काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा करिब १२ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ४० अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ३५ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । औसतमा बैंकहरूको खुद नाफा १ अर्ब ४९ करोड रहेको छ । यस अवधिमा आइपुग्दा २७ वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकको खुद नाफा भने औसतभन्दा माथि नै रहेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ को ७ महिनाको अवधिमा ग्लोबल आइएमई बैंक सर्वाधिक खुद नाफा आर्जन गर्न सफल भएको छ । यस बैंकले माघ अन्त्यसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यस्तै एनआइसी एशिया बैंक ७ महिनामा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै दोस्रो स्थान ओगट्न सफल भएको छ । तेस्रो स्थानमा भने नबिल बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको माग मसान्तसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा प्राइम कमर्सियल बैंकले भने २ अर्ब १६ रुपैयाँ करोड खुद नाफा आर्जन गरेको छ । यता एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र कृषि विकास बैंकको खुद नाफा औसतभन्दा माथि रहेको छ । यी बैंकहरुले क्रमशः १ अर्ब ९४ करोड, १ अर्ब ८८ करोड, १ अर्ब ७९ करोड, १ अर्ब ६८ करोड र १ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेका हुन् ।
यस्तै मेगा बैंकले १ अर्ब ४८ करोड, प्रभु बैंकले १ अर्ब ४५ करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, सानिमा बैंकले १ अर्ब २४ करोड , स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २४ करोड, कुमारी बैंकले १ अर्ब ३१ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १५ करोड, एनसीसी बैंकले १ अर्ब १० करोड, हिमालयन बैंकले १ अर्ब २ करोड र एभरेष्ट बैंकले १ अर्ब खुद नाफा कमाएको छ ।
सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको माग मसान्तसम्म खुद नाफा ६१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै सेन्चुरी कमर्सियल बैंकले ७ महिनाको अवधिमा ८२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने बैंक आफ काठमाडूले ८९ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ। नेपाल बंगलादेश बैंक ९४ करोड २१ लाख खुद नाफा आर्जन गर्दा सनराइज बैंकले ९४ करोड ४० लाख खुद नाफा आर्जन सफल भएको छ ।
यता लक्ष्मी बैंकले ९५ करोड ४९ लाख खुद नाफा कमाउँदा नेपाल एसबिआइ बैंकले ९५ करोड ६५ लाख खुद नाफा कमाएको छ । समग्रमा वाणिज्य बैंकहरुले लगानीयोग्य रकमको अभावका बीचमा पनि राम्रो पर्फमेन्स गर्न सफल भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्