×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलता अभावकैबीच चम्कियो घरजग्गाको कारोबार, इनरुवामा सबैभन्दा बढी कारोबार हुँदा उपत्यकामा भने सुस्तायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तरलता अभावकैबीच चम्कियो घरजग्गाको कारोबार, इनरुवामा सबैभन्दा बढी कारोबार हुँदा उपत्यकामा भने सुस्तायो

Artha Sarokar

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावकाबीच पनि घरजग्गा कारोबारले भने नयाँ उचाई चुमेको पाइएको छ । तरलताको कारण कात्तिक महिनामा केही सुस्ताएको घरजग्गा कारोबार मंसिरदेखि लगातार उछाल आएको पाइएको हो । तरलता अभावको भने कायमै रहंदा बैंक तथा वित्तीय संस्थाले भने ऋण दिन छाडेका थिए ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा महिनामा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको छ । यस्तै पुस महिनामा ७० हजार १६८ घरजग्गाको किनबेच भएको थियो भने माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो । फागुनमा महिनामा साउनपछि कै सबैभन्दा बढी घरजग्गाको किनबेच भएको छ । विभागको तथ्यांकअनुसार गत साउनमा देशभरका मालपोत कार्यालयबाट ७५ हजार बढी घरजग्गा किनबेच भएको थियो । त्यसपश्चात उक्त संख्यामा हालसम्म पनि घरजग्गा किनबेच हुन सकेको थिएन ।
फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट १ लाख ६२ हजार ६७८ सेवा प्रवाह भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । जसमध्ये ७४ हजार ३६ लिखित पारित, ५ हजार नामसारी, ४ हजार ५३९ संशोधन, ३६ हजार ५७२ रोक्का, २४ हजार ७४९ फुकुवा र १८ सय ५७ दाखिला खारेज गरिएको छ ।
फागुनमा सबैभन्दा बढी घरजग्गाको किनबेच भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । सो मालपोत कार्यालयबाट फागुन महिनामा मात्रै ३२ सय ८६ घरजग्गा किनबेच भएको हो । साथै बेलबारी मोरङबाट २८ सय ७२ घरजग्गा किनबेच भएको छ भने भद्रपुर झापाबाट २७ सय ७२ घरजग्गा किनबेच भएको छ ।
यता धनुषामा २४ सय ९६, नेपालगञ्जबाट २४ सय ४९, ललितपुर लगनखेलबाट २१ सय ६७ र भक्तपुरबाट २ हजार २६ घरजग्गाको किनबेच भएको तथ्यांकमा उल्लेख छ  । तर उपत्यकामा भने घरजग्गा कारोबारमा कमी आएको छ । गत पुस महिनामा उपत्यकाका मालपोत कार्यालयबाट ८ हजार ३ सय ८७ घरजग्गाको किनबेच भएको थियो भने माघ महिनामा ८ हजार ५ सय १८ घरजग्गा किनबेच भएको थियो । फागुनमा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको देखिन्छ ।
सो मालपोत कार्यालयबाट २१ हजार ६७ वटा घरजग्गा किनबेच भएको हो । यता फागुन महिनामा मात्रै देशभरका मालपोत कार्यालयबाट ६ अर्ब २६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले देखाएको छ । जुन मागको तुलनामा बढी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी