×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेरी उद्योगको मनपरी ! दुधमा जथाभावी सोडा प्रयोग गरेर धमाधम बिक्री गरेको पाईएपछि विभागले दियो यस्तो चेतावनी (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डेरी उद्योगको मनपरी ! दुधमा जथाभावी सोडा प्रयोग गरेर धमाधम बिक्री गरेको पाईएपछि विभागले दियो यस्तो चेतावनी (भिडियो)

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बुधबार काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो । उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरुमा विना लेभलका दही,पनिर लगायतका उत्पादनहरु बिक्रिवितरण भएको बताउनु भयो । उहाँले विना लेभलका दुग्धजन्य बस्तुहरु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताउनु भयो । महानिर्देशक वैधेले विगतमा डेरी उद्योग तथा पसलहरु जथाभावी रुपमा सोडा,चिनी, साल्टहरु प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरु गरेको भेटिएका कानून अनुसार कडा कारबाही गर्ने बताउनु भयो । उहाँले विशेष गरेर यस्तो गर्मी महिनामा हुने गरेको बताउनु भयो । विभागले तत्कालिन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दुध, पानी, खानेतेल लगायत दैनिक उपभोग्य बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागि परेको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ अनौपचारिक क्षेत्रमा दुध उत्पादन भइरहेको छ । भने अर्को तर्फ बजार धेरै डेरी पसल भनेर देखि राखेका छौं । त्यस्ता डेरी पसलहरुमा विना लेभलका उत्पादनहरु बिक्रिवितरण भइरहेका छन् । जसमा दही, पनिर लगायतका उत्पादनहरु बिना लेभल बिक्रि भएका छन् । यस्ता प्रकारका उत्पादनको गुणस्तरको सुनिश्चित नहुन सक्छ । त्यसैले यस्ता उत्पादन हामीले खादा समस्या आउन सक्छ । यस्ता साना डेरीसप लगायतका पसलहरु तथा उद्योगहरुलाई विभागले अनुगमन गर्दै आएको छ । अनुगमनमा लेभलहरु लगाउने,गुणस्तर नाप समेत भइरहेको छ । यदि कसैले घरेलु स्तरमै डेरी उत्पादन गरि राख्नु भएको छ भने डेरीमा अतिसुस्म जीवाणुहरु उपस्थिती रहन्छ । त्यसैले त्यसलाई गुणस्तरिय बनाउनको लागि सरसफाईमा ध्यान दिनु पर्छ । दुग्धजन्य वस्तु ढुवानी गर्दा आल्मुनियमको क्यानको पयोग गर्नुपर्छ । जथाभावी रुपमा प्लाष्ट्रिकको जर्किनमा ल्याउने र सरसफाइ नगर्दा किसानले उत्पादन गरेको शुद्ध र स्वच्छ भए पनि उत्पादन स्थानसम्म पुग्दा संक्रमण हुन्छ । दुधमा जथाभावी रुपमा सोडा,चिनी, सल्टहरु प्रयोग भइरहेको भन्ने गुनासा आएका छन्। यस्ता खालका समस्या विशेष गरेर गर्मीको समयमा बढी देखिने र सुस्म जीवाणु अत्याधिक मात्रामा हुने हुँदा यस्तो खालको अवैधानिक कामहरु भइरहेको छ । विगतमा यस्तो गरेको पाइएकाले यस्तो खालको काम नगर्नु होला । यस्तो गर्दा खाद्य ऐन बमोजिम कानूनी रुपमा कडा कारबाही गरिन्छ । विभागले तत्कालिन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा निर्देशिका बनेका छन्। निर्देशिका विशेष गरेर दुध,पानी,खानेतेल लगायत दैनिक उपभोग हुने बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागेको छ । दीर्घकालिन रुपमा खाद्य स्वच्छता तथा गुणस्तर विद्येयक राष्ट्रिय सभामा रहेको छ । छिटै प्रतिनिधिसभाबाट यो विद्येयक पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रीङ्खलामा परिर्वन आउने छ ।’

महानिर्देशक वैघेले दुग्ध जन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नु पर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताउनु भयो । उहाँले अब छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास हुने तयारीमा रहेको बताउनु भयो । यो विद्येयक प्रनिधिसभाबाट पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रीङ्खलामा परिर्वन आउने उहाँको भनाई छ । हेर्नुहोस् भिडियोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: