी बढ्दै गएको अवस्थामा पनि बैंकहरुमा ब्याज तथा प्रिमियम समेत बढ्न थालेकाले सरकारले नियन्त्रण गर्नु सुझाव दिनु भयो । उहाँले सरकारले पुँजीगत खर्च राजश्व उठाउन जुन गम्भिर तथा महत्व दिएको छ त्यही अनुसार पुँजीगत खर्च गर्न सके मुलुकको अर्थतन्त्रमा त्यही अनुसार अगाडि बढ्ने बताउनु भयो । अध्यक्ष गोल्छाले सरकारबाट नीजि क्षेत्रले सम्मान खोजेको पनि बताउनु भयो ।
अध्यक्ष गोल्छाले भन्नु भयो,‘ नेपाल राष्ट्र बैंकले सर्वेक्षण गरेर कोरोना महामारीमा बन्द भएको १३ प्रतिशत उद्योगहरु अहिलेसम्म पनि खोल्न सकेका छैनन् । यो सारै चिन्ताको विषय बनेको छ । खास गरेर पर्यटन र लद्युघरेलु तथा साना उद्योगहरुमा अहिले १३ प्रतिशत उद्योग सञ्चालनमा आउन सकेका छैनन् । यस विषयमा पनि सरकारले गम्भिर रुपमा सोच्नु पर्ने देखिन्छ । कोरोना महामारी पछि मुलुकको अर्थतन्त्र विस्तारै तग्रिन थालि सकेको थियो । तर, पछिल्लो आर्थिक वर्ष सुरुवातसँगै बजारमा देखिएको तरलताको समस्याले अर्थतन्त्र ओरालो लाग्न थालेको छ । बैंकको ब्याजदर बढ्न थालेको छ । पुँजीगत खर्च ६ महिनामा १३ प्रतिशत मात्रै रहेको छ । तर सरकारले मात्रै कम गरेको होइन विगतका सरकारले पनि १४ प्रतिशतकै हाराहारीमा खर्च गर्ने गरेको देखिन्छ । नेपालमा पुँजीगत खर्च कम हुने प्रचलन नै यहि नीति रहेको छ । सरकारले जुन गम्भिर तथा महत्व दिएर राजश्व उठाउने गरेको छ त्यही अनुसार पुँजीगत खर्च गर्न सके पक्कै पनि मुलुकको अर्थतन्त्रमा अर्कै स्थानमा पुगि सकेको हुने थियो । पछिल्लो महिना रेमिटेन्स ७.८ प्रतिशत घटेको छ तर, यो चिन्ताको विषय होइन । व्यापार घाटा एकदमै घटेको छ । ५४ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजार अनुसार हेर्दा मूल्य वृद्धि पनि त्यति चिन्ताजनक छैन । बजारमा तरलताको समस्या रहेकाले उद्योगीहरुले विदेशी बैंकबाट कर्जा लिँदा लाग्ने एक पतिशत राजश्व काट्न नहुने माग रहेका छ। निर्यातको पुर्नकर्जा अव्यहारिक छ । कोरोनाको कारण बैंकहरुको ब्याज बढ्न थालेको छ। ब्याज बढ्न स्वाभाविक हो तर प्रिमियम समेत बढ्न लागेको । ब्याज अस्वाभाकि रुपमा बढेकाले यसलाई सरकारले निणन्त्रण गर्नु पर्छ । उद्योगी व्यवसायीहरुको सम्पतिको अभिलेखिकरण हुनुपर्छ । नेपालमा अहिलेसम्म सम्पतिको अभिलेखिकरण भएको छैन । त्यस्तै सरकारबाट नीजि क्षेत्रले संघै सम्मान तथा इज्जवत खोज्ने छ । त्यही अनुसार सरकारले नीजि क्षेत्रलाई सम्मान दिँदा मात्रै लगानीको वातावरण बन्ने छ ।’
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले कोरोना महामारी रोकथामको लागि उद्योग व्यवसाय चलायमान गर्ने रणनीति बनाउने पर्ने बताउनु भयो । उहाँले सरकारले लकडाउन नभएर उच्चतम सुरक्षाका मापदण्ड लागू गरेर अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताउनु भयो । अध्यक्ष अग्रवालले सरकारकै कारण उद्योगी व्यवसायीको मनोवल कमजोर बन्दै गएको बताउनु भयो । सरकारले उद्योगी व्यवसायीसँग गरेको सम्झौता अनुसार काम गर्दा बदनाम गर्न नमिल्ने अध्यक्ष अग्रवालले बताउनु भयो । सरकार तथा सम्बन्धित निकायमा कर्मचारी परिर्वतन हुँदैमा नीजि क्षेत्रसँग भएको सम्झौताको धारणामा परिर्वतन हुन नहुने बताउनु भयो । नीजि क्षेत्रलाई सरकारले नै बदनाम गराउँदा लगानीको वातावरण तथा वैदेशी लगानी समेत आगामी दिनमा आउन नसक्ने बताउनु भयो ।
अध्यक्ष अग्रवालले भन्नुभयो,‘ महामारी नियन्त्रणको लागि सुरक्षाको मापदण्ड अपनाएर उद्योग धन्दा चलायमान बनाउने रणनीतिमा लिएको छ । जसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन मदत गर्छ । नीजि क्षेत्रले स्वतन्त्र रुपमा उद्योग व्यवसाय चलाउन सक्ने वातावरण बनाएको छ । त्यसको लागि सरकारलाई विषेश धन्यावाद दिनुपर्छ । अहिले कोरोना संक्रमणको दर उच्च भए पनि जोखिम कम भएको देख्निछ । नेपाल भन्दा बाहेक अन्य देशहरुले पनि कोरोना महामारीले अर्थतन्त्रलाई प्रभाव नपर्ने गरी नियन्त्रण गर्ने कामहरु गरि रहेका छन्। हामीलाई विस्वास छ नेपाल सरकारले पनि अर्थतन्त्र प्रभावित नहुने गरी कोरोना रोकथामको लागि काम गर्न सकिन्छ । पछिल्लो समय विभिन्न कारणले नेपाली उद्योगी व्यवसायीको मनोवल कमजोर बन्दै गएको छ । उद्योगी व्यवसायीहरुले लगानी गर्ने उचित वातावरण पाएको अवस्था छैन। जसमा कोरोना महामारी, बजारमा तरलता अभावको समस्या,बैंकहरुबाट कर्जा पनि नपाएको अवस्था छ । सरकार र नीजि क्षेत्रको बीचमा सम्झौताहरु भइरहेको छ । त्यसको महत्व छ त्यसले अर्थतन्त्रमा आफ्नै फाउण्डेशन बनाइ रहेको हुन्छ । मान्छे परिर्वतन भएमा तथा सरकार नै परिर्वतन भएमा सम्झौताको मान्यता परिर्वतन हुनु हुँदैन भन्ने परिसंघको धारणो छ । सम्झौता भन्दा बाहिर गएर काम भइरहेको छ भने त्यसलाई सचेत गराएर भित्र ल्याउनु पर्ने सरकारको कर्तव्य हुन्छ । परिधि भित्र नै काम भइरहेको छ भने सरकारले प्रोसाहन पनि गर्नु पर्छ । तर, कुनै पनि हालतमा सरकार पर्वितन हुँदा वा कर्मचारी परिर्वतन हुँदा त्यो सम्झौता प्रतिको धारणा परिर्वतन हुनु हुँदैन । अहिले पछिल्लो समय बतास समुहलाई भइरहेको छ । यसरी नीजि क्षेत्रसँग भएको सम्झौता अनुसार भएको काममा अनावश्यक रुपमा बदनाम गर्न खोज्दा अर्थतन्त्रमा नै प्रभाव पर्न सक्छ । यस्तो गर्दा आगामी दिन विदेशी लगानी आउन सक्दैन । लगानी गर्ने वातारणमा प्रभाव पार्छ । सरकार र नीजि क्षेत्र बीचमा जुन विश्वास रहेको छ त्यसलाई पनि प्रभाव पार्छ । यो विषयमा सरकार गम्भिर भएर साच्नु पर्ने हुन्छ । त्यस्तै अन्य एमसीसी तथा ललिता निवास प्रकरण रहेका छन्।त्यसलाई सरकारले एकदमै सम्मान रुपमा सोचेर अर्थतन्त्रको क्षेत्रबाट पनि हेर्नु पर्ने ठानेको छु । फलाम डण्डी उद्योगमा रहेको समस्याको विषयमा सरकारले बनाएको समितिले एक्सनमा आएर काम गर्नु पर्ने देखिएको छ । अर्थमन्त्रालय उद्योगी व्यवसायीहरुको अभिभावक पनि हो । त्यस्ता समस्याको सहि तरिकाले समाधान गरेमा नीजि क्षेत्रको मनोवल बढ्ने तथा लगानीको वातावरण बन्छ ।’
