काठमाडौं । सिईओ क्लव ग्लोबल र कतार एयरवेजबीच सम्झौता भएको छ । सिईओ क्लव र कतार एयरवेजबीच क्लवका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने गरी उक्त सम्झौता भएको हो । सोमबार सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्र्झाता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने जनाइएको छ ।
सिईओ क्लव नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बोल्दै सिईओ क्लव ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा. शम्भु पोखरेलले सम्झौता भएसँगै क्लवका नेपाल भित्रका सदस्यहरुले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने बताए । सिईओ क्लव ग्लोबलको मुख्य कार्यालय अमेरिकाको न्यूयोर्कमा रहेको छ । यस संस्थाको १०० भन्दाबढी देशमा नेटवर्क रहेको जनाइएको छ ।
निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च सरकारी ओहोदाका व्यक्तिहरु सदस्य रहने यस क्लवमा विश्वभर १० हजार भन्दाबढी सदस्य रहेको बताइएको छ । आमन्त्रणबाट मात्रै सदस्यता पाउने र निजी क्षेत्रको हकमा १ मिलियनडलर (करिब १२ करोड रुपैंया) बराबरको कारोवार भएका व्यक्ति वा कम्पनीले मात्रै सिईओ क्लबग्लोबलको सदस्यता पाउने व्यवस्था रहेको जनाइएको छ । सिईओ क्लब ग्लोबलमा सदस्यताका लागि ५ हजार अमेरिकी डलर देखि २ लाख अमेरिकी डलरसम्मको विभिन्न तहका सदस्यताहरुको व्यवस्था रहेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्