×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमासमेत प्रभाव पार्यो’ : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमासमेत प्रभाव पार्यो’ : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्ट)

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनु भएको छ । आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनु भएको हो । नेपाल राष्ट्र बैंकले विभिन्न बस्तुको आयातमा प्रतिबन्ध तथा केहि बस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सिमित समयको यस प्रकारको ब्यबस्था लागु गरिएको बताउनु भयो । मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पार्नु भयो । भन्सारमा पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैधबाटो बाट बस्तु आयात हुने गरेको मन्त्री शर्माले बताउनु भयो ।

उहाँले अवैध आयात रोक्नका लागि भन्सार विभाग मात्रै नभएर सरकारका सबै निकायले अनुगमन गर्नु पर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले भन्सारमा व्यापार सहजीकरण गर्नको लागि नीतिगत व्यवस्थाहरु स्पष्ट नभएकाले स्पष्ट नीति आवश्यक भएको बताउनु भयो । उहाँले पछिल्लो समय निर्यातमा केही वृद्धि भएर १ खर्ब ३१ अर्ब पुगे पनि कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत पुगेको बताउनु भयो । अब सरकारले विभिन्न नीति योजनाहरु मार्फत हरेक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता रहेको दाबी गर्नू भयो । सरकारले हरेक वर्ष १० प्रतिशत निर्यात नबढाए मुलुकको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन नसकिने मन्त्री शर्माको भनाई छ ।

अर्थमन्त्री शर्माले भन्नुभयो,‘ अहिले अर्थतन्त्रमा देखिएका चुनौतीले भन्सारमा समेत प्रभाव पारेको छ । राष्ट्र बैंकले जारी गरेका कतिपय पत्रहरुले भन्सारमा प्रभाव पारिरहेको अवस्था छ । राष्ट्र बैंकका परिपत्रहरु देशको अर्थतन्त्रका चुनौतीहरुलाई सामान गर्नका लागि वाध्यकारी परिस्थिती हो । त्यो व्यवस्था संधै रहने नभएर केही सिमित समयको लागि निर्णय गरेका छौं । यति बेला भन्सार बैधबाट नभएर अवैधबाटो बाट कारोबार हुने देखिएकाले सहजक हुनुपर्छ । यो भन्सारको मात्रै जिम्मेवारी नभएर सबै निकायले अनुगमन गर्नु पर्ने देखिन्छ । भन्सारमा समान छुटको लागि फाइल आउने गरेकाले त्यसको लागि स्पष्ट नीतिहरु आवश्यकता छ । पछिल्लो समय निर्यातमा केही वृद्धि भएको छ । १ खर्ब ३१ अर्बको निर्यात भए पनि आयातको तुलनामा निर्यात न्यन रहेको छ । हामीले हरेक वर्ष कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत माथि पु¥यान कोशिस गरिहका छौं । हाम्रो नीति योजनाहरु मार्फत हरके वर्ष ५० प्रतिशत पुग्दासम्म १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता छ । त्यो नगरी हाम्रो व्यापार घाटालाई न्यन र अर्थतन्त्रलाई सन्तुलन बनाउन सक्दैनौं । त्यसकारण अहिले अर्थतन्त्रमा व्यापार घाटालाई कसरी सन्तुलन गर्ने भन्ने चुनौती हरेको छ । अहिले राजश्व लक्ष्य अनुसार संकलन भएको छ । लक्ष्य अनुसार संकलन भए पनि अत्याधिक व्यापार बढेकाले भएको बुझ्नु जरुरी छ । आयातमा वृद्धि भएकाले राजश्व संकलन पनि स्वभाविक रुपमा वृद्धि भएको हो । अब हाम्रो परिक्षा हुने बेला आएको छ । राष्ट्रले आयातमा राखेको मार्जिनको हिसावले तथा आयातमा विभिन्न वस्तुमा प्रतिबन्धको हिसाबले आयात घट्ने देखिन्छ । तर मेहनते लक्ष्य अनुसारको राजश्व उठाउन सक्छौं ।’

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्य अनुसार नै राजश्व संकलन हुने विस्वास व्यक्त गर्नु भयो ।हेर्नुहोस् भिडियोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: