बाँके । कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेतीगर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत् उक्त वडामा स्र्माट कृषि गाँउ कार्यक्रम लागू भएपछि किसान पुनः कृषि पेशामा फर्केका हुन् । सो गाउँपालिका कृषि पेशामा होमिएको गाँउपालिका हो । तर पुरानै विधि र प्रविधिअपनाएर कृषिगर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मिहिनेट बढी लाग्ने तर उत्पादन कम भएको कारणले किसानहरु कृषि पेशाबाट पलायनभई दैनिक ज्यालादारी मजदुरी काममा लागेका थिए । नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत् स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुनः कृषि पेशामा फर्केका छन् । कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक बर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र प्याकेट क्षेत्रका लागि मलबिउहरु पूर्ण रुपले ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसान चक्रबहादुर थारुले बताउनु भयो ।
बर्षामा धान, हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरु २०७५ सालदेखि सबै महिना खेती गरिरहेका छन । स्मार्ट कृषि गाउ कार्यक्रम लागु भएपछि अहिले १ सय ७ घर धुरीले सिजनअनुसार खेती गरिरहेका छन् । बर्षातमा धान, हिउँदेमा आलु र तोरी र बसन्तमा मकै खेतीगरि रहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जस्तो उत्पादन नभएपछि उनीहरु भारतीय मकैको बिउमानिर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाँउका किसान तथा सचिब खोज लालथारुले बताउनु भयो ।
तराईको भेग र बाँकेको माटो उर्वर भएको कारणले मकै उत्पादननिकै राम्रो भैरहेको छ । स्मार्ट कृषि गाँउ कार्यक्रम लागु भएदेखि नै फत्तेपुरका किसानहरु पुर्ण रुपमा कृषिमा आबद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनु भयो । यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले बसन्ते सिजनमा ९ बिगाहा जमिनमा मकै खेती गरेको अधिकृत भट्टराईले बताउनु भयो ।
राप्ती सोनारी गाँउपालिकाले स्मार्ट कृषि गाँउका किसानहरुलाई आर्थिक सहयोग नगरे पनि प्राविधिक रुपमा किसानहरुले खबर गर्न साथ सहयोग गर्दै आएको गाँउपालिकाकी कृषि प्राविधिक सुमित्रकुमारी थारुले बताउनु भयो । नेपाल सरकारले मान्यता दिएको मकै धेरै समय लाग्ने, घोघा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमीआएको कारणले किसानहरुले भारतीय मकैको बिउ लगाउने गरेको उहाँले बताउनु भयो ।
यसरी स्मार्ट कृषि गाँउ स्थापना भएर किसानहरुले लागेको देख्दा हरेका गाँउपालिकाको वडा स्तरमै स्मार्ट कृषि गाँउ सञ्चालन गर्न जरुरी देखिन्छ । वडा स्तरमै स्मार्ट कृषि गाँउ कार्यक्रम लागु भएपछि विदेश पलायन हुन लागेका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिई आत्मनिर्भर बनाउन र कृषि उत्पादनमा बृद्धि हुने देखिन्छ ।हेर्नुहोस् भिडियोः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्