त्यस्तै, नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश अग्रवालले पछिल्लो मुलुकको अर्थतन्त्र बाहिर हल्ला भए जस्तो सूचक हेर्दा नभएको बताउनु भयो । उहाँले केही सूचकका आधारमा चिन्ता गर्नु पर्ने देखिएको बताउनु भयो । २२ महिना कोरोना महामारीको प्रभावमा परेको नीजि क्षेत्र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उपाध्यक्ष अग्रवालले बताउनु भयो । उहाँले उद्योग व्यवसाय पलायन हुँदा बैंक तथा वित्तीय संस्था र मुलुकको अर्थतन्त्रको ठूलो असर पर्ने बताउनु भयो । पछिल्लो समय बजारमा देखिएको तरलताको समस्या राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकको सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो ल्याउनु मुख्य समस्या भएको बताउनु भयो । अहिले राष्ट्र बैंकले आयातमा गरेका कडाइ तथा सतप्रतिशत मार्जिन थप समस्या निम्त्याएको अग्रवालले बताउनु भयो ।
उपाध्यक्ष अग्रवालले भन्नुभयो,‘ कोरोना महामारीको कारण उद्योगी व्यवसायी पलायन हुने अवस्था रहेका छन। व्यवसायी पलायन हुनुको कारण बैंकिङ क्षेत्रलाई असर गर्ने र राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने हो । यसलाई रोकेर अगाडि बढ्नु पर्छ । अहिले अर्थतन्त्रका सूचकहरु हेर्दा आति हाल्नु पर्ने अवस्था देखिदैन । तर बजारमा किन यस्तो हल्ला आयो । २२ महिना देखि कोरोनाको मारमा छौं । कोभिडले नीजि क्षेत्रमा नकारात्मक प्रभाव परेको छ। सरकारले बजेटमा व्यवस्था गरेको पुर्नकर्जा लगायतले धेरै सहयोग गरेको छ । सरकारले मुलुकको आर्थिक वृद्धिदर बढाउने गरी आर्थिक नीति ल्याउँदा खुसी छाएको तर राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा व्यवस्था गरेको बैंकमा सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कामय गर्नु अहिले बजारमा देखिएको तरलता रहेको हो । त्यसले नीजि क्षेत्रलाई निरुत्साहित गरेको छ । राष्ट्र बैंकले नीजि क्षेत्रसँग सहकार्य गरेर त्यस्ता नीति ल्याउनु पर्नेमा एक लौटी रुपमा ल्याउनेले समस्या फैदा भएको छ । राष्ट्र बैंकले आयातमा लगाएको सतप्रतिशत मार्जिनको नीति व्यवसायीको लागि राम्रो छैन ।’
छलफलमा उद्योगी व्यवसायीहरुले सरकारलाई व्यापारघाटा तथा शोधान्तर स्थितिलाई सन्तुलित बनाउन आयातमा छोटो समयको लागि थप कडाई गर्ने सुझाव दिएका छन् । आन्तरिक उत्पादनमा ब्याजदर आयातको तुलनामा सस्तो हुनुपर्ने, पेट्रोलियम पदार्थको मूल्य भारतको मूल्य बराबर बनाउनु पर्ने सुझाव दिएको छन् । हेर्नुहोस् भिडियो :