म्याग्दी । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो रु १४० का दरले रु चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिनुभयो ।
“गत वर्षकोभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो”, उहाँले भन्नुभयो, “भाउ पनि राम्रो पाइयो ।” उहाँका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तारमा लागेका हुन् । एक कृषकले वर्षमा रु १५ लाखसम्मको सुन्तला बेचेर आम्दानी गर्छन् । मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तलाखेती गरेका छन् । कृषक रुद्रबहादुर खत्रीले यसपाली रु आठ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको बताउनुभयो । “फल र गुणस्तर राम्रो भएकाले विदेशको विकल्पमा यही सुन्तलाखेती गरेको छु”, उहाँले भन्नुभयो, “अनुकूल हावापानी, भूगोल, राम्रो उत्पादन र मूल्यका कारण बाँसखर्कमा सुन्तलाखेती फस्टाएको छ ।”
बेनी, कुश्मा, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, जनकपुर, वीरगञ्जलगायत सहरबाट बगैँचामा आएका व्यापारीले अग्रिम पैसा दिएर सुन्तला खरिद गरेका कृषक ख्यामबहादुर खत्रीले बताउनुभयो । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि माघदेखि बाँसखर्कका सुन्तला बजार पठाउन थालिएको थियो ।
बगैँचा ब्यवस्थापन र झरेका दानाको सुरक्षित ब्यवस्थापन गरेकाले यसपाली सुन्तलाको उत्पादन बढेको कृषक शिवबहादुर खत्रीले बताउनुभयो । “हाँगा काटछाट, मलजल गरेकाले यसपाली उत्पादन बढेको हो”, उहाँले भन्नुभयो, “किराले झरेका सुन्तलाको दानालाई प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेकाले यसपाली यो समस्या पनि कम भयो ।”
बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनी बढ्दै गएको छ ।
यहाँबाट विस्थापित पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका हुन् । सिँचाइ बाँसखर्कको सुन्तलाखेतीका लागि प्रमुख आवश्यकता देखिएको छ । बाँसखर्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिएको छ । तर जोनबाट पकेटको जस्तो पनि सुविधा नपाएको कृृषकले गुनासो गरेका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्